टिचिङ अस्पतालमा उपचाररत ४५ दिनको शिशुमा कोरोना पुष्टि भएको छ । अस्पतालका अनुसार म्याग्दीवाट हालै उपचारका लागि टिचिङ अस्पताल महाराजगंज ल्याइएकाे शिशुमा काेराेना संक्रमण देखिएकाे हाे । शल्यक्रियाको लागि भर्ना भएका उनको स्वाव परीक्षण रिपाेर्ट पाेजेटिभ आएको हो ।
श्वास फर्ने गाह्राे भएपछि सोमबार नै श’ल्यक्रिया गरिएको थियो । शिशुको सोमवार नै घाँटीको श’ल्यक्रियापछि आइशोलेशनमा राखिएको अस्पतालले बताएको छ । हिजाे साेमबार मात्रै काठमाडाैं उपत्यकामा ८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे थियाे ।
यो पनि पढ्नुस्
चिनियाँ कम्पनी बाइटडान्सले विकास गरेको एप्स टिकटक भारतमा प्रतिबन्ध लगाइएको छ । भारत र चीनको सीमा विवादले हिं’सात्मक रुप लिएपछि भारतमा टिकटकसँगै अन्य ५८ वटा एप्स प्रतिबन्धित बनेका हुन् । तीमध्ये अधिकांश चिनियाँ नै छन् । लद्दाख झ’डपको एक महिना नबित्दै भारत सरकारले चिनियाँ कम्पनीका उत्पादनमाथि यस्तो प्रतिबन्ध लगाएको हो ।
भारत सरकारले हालै उक्त एप्सलाई बन्द गरेको जनाएको हो । यससँगै ५८ वटा एप्स बन्द गरिएका छन् । जहाँ अलिबाबाको यूसी ब्राउजर र टिन्सेन्टको वीच्याट पनि छन् । भारत सरकारको सूचना तथा प्रविधि मन्त्रालयले सुरक्षा कारण देखाउँदै यस्ता एप्स बन्द गरेको जनाएको हो ।
छोटो भिडिओ बनाएर अभिनय गरिने टिकटक पछिल्लो समय युवा पुस्तामा अत्याधिक लोकप्रिय छ । लोकप्रिय एप्स टिकटकका २ सय मिलियन प्रयोगकर्ता छन् ।