जनकपुरमा हिन्दुराष्ट्र स्थापनाको माग गर्दै नेपाल राष्ट्रवादी समूहले प्र’दर्शन गरेको छ । शनिबार जनकपुरको जनक चोकबाट सुरु भएको प्र’दर्शन नगरको विभिन्न भागको परिक्रमा गर्दै पुनः जनक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
राष्ट्रिय सभाका पूर्वसदस्य कारीप्रसाद यादवको अगुवाइमा भएको सो प्र’दर्शनमा नेताहरुको कारण मुलुकको राष्ट्रियता नै ख’तरामा परेको भन्दै सहभागीले नेपाललाई हिन्दुराष्ट्र घोषित गर्नुपर्ने माग गरे । यादवले देशलाई हिन्दू राष्ट्र घोषणा गर्नु आजको आवश्यकता रहेको भन्दै आफूहरुले अभियान संचालन गरि राज्यमाथि द’वाव सृजना गर्ने बताए ।
प्र’दर्शनमा सहभागीले नागरिकता विधेयक फिर्ता गर, भ्र’ष्टाचार अन्त्य गर लगायतका ना’रा अंकित प्लेकार्ड र ब्यानर बोकेर प्र’दर्शन गरेका थिए । वि’रोध कार्यक्रममा वीरेन्द्र कर्ण, प्रकाश राणा लगायत युवा, महिला र साधुसन्तहरुको उल्लेख्य सहभागिता थियो ।
यो पनि पढ्नुस
हाम्रो नेपाली समाजमा प्रायः महिलाहको नाक छेड्ने चलन छ । तर महिलाहरुलाई नाक किन छेडिन्छ भन्ने कुराबाट अनबिज्ञ हुन्छन् । यतिसम्मकी नाक छेड्ने स्वयं महिला पनि यस विषयमा अनभिज्ञ हुन्छन् ।
नाक छेड्नुलाई धेरैजसोले श्रृंगारसँग मात्र जोड्ने गर्छन् । तर नाक छेड्नु श्रृंगारसँगमात्र सम्बन्धित छैन, यसको धार्मिक तथा बैज्ञानकि कारण पनि छ जुन यहाँ उल्लेख गरिएको छ :
हिन्दुशास्त्रको पवित्र ग्रन्थ वेदका अनुसार नाक छेड्ने महिलाहरुलाई महिनावारी हुँदा हुने पीडाबाट राहत मिल्छ । प्रसवको समयमा शिशुलाई जन्म दिन पनि सजिलो हुने धार्मिक विश्वास छ ।
त्यस्तै नाक छेड्नाले टाउको दुख्ने वा माइग्रेनको समस्याबाट पनि मुक्ति मिल्ने चिकित्सकहरु बताउँछन् । तर, महिलाले देब्रे नाक मात्रै किन छेड्छन् भन्ने विषय पनि सवैलाई थाहा नहुन सक्छ । यसले प्रजनन अङ्गमा नकारात्मक असर नपर्ने चिकित्सकहरु बताउँछन् ।
महिलाको देब्रे नाकको नशा प्रजनन अङ्गसँग जोडिएको हुने चिकित्सकहरु बताउँछन् । यस्तै बाँया कान छेड्नाले रक्त चापजस्तो समस्याहरुमा पनि कमि आउने बताइन्छ ।