प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । यद्यपि यो नियमित भेटघाट मात्र भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री ओलीले साँझ ७ बजे मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् । मिटिङका लागि भन्दै बोलाइएको हो । यद्यपि यो मन्त्रिपरिषद् वा अरु मिटिङको प्रष्ट भएको छैन ।
यो पनि पढ्नुस
हाम्रो नेपाली समाजमा प्रायः महिलाहको नाक छेड्ने चलन छ । तर महिलाहरुलाई नाक किन छेडिन्छ भन्ने कुराबाट अनबिज्ञ हुन्छन् । यतिसम्मकी नाक छेड्ने स्वयं महिला पनि यस विषयमा अनभिज्ञ हुन्छन् ।
नाक छेड्नुलाई धेरैजसोले श्रृंगारसँग मात्र जोड्ने गर्छन् । तर नाक छेड्नु श्रृंगारसँगमात्र सम्बन्धित छैन, यसको धार्मिक तथा बैज्ञानकि कारण पनि छ जुन यहाँ उल्लेख गरिएको छ :
हिन्दुशास्त्रको पवित्र ग्रन्थ वेदका अनुसार नाक छेड्ने महिलाहरुलाई महिनावारी हुँदा हुने पीडाबाट राहत मिल्छ । प्रसवको समयमा शिशुलाई जन्म दिन पनि सजिलो हुने धार्मिक विश्वास छ ।
त्यस्तै नाक छेड्नाले टाउको दुख्ने वा माइग्रेनको समस्याबाट पनि मुक्ति मिल्ने चिकित्सकहरु बताउँछन् । तर, महिलाले देब्रे नाक मात्रै किन छेड्छन् भन्ने विषय पनि सवैलाई थाहा नहुन सक्छ । यसले प्रजनन अङ्गमा नकारात्मक असर नपर्ने चिकित्सकहरु बताउँछन् ।
महिलाको देब्रे नाकको नशा प्रजनन अङ्गसँग जोडिएको हुने चिकित्सकहरु बताउँछन् । यस्तै बाँया कान छेड्नाले रक्त चापजस्तो समस्याहरुमा पनि कमि आउने बताइन्छ ।