दिवंगत नायक सुशान्तसिंह राजपूतको अन्तिम फिल्म ”दिल बेचारा” को ट्रेलर सार्वजनिक भए लगत्तै दोस्रो ट्रेन्डिङ छ। ट्रेलर रिलिज भएको १६ घण्टामै २ करोडभन्दा बढी दर्शकले हेरिसकेका छन्। अभिनेता सिंहले आ’त्मह’त्या गरे पश्चात् उनको यो अन्तिम फिल्मको ट्रेलर सोमबार सार्वजनिक गरिएको २ मिनट ४५ सेकेन्ड लामो ट्रेलरमा सुशान्त र अभिनेत्री सन्जना सांघी एकछत्र छाएको देख्न सकिन्छ ।
२४ जुलाईमा डिज्ने प्लस हटस्टारमा रिलिज गर्ने तयारी गरिएको फिल्मको मुख्इ कथा क्यान्सरसँग जुधिरहेकी सन्जनाको वरीपरी घुमेको छ । जन ग्रीनको उपन्यास द फल्ट इन आवर स्टार्स र यही नामको हलिउड फिल्ममा आधारित यस चलचित्र सब्सक्राइब गर्ने र नगर्ने सबै खाले दर्शकले निःशुल्क हेर्न पाउने बताइएको छ । २९ नोभेम्बरमा रिलिज हुने भनिएको फिल्म कोरोना कहरको चपेटामा परेर रिलिज हुन नसकिरहेका बेला सशुान्तले गत १४ जुनमा अप्रिय कदम चालेपछि अहिले बलिउड गहिरो शोकमा डुबेको छ ।
यो पनि पढ्नुस
नेपाल एयरलाइन्सका तीन पाइलटसहित १४ उडान कोरोना संक्रमित कर्मचारीलाई सोल्टी होटेलभित्रै आइसोलेसनमा राखिने भएको छ । नेपालीको उद्धार उडान प्रारम्भ भएपछि नेपाल एयरलाइन्सले सोल्टीलाई क्वारेन्टिन होटेलका रुपमा प्रयोग गरेको थियो ।
कोरोना पोजेटिभ तीन पाइलटसहित ७ जना कर्मचारीलाई आइसोलेसन रुममा सारिएको छ । अन्य सात जना क्वारेन्टिन रुममै छन् । दोस्रो परीक्षणमा समेत उनीहरुमा पोजेटिभ देखिएमा उनीहरुलाई समेत अन्य कर्मचारीसाग सम्पर्कमा नआउने गरी छुट्टै कोठामा राखिनेछ ।
सोल्टीमा नेपाल एयरलाइन्सका मात्र कर्मचारी राखिएका कारण एक प्रकारको ‘सिल’ जस्तै अवस्थामा थियो । उडानबाट फर्किएपछि कर्मचारीलाई सिधै होटेलमा राखिने गरेको थियो । घर जानु अगडि कोरोना परीक्षण गरेर मात्र जानु पर्ने प्रावधान बनाइएको थियो । सोही क्रममा कर्मचारीमा पिसिआर पोजेटिभ आएको हो ।