केही दिनयता ‘महानायक’को बिषयमा सामाजिक संजाल निकै गर्माएको छ । निर्देशक दीपाश्री निरौलाले ‘राजेश हमाल महानायक हो र ?’ भन्दै प्रश्न गरेपछि उनी अहिले विबादमा तानिएकी छिन् । दीपाले राजेश माथी नै उठाएको प्रश्नपछि माफी मागेपछि सामाजिक संजालमा उनको आलोचना रोकिएको छैन ।
दीपाको यो तर्क सार्वजनिक भएपछि कतिपय सामाजिक संजाल प्रयोगकर्ताले ‘दीपकराज गिरीलाई महानायक भन्नुपर्ने’ भन्दै दीपामाथि ब्यङ्ग्य पनि कस्न भ्याए । दीपाका कारण आँफु जोडिएपछि दीपकले जवाफ दिँदै यस्तो प्रतिक्रिया दिएका छन् ।
जब देखि कलाकार भएं , हरिदाइ, मदन दाइ र सन्तोष पन्त दाइ जस्तो बन्न पाए हुन्थ्यो भन्ने सोच्थे
मेरो बाटो, मेरो लक्ष कहिले पनि महानायकको घर तिर मोड़िएन,
मेरो गल्ति बिना नै मलाइ जबरजस्ती महानायक बनाउनेहरू लाइ धन्यवाद….
जब असत्य चिच्याइ चिच्याइ बोलेर भिड जम्मा गरिरहेको हुन्छ
सत्यले चूपचाप आफ्नो बाटो हिड्नु राम्रो … ..
यो पनि पढ्नुस्
मंगलबार बिहान चिनियाँ राजदूत होउ यान्छीले नेकपाका नेता झलनाथ खनालसँग भेटवार्ता गरेकी छिन् । भेटवार्ताका लागि राजदूत होउ खनाल निवास डल्लु पुगेकी थिइन् । खनाल र राजदूत होउबीच करिब ४५ मिनेट कुराकानी भएको थियो । कुराकानीका विषय सार्वजनिक नभए पनि राजदूत होउले नेकपाभित्रको शक्ति संघर्षमा चासो राखेको बुझिएको छ ।
नेकपाभित्र विवाद बढेको बेला केही दिनयता चिनियाँ राजदूत होउको सक्रियता बढेको छ । यसअघि उनले नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालसँग पनि भेटवार्ता गरेकी थिइन् । नेकपा नेताहरूसँगको राजनीतिक भेटवार्ताहरुमा राजदूत होउले एकताबद्ध भएर अघि बढ्न सुझाव दिने गरेको चर्चा छ ।
चिनियाँ राजदूतको सक्रियतालाई कतिपयले नेपालको आन्तरिक मामिलामा अनावश्यक चासो दिएको भनेर आलोचना गर्ने गरेका छन् । नेकपा स्थायी कमिटीको बैठकमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतम पक्षका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि आन्तरिक संघर्ष चर्किएको थियो । नेकपाभित्रको विवाद मत्थर हुनुलाई कतिपयले चिनियाँ राजदूतको सक्रियतासँग पनि जोडेर हेर्ने गरेका छन् ।