नेपालको आन्तरिक मामिलामा वैदेशिक हस्तक्षेप स्वीकार्य नहुने भन्दै काठमाडौंस्थित चिनियाँ दूतावास अगाडि युवाहरुले प्र’दर्शन गरेका छन् । हातमा नेपालका लागि चिनियाँ राजदूतको फोटो सहित ‘गो ब्याक चाइना’ लेखेको प्लेकार्ड बोकेर ८/१० जना युवाहरूले प्र’दर्शन गरेका हुन्।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद चर्किरहेका बेला चिनियाँ राजदूत होउ यान्छीले नेताहरुसँग भेटवार्ता तीव्र बनाएकी छन् । नेकपाभित्र आन्तरिक विवाद भएका बेला राजदूत सक्रिय भएको भन्दै आलोचना भइरहेको छ।
यो पनि पढ्नुस
मंगलबार बिहान चिनियाँ राजदूत होउ यान्छीले नेकपाका नेता झलनाथ खनालसँग भेटवार्ता गरेकी छिन् । भेटवार्ताका लागि राजदूत होउ खनाल निवास डल्लु पुगेकी थिइन् । खनाल र राजदूत होउबीच करिब ४५ मिनेट कुराकानी भएको थियो । कुराकानीका विषय सार्वजनिक नभए पनि राजदूत होउले नेकपाभित्रको शक्ति संघर्षमा चासो राखेको बुझिएको छ ।
नेकपाभित्र विवाद बढेको बेला केही दिनयता चिनियाँ राजदूत होउको सक्रियता बढेको छ । यसअघि उनले नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालसँग पनि भेटवार्ता गरेकी थिइन् । नेकपा नेताहरूसँगको राजनीतिक भेटवार्ताहरुमा राजदूत होउले एकताबद्ध भएर अघि बढ्न सुझाव दिने गरेको चर्चा छ ।
चिनियाँ राजदूतको सक्रियतालाई कतिपयले नेपालको आन्तरिक मामिलामा अनावश्यक चासो दिएको भनेर आलोचना गर्ने गरेका छन् । नेकपा स्थायी कमिटीको बैठकमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतम पक्षका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि आन्तरिक संघर्ष चर्किएको थियो । नेकपाभित्रको विवाद मत्थर हुनुलाई कतिपयले चिनियाँ राजदूतको सक्रियतासँग पनि जोडेर हेर्ने गरेका छन् ।