आज (बिहीबार) बिहान देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको मौसम पूर्वानुमानका अनुसार हाल देशभर अधिकांश स्थानमा सामान्य बदली रही सबै प्रदेशका केही स्थानहरुमा वर्षा भइरहेको छ
यसैगरी, बिहीबार दिउँसो देशका सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका केही स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।
यस्तै, बिहीबार राति देशको सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
यो पनि पढ्नुस्
पेप्सिकोलामा बस्दै आएका एक जोडीको झु’ण्डिएको अवस्थामा श’व फेला परेको छ । प्रहरीका अनुसार उनीहरुले एउटै पा’सोमा झु’ण्डिएर आ’त्मह’त्या गरेका हुन् । प्रहरीका अनुसार पाँच महिनादेखि लिभिङ टुगेदरमा बस्दै आएको उक्त जोडीले आफ्नै फ्ल्याटमा एउटै पा’सोमा झु’न्डिएर आ’त्मह’त्या गरेको बताए ।
३६ वर्षीय आदम मोहम्मद मुसलमान र २६ वर्षीय अस्मिता थापा आफू बस्दै आएको फ्ल्याटमा एउटै पा’सोमा झु’न्डिएको अवस्थामा फेला परेको प्रहरीको दाबि छ । घ’टना के कारणले भएको हो भन्ने बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।