पाकिस्तानमा छापिने उर्दू पत्रिकामा यसहप्ता कोरोना भाइरसबाहेक इमरान खानले संसदमा दिएको एक बयान र भारत प्रशासित कश्मीरसँग जोडिएको खबर पनि सबैभन्दा चर्चित रह्यो । पत्रिका दुनियाँका अनुसार प्रधानमन्त्री इमरान खानले भारतका प्रधानमन्त्री मोदीमाथि ह’मला गर्दै ‘मोदी साधारण व्यक्ति नभई उनी मानसिक रोगी हुन् र भारतलाई विध्वंसतिर लगेको’ बताए ।
इमरान खानले पाँच अगस्ट अघि भारत प्रशासित कश्मीरको समस्यालाई संसारभरी उजागर गर्नका लागि भरपुर आ’न्दोलन चलाइने जानकारी दिए । इमरानले सो कुरा भारत–पाकिस्तान नियन्त्रण रेखामा बसेका मानिसहरुका लागि कल्याणकारी योजना ‘एहसास इमर्जेन्सी क्यास प्राग्राम’ को उद्घाटनका बेला गरेका हुन् । यो योजना अन्तर्गत नियन्त्रण रेखामा पाकिस्तानतर्फ बसेका एक लाख ३८ हजार परिवारलाई नगद सहायता दिइनेछ ।
यो पनि पढ्नुस्
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेकोले गर्दा देशमा सामान्य बदली रहेको छ र देशभर केही स्थानहरुमा वर्षा भईरहेको छ । आइतबार देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
देशभर धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
तसर्थ ती क्षेत्रहरुका नदीहरुमा पानीको बहाव बढ्ने, भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुरोध छ ।