कोरोना भाइरस विरुद्धको खोप निकट भविष्यमा बन्ने सम्भावना अझैपनि नदेखिएको बेला अहिलेका लागि सबैभन्दा उत्तम विकल्प भनेको सावधानी अपनाउनु नै हो । कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि सबैभन्दा उत्तम अभ्यास भनेको स्यानिटाइजर तथा मास्क लगायतको प्रयोग नै हो ।
यहीँ परिस्थितिलाई मध्यनजर गर्दै जापानको एउटा कम्पनीले अनुहारमा लगाउने अत्याधुनिक मास्क तयार गरेको छ । उक्त अत्याधुनिक मास्कमा ब्लुटुथ समेत जडान गरिएको छ । उक्त स्मार्ट फेस मास्कबाट मेसेज पठाउन सकिने, फोनकल गर्न सकिने तथा जापानी भाषाबाट अन्य विभिन्न ८ भाषामा अनुवाद समेत गर्न सकिन्छ ।
डोनट रोबोटिक्सले तयार गरेको सो मास्कको नाम सि मास्क राखिएको छ । ब्लुटुथबाटै सो मास्कलाई एउटा एपको सहायताले स्मार्टफोन तथा ट्याब्लेटसँग जोड्न सकिन्छ । सो एपले बोलीलाई शव्दमा समेत रुपान्तरण गर्दछ । साथै सो मास्कले व्यक्तिले बोलेको शव्दको आवाजलाई समेत ठूलो बनाइदिन्छ । उक्त मास्कलाई अर्को सामान्य मास्कभन्दा माथि समेत लगाउन सकिन्छ ।
यो पनि पढ्नुस
प्रदेश ५ मा शनिबार सलह किरा देखिएपछि प्रदेश ५ सरकारले सलह किरा समातेर ल्याउनेलाई नगद दिने निर्णय गरेको छ । प्रदेश सरकारले एक किलो सलह किरा ल्याए २० रुपैयाँ दिने निर्णय गरेको हो । सलह किरा दिउँसोमा उड्छ भने साँझमा बास बस्छ । बास बसेका बेलामा समातेर जम्मा गरेर क्षति रोकिनुका साथै मिहेनत वापत प्रोत्साहन रकम लिन मन्त्रालयले अपील गरेको छ ।
मालाथिन र क्लोरपाइरिफोस विषादी पानीमा मिसाएर छर्केर पनि सलह नष्ट गर्न सकिने मन्त्रालयले सुझाएको छ । ३ मिलिलिटर मालाथिनमा एक लिटर पानी र २ मिलिलिटर क्लोरपाइरिफोसमा एक लिटर पानी मिसाउन सकिने मन्त्रालयका सचिव सुवेदीले बताए ।