गायक सुगम पोखरेलले विभिन्न कार्यक्रमबाट पाउनुपर्ने बाँकी पारिश्रमिक नदिए नामसहित तस्बिर सार्वजनिक गर्ने चे’तावनी दिएका छन्। गत वर्ष नेपाल तथा नेपाल बाहिर आयोजित कार्यक्रमबाट पाउनुपर्ने बाँकी पारिश्रमिक अहिलेसम्म नदिएको भन्दै २४ घण्टाभित्र यसको उचित समाधान खोज्न भनेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेख्दै पोखरेलले पारिश्रमिक नदिएर आयोजकहरुले झुलाईराखेको भन्दै २४ घण्टाभित्र उचित समाधान दिन आयोजनकलाई भनेका हुन्। उक्त अवधिमा कुनै समाधान ननिकालेको खण्डमा नामसहित तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्ने चे’तावनी दिएका छन्।
उनले स्टाटसमा लेखेका छन्, “अति भयो त्यसैले लेख्न बाध्य भएँ ! गएको वर्ष देश अनि विदेशमा गएका केही कार्यक्रमको पाउन बाँकी पारिश्रमिक, आयोजक साथीहरूले झुलाईराखेको महशुस भयो। त्यसैले २४ घण्टाभित्र यसको उचित समाधान नभएमा तपाईंहरुको सुन्दर तस्बिरसहित नाम सार्वजनिक गर्नेछु।”
आफ्नो सहनशिलतालाई कमजोरी ठान्नेले गम्भीर भूल गरेको भन्दै अब सम्झौता पत्रअनुसार कानूनी उपचारको बाटोमा समेत जाने उनले बताएका छन्।
यो पनि पढ्नुस्
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेकोले गर्दा देशमा सामान्य बदली रहेको छ र देशभर केही स्थानहरुमा वर्षा भईरहेको छ । आइतबार देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
देशभर धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
तसर्थ ती क्षेत्रहरुका नदीहरुमा पानीको बहाव बढ्ने, भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुरोध छ ।