नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–२० क्रिकेटमा जमैका तलावाजबाट खेल्ने पक्का भएको छ । जमैकाले ड्राफ्टको दोस्रो राउन्डमा सन्दीप लामिछानेलाई आफ्नो टिममा राखेका हो ।
पहिलो संस्करणमा सन्दीप ५ हजार तथा दोस्रो संस्करणमा ७० हजार डलरमा अनुबन्ध भएका थिए । तर, अहिले तेस्रो संस्करणमा उनी ९० हजार अमेरिकी डलर (१ करोड ७ लाख रुपैयाँ बढी)मा अनुबन्ध भएका छन् ।
गत असार १० गते गरिएको ड्राफ्ट सोमबार साँझ सार्वजनिक गरिएको हो । सन्दीप आबद्ध टिममा आन्द्रे रसेल, कार्लोस बाथवेटलगायतका खेलाडी रहेका छन् ।
यो पनि पढ्नुस
नेपाल एयरलाइन्सका तीन पाइलटसहित १४ उडान कोरोना संक्रमित कर्मचारीलाई सोल्टी होटेलभित्रै आइसोलेसनमा राखिने भएको छ । नेपालीको उद्धार उडान प्रारम्भ भएपछि नेपाल एयरलाइन्सले सोल्टीलाई क्वारेन्टिन होटेलका रुपमा प्रयोग गरेको थियो ।
कोरोना पोजेटिभ तीन पाइलटसहित ७ जना कर्मचारीलाई आइसोलेसन रुममा सारिएको छ । अन्य सात जना क्वारेन्टिन रुममै छन् । दोस्रो परीक्षणमा समेत उनीहरुमा पोजेटिभ देखिएमा उनीहरुलाई समेत अन्य कर्मचारीसाग सम्पर्कमा नआउने गरी छुट्टै कोठामा राखिनेछ ।
सोल्टीमा नेपाल एयरलाइन्सका मात्र कर्मचारी राखिएका कारण एक प्रकारको ‘सिल’ जस्तै अवस्थामा थियो । उडानबाट फर्किएपछि कर्मचारीलाई सिधै होटेलमा राखिने गरेको थियो । घर जानु अगडि कोरोना परीक्षण गरेर मात्र जानु पर्ने प्रावधान बनाइएको थियो । सोही क्रममा कर्मचारीमा पिसिआर पोजेटिभ आएको हो ।