विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस) का कारण बेलायतले पहिलो पटक गोर्खा भर्ती रोकेको छ। कोरोना संक्रमणका कारण यस वर्षको गोर्खा भर्ती स्थगित गरिएको बेलायती सेनाको बिग्रेड अफ गोर्खा प्रमुख कर्णेल रिचर्ड गुडम्यानले जनाएका छन्।
बेलायतले बर्सेनि प्रदेश १ को धरान र गण्डकी प्रदेशको पोखराबाट गोर्खा भर्ती लिने गर्छ। यसपटक नयाँ भर्तीका लागि २१ मेदेखि १० जुलाई सम्म पोखरा र २३ मेदेखि जुलाई १० तारिखसम्म नयाँ नाम दर्ताका लागि मिति तोकिएको थियो।
धरानको क्षेत्रिय छनोट २१ सेम्टेम्बरदेखि १८ अक्टोबर र पोखराको ९ अगस्टदेखि सेप्टेम्बर १० सम्म छनोट मिति तोकिए पनि कोराना संक्रमणका कारण स्थगित भएको छ। यसपटक भर्ती बन्द भए पनि अवस्था सहज भएमा गत वर्ष उत्तम अंक ल्याएर असफल भएकाहरुलाई मौका दिने बताएको छ। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।
यो पनि पढ्नुस
हाम्रो नेपाली समाजमा प्रायः महिलाहको नाक छेड्ने चलन छ । तर महिलाहरुलाई नाक किन छेडिन्छ भन्ने कुराबाट अनबिज्ञ हुन्छन् । यतिसम्मकी नाक छेड्ने स्वयं महिला पनि यस विषयमा अनभिज्ञ हुन्छन् ।
नाक छेड्नुलाई धेरैजसोले श्रृंगारसँग मात्र जोड्ने गर्छन् । तर नाक छेड्नु श्रृंगारसँगमात्र सम्बन्धित छैन, यसको धार्मिक तथा बैज्ञानकि कारण पनि छ जुन यहाँ उल्लेख गरिएको छ :
हिन्दुशास्त्रको पवित्र ग्रन्थ वेदका अनुसार नाक छेड्ने महिलाहरुलाई महिनावारी हुँदा हुने पीडाबाट राहत मिल्छ । प्रसवको समयमा शिशुलाई जन्म दिन पनि सजिलो हुने धार्मिक विश्वास छ ।
त्यस्तै नाक छेड्नाले टाउको दुख्ने वा माइग्रेनको समस्याबाट पनि मुक्ति मिल्ने चिकित्सकहरु बताउँछन् । तर, महिलाले देब्रे नाक मात्रै किन छेड्छन् भन्ने विषय पनि सवैलाई थाहा नहुन सक्छ । यसले प्रजनन अङ्गमा नकारात्मक असर नपर्ने चिकित्सकहरु बताउँछन् ।
महिलाको देब्रे नाकको नशा प्रजनन अङ्गसँग जोडिएको हुने चिकित्सकहरु बताउँछन् । यस्तै बाँया कान छेड्नाले रक्त चापजस्तो समस्याहरुमा पनि कमि आउने बताइन्छ ।