दोलखाको ४ वटा स्थानीयतहमा सलह किरा फैलिएको छ । दोलखासमेत कार्यक्षेत्र रहेको कृषि ज्ञान केन्द्र रामेछापका प्रमुख दिनेश आचार्यका अनुसार पातलो संख्याको सलह किरा दोलखाका ४ वटा पालिकामा देखिएको छ । सोमबार दिउँसो रामेछापबाट उत्तर लागेको सलहको पातलो झुण्ड दोलखाको जिरी नगरपालिका, विगु, बैत्यश्वर र गौरीशंकर गाउँपालिकामा पुगेको जानकारी आएको ज्ञानकेन्द्र प्रमुख आचार्यले बताए ।
सोमबार रातीबाट जिल्ला प्रवेश गरेको सलह किरा मंगलबार अपरान्ह प्राप्त जानकारीअनुसार जिरी नगरपालिका–५, जिरी, विगु गाउँपालिका–५, चिलंखा, बैत्यश्वर गाउँपालिका–५, पहाडी बाली अनुसन्धान केन्द्र, गौरीशंकर गाउँपालिका–७, मार्बुमा थोरै संख्यामा सलह देखिएको आचार्यको भनाइ छ । विगु गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्काले चिलंखामा मौरी छुट्टिँदाजस्तै आवाज गरेर सलह देखिएको जानकारी पाएको बताए ।
नियन्त्रणको लागि पहल गरिरहेको र औषधि छर्कने योजनामा रहेको अध्यक्ष खड्काले जानकारी दिए । सलह किराको संक्रमण देखिएका स्थानहरुमा स्थानीय तहसँग ज्ञानकेन्द्रका प्राविधिकहरुले समन्वय गरिरहेको उनले बताए । हाललाई औषधि छर्कनु पर्ने स्थिति देखिँदैन तैपनि किसानहरुलाई सतर्क रहन जानकारी गराइएको उनले बताए । जिल्लामा सलह फट्याँङ्ग्रा प्रवेश गरेकोमा किसानहरु चिन्तितसमेत बनेका छन् । मंगलबार साँझसम्म सलहले क्षति पुर्याएको जानकारी प्राप्त नभएका ज्ञानकेन्द्रको भनाइ छ ।
यो पनि पढ्नुस्
चिनियाँ कम्पनी बाइटडान्सले विकास गरेको एप्स टिकटक भारतमा प्रतिबन्ध लगाइएको छ । भारत र चीनको सीमा विवादले हिं’सात्मक रुप लिएपछि भारतमा टिकटकसँगै अन्य ५८ वटा एप्स प्रतिबन्धित बनेका हुन् । तीमध्ये अधिकांश चिनियाँ नै छन् । लद्दाख झ’डपको एक महिना नबित्दै भारत सरकारले चिनियाँ कम्पनीका उत्पादनमाथि यस्तो प्रतिबन्ध लगाएको हो ।
भारत सरकारले हालै उक्त एप्सलाई बन्द गरेको जनाएको हो । यससँगै ५८ वटा एप्स बन्द गरिएका छन् । जहाँ अलिबाबाको यूसी ब्राउजर र टिन्सेन्टको वीच्याट पनि छन् । भारत सरकारको सूचना तथा प्रविधि मन्त्रालयले सुरक्षा कारण देखाउँदै यस्ता एप्स बन्द गरेको जनाएको हो ।
छोटो भिडिओ बनाएर अभिनय गरिने टिकटक पछिल्लो समय युवा पुस्तामा अत्याधिक लोकप्रिय छ । लोकप्रिय एप्स टिकटकका २ सय मिलियन प्रयोगकर्ता छन् ।