अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध इरानले प’क्राउ पुर्जी जारी गरेको छ । इराकको बग्दादमा भएको ड्रोन ह’मलामा मा’रिएका आफ्ना सैन्य कमाण्डरको ह’त्या आ’रोपमा ट्रम्पसहित दर्जन बढीविरुद्ध प’क्राउ पुर्जी जारी गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
तेहरानका अभियोजक अली अलकासिमेहरले कुद्स फोर्सका प्रमुख कासिमको ह’त्यामा सोमबार ट्रम्पसहित झण्डै ३० जना संलग्न रहेको आ’रोप सहित प’क्राउ पुर्जी जारी गरिएको पुष्टि गरे । ट्रम्पकोबाहेक अरूको नाम भने सार्वजनिक गरिएको छैन ।
अलकासिमेहरले ट्रम्प पदमा रहे पनि नरहे पनि उनीविरुद्धको मु’द्दा चलिरहने स्पष्ट पारेको इरानको अर्धसरकारी समाचार एजेन्सी आइएसएनएलाई उद्धृत गर्दै अलजजिराले जनाएको छ ।
गत पुषको दोस्रो साता इराकमा भएको अमेरिकी ड्रोन हमलामा इरानी कुद्स फोर्सका प्रमुख कासिम सुलेमानीको ज्यान गएको थियो । विदेशस्थित अमेरिकी सेना माथिको विभिन्न ह’मलामा सोलेमानीको हात रहेको ठहर गर्दै पुष दोस्रो साता उनलाई सैन्य कारबाहीको क्रममा ह’त्या गरिएको विरोधमा इरानले ट्रम्पलाई प’क्राउ पुर्जी जारी गरेको हो।
यो पनि पढ्नुस्
पशुपति मन्दिरको पश्चिम ढोकाबाट अन्नपूर्ण भण्डारतिर आउँदा बाटोमा एउटा घर छ। लामो कालखण्ड पार हुँदै जाँदा त्यही घरभित्र थुनिन पुगेको छ– पशुपति मन्दिरको ऐतिहासिक शिवलिंग।
थुनिएको शिवलिंग यति महत्त्ववशाली हो, जहाँ पशुपति मन्दिरका मूलभट्टले गर्भगृहमा प्रवेश गर्नुअघि शपथ लिनुपर्छ। पशुपति क्षेत्रमा यस्ता ११ शिवलिंग छन्। जसलाई एकादशरुद्र भनिन्छ। शिवका पुजारीले ती एकादशरुद्रलाई साक्षी नराखेसम्म मन्दिरको गर्भगृहमा प्रवेश गर्न पाउँदैनन्।
तिनै एकादशरुद्रमध्ये कम्तीमा दुइटा शिवलिंग व्यक्तिका घरभित्र थुनिएका छन्। अर्को रुद्र भुवनेश्वरी टोलस्थित अर्को घरभित्र थुनिएको पाइएको छ। पशुपतिको मूल मन्दिरदेखि करिब पाँच सय मिटर दूरीमा रहेको उक्त घरमा बेवास्तापूर्ण ढंगले थुनिएको छ मूलभट्टलाई शपथ खुवाउने शिवलिंग। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।