कोरोना भाइरस संक्रमितको संख्या दिनानुदिन तीब्ररुपमा थपिदै गर्दा निको भएर डिस्चार्ज हुनेको संख्यामा पनि उत्साहजनक वृद्धि भएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ६ सय ६४ जना निको भएर घर फर्किएका छन् ।
योसंगै हालसम्म निको हुनेको संख्या ५ हजार ३ सय २० पुगेको छ । उपचारमा देखाइन थालिएको तदारुकता, कोरोना संक्रमितप्रति फेरिदो व्यवहारले पनि निको हुने संक्रमितको संख्या उल्लेख्य बढेको बताइएको छ ।
यो पनि पढ्नुस्
वर्षासँगै परेको चट्याङ लागेर बिहीबार बिहान चार महिलाको घ’टनास्थलमै मृ’त्यु भएको छ । बाराको कलैया उपमहानगरपालिका र फेटा गाउँपालिकामा खेतमा धान रोपीरहेका महिलाहरुको चट्याङ लागेर मृ’त्यु भएको छ भने अन्य ७ जना घा’इते भएका छन् ।
मृ’त्यु हुनेमा कलैया उपमहानगरपालिका वडा नम्बर १२ शितलपुरकी ३५ वर्षीया आशादेवी महतो, ४५ वर्षीया हलिमा खातुन, फेटा गाउँपालिका वडा नम्बर १ की ३० वर्षीया इन्दुदेवी महतो र ४० वर्षीया सुनारपतीदेवी महतो रहेका छन् ।
चटयाङ लागेर घा’इते भएका फेटा गाउँपालिकाका सात जनालाई उपचारका लागि वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल लगिएको छ भने मृ’तकको श’व पो’ष्टमा’र्टमका लागि कलैया अस्पताल लगिएको छ ।