‘इनफ इज इनफ’ अभियानका ७ दिनदेखि अनसनरत युवाहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओली ह्याम्स अस्पताल पुगेका छन् । अस्पाल पुगेर प्रधानमन्त्री ओलीले उनीहरुलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमणको उपचार खर्चलाई सरकारले पारदर्शी बनाउने प्रतिवद्धता जनाउँदै अनशन तोड्न आग्रह गरेका छन्।
अनशनरत इनफ इज इनफका अभियान्ताको स्वास्थ्यमा समस्या आएपछि साँझ अस्पताल भर्ना गरिएको थियो। उनीहरु अस्पताल भर्ना भए लगत्तै प्रधानमन्त्री ओली उनीहरुलाई भेट्न पुगेका हुन्। पाटन दरबार स्क्वायरको कृष्णमन्दिर अगाडि पाटीमा अनसनमा बसेका युवाहरूलाई उपचारका लागि ह्याम्स अस्पताल ल्याइएको थियो ।
कोरोना महामारीजस्तो जीवन मरणको सवालमा भ्रष्टाचार रोक्नुपर्ने, संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीको सुरक्षाको ग्यारेण्टी गर्नुपर्ने, अस्पतालको क्षमता वृद्धि गर्नुपर्ने, कोरोना नियन्त्रणको लागि अत्यधिक स्रोत र साधन प्रयोग गर्नुपर्ने र सर्वोच्च अदालतको फैसला कार्यन्वयन गर्नुपर्ने उनीहरुको माग छ ।
पछिल्लो समय पीसीआरको क्षमता बढाउनुपर्ने, क्वारेन्टिनस्थलहरु व्यवस्थित बनाउनु पर्ने भन्दै उनी ‘इनफ इज इनफ’ अभियानमा सक्रिय थिए । जीवन बचाउनको लागि सत्याग्रह नारा राखेर शुक्रबार उनले अनशन सुरु गरेका हुन् ।
यो पनि पढ्नुस्
वर्षासँगै परेको चट्याङ लागेर बिहीबार बिहान चार महिलाको घ’टनास्थलमै मृ’त्यु भएको छ । बाराको कलैया उपमहानगरपालिका र फेटा गाउँपालिकामा खेतमा धान रोपीरहेका महिलाहरुको चट्याङ लागेर मृ’त्यु भएको छ भने अन्य ७ जना घा’इते भएका छन् ।
मृ’त्यु हुनेमा कलैया उपमहानगरपालिका वडा नम्बर १२ शितलपुरकी ३५ वर्षीया आशादेवी महतो, ४५ वर्षीया हलिमा खातुन, फेटा गाउँपालिका वडा नम्बर १ की ३० वर्षीया इन्दुदेवी महतो र ४० वर्षीया सुनारपतीदेवी महतो रहेका छन् ।
चटयाङ लागेर घा’इते भएका फेटा गाउँपालिकाका सात जनालाई उपचारका लागि वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल लगिएको छ भने मृ’तकको श’व पो’ष्टमा’र्टमका लागि कलैया अस्पताल लगिएको छ ।