पाकिस्तानी सेनाको इतिहासमै एक महिला अधिकृतलाई पहिलो लेफ्टिनेन्ट जनरलको रुपमा नियुक्त गरिएको छ । मंगलबार मेजर जनरल निगर जोहर लेफ्टिनेन्ट जनरलको रुपमा नियुक्त भएकी हुन् । सेनामा सर्जनको रुपमा रहेकी निगर सेनाबाट नै दीक्षित बनेकी थिइन् । ‘लेफ्टिनेन्ट जनरल’ मा पदोन्नती हुने उनी पहिलो महिला अधिकृत हुन् ।
जोहर रावलपिण्डस्थित पाकिस्तानी सेनाको मेडिकल कलेजबाट १९८५ मा दीक्षित भएकी थिइन् । २०१७ मा उनी पाकिस्तानी सेनाको तेस्रो अधिकृत बनेकी थिइन् । उनका बाबु र श्रीमान पनि पाकिस्तानी सेनामै छन् ।
यो पनि पढ्नुस्
सांसद गगन थापाले सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आफू जोगिन र आफ्नालाई जोगाउन व्यस्त भएको आरोप लगाएका छन् । देशमा सलह किरा र काेराेनाभाइरसकाे प्रभाव बढ्दाे भएपनि सरकारले त्यसतर्फ ध्यान नदिएकाे उनकाे आरोप छ । सामाजिक संजाल ट्विटरमा थापाले लेखेका छन्, ‘सरकार चलाउनेहरु जोगिन र आफ्ना जोगाउन व्यस्त छन् । तर न त सलह किराले आफ्नो काम रोकेको छ न त कोरोना भाइरसले ! बरु यिनको त गति र प्रभाव बढ्दो छ ।’
सांसद थापाले कुरा सुन्ने र काम गर्ने सरकार दिन आग्रह पनि गरेका छन् । ‘नेकपा सचिवालयलाई विनम्र अनुरोध छ : अति भयो यो तमासा अब हामीलाई कुरा सुन्ने र काम गर्ने सरकार दिनुहोस्।’ बैठकमा बोल्ने १८ जना सदस्यमध्ये १७ जनाले प्रधानमन्त्रीको नेतृत्व र कार्यशैली ठिक नभएको भन्दै अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने धारणा राखेका थिए ।
नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको हाकाहाकी राजीनामा माग्नुभएकाे थियाे । प्रधानमन्त्रीले आफूलाई सरकारबाट हटाउने खेलमा भारत लागिपरेको र त्यसमा नेपालकै नेताहरूको समेत संलग्नता रहेको दुई दिनअघि अभिव्यक्ति दिएका थिए। त्यसलाई लिएर प्रचण्डले ‘दिल्लीले होइन, मैले मागेको हो राजीनामा’ भनेर भनेका थिए ।