हाँस्य टलिश्रृङ्खला ‘भद्रगोल’ बाट चर्चामा आएकी लोकप्रिय कलाकार रक्षा श्रेष्ठको आज जन्मदिन परेको छ । हाँस्य टलिश्रृङ्खला ”भद्रगोल” हुँदै हाल हाँस्य टेलिसिरियल ”सक्किगोनी” मा अभिनय गरिरहेकी यि सुन्दरीलाई आज बिहानैदेखि उनका दर्शक, शुभचिन्तक र आफन्तले शुभकामना दिइरहेका छन् ।
सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएकी रक्षा लामो समयदेखि काठमाडौंमा बस्दै आएकी छिन् । रक्षा करिब १ सय ७० को हाराहारीमा म्यूजिक भिडियोमा काम गसिकेकी छिन् । उनलाई सबैभन्दा बढी रुचाइएको रोल हो जिग्री अविबाहितको प्रेमीकाका रुपमा हो ।
यो पनि पढ्नुस
हाम्रो नेपाली समाजमा प्रायः महिलाहको नाक छेड्ने चलन छ । तर महिलाहरुलाई नाक किन छेडिन्छ भन्ने कुराबाट अनबिज्ञ हुन्छन् । यतिसम्मकी नाक छेड्ने स्वयं महिला पनि यस विषयमा अनभिज्ञ हुन्छन् ।
नाक छेड्नुलाई धेरैजसोले श्रृंगारसँग मात्र जोड्ने गर्छन् । तर नाक छेड्नु श्रृंगारसँगमात्र सम्बन्धित छैन, यसको धार्मिक तथा बैज्ञानकि कारण पनि छ जुन यहाँ उल्लेख गरिएको छ :
हिन्दुशास्त्रको पवित्र ग्रन्थ वेदका अनुसार नाक छेड्ने महिलाहरुलाई महिनावारी हुँदा हुने पीडाबाट राहत मिल्छ । प्रसवको समयमा शिशुलाई जन्म दिन पनि सजिलो हुने धार्मिक विश्वास छ ।
त्यस्तै नाक छेड्नाले टाउको दुख्ने वा माइग्रेनको समस्याबाट पनि मुक्ति मिल्ने चिकित्सकहरु बताउँछन् । तर, महिलाले देब्रे नाक मात्रै किन छेड्छन् भन्ने विषय पनि सवैलाई थाहा नहुन सक्छ । यसले प्रजनन अङ्गमा नकारात्मक असर नपर्ने चिकित्सकहरु बताउँछन् ।
महिलाको देब्रे नाकको नशा प्रजनन अङ्गसँग जोडिएको हुने चिकित्सकहरु बताउँछन् । यस्तै बाँया कान छेड्नाले रक्त चापजस्तो समस्याहरुमा पनि कमि आउने बताइन्छ ।