नेपाली चलचित्रमा प्रवेश गरेको केही वर्षमै चर्चित स्टारको रुपमा चिनिएका नायक प्रदिप खड्का अभिनित ‘जय जय नेपाल’ गीतको भिडियो सार्वजनिक भएको छ । नायक खड्का भिडियोमा नयाँ लुक्समा प्रस्तुत भएका छन्। नितिन चन्दको निर्देशनमा तयार भएको ‘जय जय नेपाल’ नामक बोलको गीतमा प्रदिपका अलावा नीति शाह पनि देखिएकी छिन् । साथमा बाल कलाकार आरिहान पौडेल र निर्वाण चन्दको अभिनय रहेको छ ।
ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको गीतमा सत्य–स्वरुपराज आचार्य, प्रताप दास र प्रविशा अधिकारीको स्वर समावेश छ । राष्ट्रियताको भाव बोकेको यो गीतमा अशोक शेरचनको शब्द तथा एलिस कार्कीको संगीत रहेको छ । हिजो मात्र भिडियोको निर्माणपक्षले प्रदीपको गेटअपसहितको टिजर सार्वजनिक गरेको थियो ।
पशुपति मन्दिरको पश्चिम ढोकाबाट अन्नपूर्ण भण्डारतिर आउँदा बाटोमा एउटा घर छ। लामो कालखण्ड पार हुँदै जाँदा त्यही घरभित्र थुनिन पुगेको छ– पशुपति मन्दिरको ऐतिहासिक शिवलिंग।
थुनिएको शिवलिंग यति महत्त्ववशाली हो, जहाँ पशुपति मन्दिरका मूलभट्टले गर्भगृहमा प्रवेश गर्नुअघि शपथ लिनुपर्छ। पशुपति क्षेत्रमा यस्ता ११ शिवलिंग छन्। जसलाई एकादशरुद्र भनिन्छ। शिवका पुजारीले ती एकादशरुद्रलाई साक्षी नराखेसम्म मन्दिरको गर्भगृहमा प्रवेश गर्न पाउँदैनन्।
तिनै एकादशरुद्रमध्ये कम्तीमा दुइटा शिवलिंग व्यक्तिका घरभित्र थुनिएका छन्। अर्को रुद्र भुवनेश्वरी टोलस्थित अर्को घरभित्र थुनिएको पाइएको छ। पशुपतिको मूल मन्दिरदेखि करिब पाँच सय मिटर दूरीमा रहेको उक्त घरमा बेवास्तापूर्ण ढंगले थुनिएको छ मूलभट्टलाई शपथ खुवाउने शिवलिंग। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।