आमिर खानको घरमा कोरोना छिरेपछि हंगामा मच्चिएको छ । आमिर खानका घरेलु सहयोगीमा कोरोना संक्रमण देखिए लगत्तै उनको घर शिल गरेर सबैको कोरोना परिक्षण गरिएको भारतीय मिडियाले जनाएको छ ।
आमिर खानले सोसल मिडियामा पोस्ट गर्दै उनको घरका एक कर्मचारीमा कोरोनाभाइरस संक्रमण देखिए लगत्तै आमिर र उनको परिवारको परीक्षण गरिएको र नतिजा नेगेटिभ आएको भएता पनि आमिरकी आमाको परिक्षण हुन बाँकी रहेको उनले सामाजिक संजालमा लेखेका छन् ।
आमिर खानले कर्मचारी पोजेटिभ पाएपछि बीएमसीद्वारा लिइएको एक्सनबारे पनि लेखेका छन् । आमिरको पोस्टमा संख्याबारे त जानकारी दिएको छैन तर उनी एकभन्दा बढी कर्मचारीको कुरा गरिरहेका छन् । सबैलाई क्वारेन्टाइनमा राखिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
यो पनि पढ्नुस्
चिनियाँ कम्पनी बाइटडान्सले विकास गरेको एप्स टिकटक भारतमा प्रतिबन्ध लगाइएको छ । भारत र चीनको सीमा विवादले हिं’सात्मक रुप लिएपछि भारतमा टिकटकसँगै अन्य ५८ वटा एप्स प्रतिबन्धित बनेका हुन् । तीमध्ये अधिकांश चिनियाँ नै छन् । लद्दाख झ’डपको एक महिना नबित्दै भारत सरकारले चिनियाँ कम्पनीका उत्पादनमाथि यस्तो प्रतिबन्ध लगाएको हो ।
भारत सरकारले हालै उक्त एप्सलाई बन्द गरेको जनाएको हो । यससँगै ५८ वटा एप्स बन्द गरिएका छन् । जहाँ अलिबाबाको यूसी ब्राउजर र टिन्सेन्टको वीच्याट पनि छन् । भारत सरकारको सूचना तथा प्रविधि मन्त्रालयले सुरक्षा कारण देखाउँदै यस्ता एप्स बन्द गरेको जनाएको हो ।
छोटो भिडिओ बनाएर अभिनय गरिने टिकटक पछिल्लो समय युवा पुस्तामा अत्याधिक लोकप्रिय छ । लोकप्रिय एप्स टिकटकका २ सय मिलियन प्रयोगकर्ता छन् ।