हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेकोले गर्दा देशमा सामान्य बदली रहेको छ र देशभर केही स्थानहरुमा वर्षा भईरहेको छ । आइतबार देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
देशभर धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
तसर्थ ती क्षेत्रहरुका नदीहरुमा पानीको बहाव बढ्ने, भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुरोध छ ।
यो पनि पढ्नुस
प्रदेश ५ मा शनिबार सलह किरा देखिएपछि प्रदेश ५ सरकारले सलह किरा समातेर ल्याउनेलाई नगद दिने निर्णय गरेको छ । प्रदेश सरकारले एक किलो सलह किरा ल्याए २० रुपैयाँ दिने निर्णय गरेको हो । सलह किरा दिउँसोमा उड्छ भने साँझमा बास बस्छ । बास बसेका बेलामा समातेर जम्मा गरेर क्षति रोकिनुका साथै मिहेनत वापत प्रोत्साहन रकम लिन मन्त्रालयले अपील गरेको छ ।
मालाथिन र क्लोरपाइरिफोस विषादी पानीमा मिसाएर छर्केर पनि सलह नष्ट गर्न सकिने मन्त्रालयले सुझाएको छ । ३ मिलिलिटर मालाथिनमा एक लिटर पानी र २ मिलिलिटर क्लोरपाइरिफोसमा एक लिटर पानी मिसाउन सकिने मन्त्रालयका सचिव सुवेदीले बताए ।