चितवनमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा प्र’र्दशन भएको छ । युवा तथा विद्यार्थीका नाममा भरतपुरको चौबिसकोठीमा गरिएको प्रर्दशनमा ठूलाे संख्यामा युवाहरुको सहभागिता रहेको थियो । पार्टीभित्र ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग स्थायी समितिमा उठिरहेको बेला प्रधानमन्त्री ओलीको समर्थमा युवा तथा विद्यार्थीहरुले प्र’दर्शन गरेका हुन् ।
उनीहरुले दुवै पदबाट ओलीलाई हटाउन नहुने भन्दै प्र’दर्शन गरेका थिए । प्र’दर्शनमा सहभागीले ‘सरकार ढाल्न पाइँदैन’, ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’ ‘ओली सिध्याउन किन यत्रो जोड, भारतीय विस्तारबाद नेपाल छोड’ उत्खनन् गर्नु छ कैयौं खानी, फिर्ता गर्नुछ हाम्रो कालापानी’ जस्ता नारा अंकित प्लेकार्ड बोकेर प्र’र्दशन गरेका थिए । सो क्रममा उनीहरुले सहभागीहरुलाई मास्क र ग्लोभ्स पनि वितरण गरेका थिए ।
यो पनि पढ्नुस
हाम्रो नेपाली समाजमा प्रायः महिलाहको नाक छेड्ने चलन छ । तर महिलाहरुलाई नाक किन छेडिन्छ भन्ने कुराबाट अनबिज्ञ हुन्छन् । यतिसम्मकी नाक छेड्ने स्वयं महिला पनि यस विषयमा अनभिज्ञ हुन्छन् ।
नाक छेड्नुलाई धेरैजसोले श्रृंगारसँग मात्र जोड्ने गर्छन् । तर नाक छेड्नु श्रृंगारसँगमात्र सम्बन्धित छैन, यसको धार्मिक तथा बैज्ञानकि कारण पनि छ जुन यहाँ उल्लेख गरिएको छ :
हिन्दुशास्त्रको पवित्र ग्रन्थ वेदका अनुसार नाक छेड्ने महिलाहरुलाई महिनावारी हुँदा हुने पीडाबाट राहत मिल्छ । प्रसवको समयमा शिशुलाई जन्म दिन पनि सजिलो हुने धार्मिक विश्वास छ ।
त्यस्तै नाक छेड्नाले टाउको दुख्ने वा माइग्रेनको समस्याबाट पनि मुक्ति मिल्ने चिकित्सकहरु बताउँछन् । तर, महिलाले देब्रे नाक मात्रै किन छेड्छन् भन्ने विषय पनि सवैलाई थाहा नहुन सक्छ । यसले प्रजनन अङ्गमा नकारात्मक असर नपर्ने चिकित्सकहरु बताउँछन् ।
महिलाको देब्रे नाकको नशा प्रजनन अङ्गसँग जोडिएको हुने चिकित्सकहरु बताउँछन् । यस्तै बाँया कान छेड्नाले रक्त चापजस्तो समस्याहरुमा पनि कमि आउने बताइन्छ ।