राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा असार १४ गते सल्यानको सबुज गणको हाताभित्र वृक्षारोपण गरिएको छ । सल्यान जिल्लाका प्रमुख जिल्ला अधिकारी, वन डिभिजन कार्यालयका निमित डिभिजन अधिकृत तथा गणका गणपति लगायत सकलदर्जाहरुको उपस्थितिमा वृक्षारोपण गरिएको हो ।
सबुज गणको हाताभित्र नेपाली सेनाले विभिन्न प्रजातिका गोटा ५०० फलफुलका विरुवाहरु वृक्षारोपण गरिएको छ ।
तस्बिरहरु (नेपाल आर्मीको पेजबाट)
यो पनि पढ्नुस्
पशुपति मन्दिरको पश्चिम ढोकाबाट अन्नपूर्ण भण्डारतिर आउँदा बाटोमा एउटा घर छ। लामो कालखण्ड पार हुँदै जाँदा त्यही घरभित्र थुनिन पुगेको छ– पशुपति मन्दिरको ऐतिहासिक शिवलिंग।
थुनिएको शिवलिंग यति महत्त्ववशाली हो, जहाँ पशुपति मन्दिरका मूलभट्टले गर्भगृहमा प्रवेश गर्नुअघि शपथ लिनुपर्छ। पशुपति क्षेत्रमा यस्ता ११ शिवलिंग छन्। जसलाई एकादशरुद्र भनिन्छ। शिवका पुजारीले ती एकादशरुद्रलाई साक्षी नराखेसम्म मन्दिरको गर्भगृहमा प्रवेश गर्न पाउँदैनन्।
तिनै एकादशरुद्रमध्ये कम्तीमा दुइटा शिवलिंग व्यक्तिका घरभित्र थुनिएका छन्। अर्को रुद्र भुवनेश्वरी टोलस्थित अर्को घरभित्र थुनिएको पाइएको छ। पशुपतिको मूल मन्दिरदेखि करिब पाँच सय मिटर दूरीमा रहेको उक्त घरमा बेवास्तापूर्ण ढंगले थुनिएको छ मूलभट्टलाई शपथ खुवाउने शिवलिंग। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।