विभिन्न सामाजिक संजालमा सबैले रुचाएको र सबैको मनमा बस्न सफल भाइरल बखत बिष्ट र मुना थापा मगरले पहिलो पटक म्युजिक भिडियोमा सँगै काम गरेका छन् । ”नेपाली हौँ हामी” बोलको राष्ट्रिय गीतको भिडियोमा पहिलो पटक देखिएका बखत र मुनाले उत्कृष्ट अभिनय गरेका छन् । गीतको म्जुजिकको सुटिंङ भर्खरै सकिएको छ । आज गरिएको गीतको भिडियोको सुटिंङमा उनीहरू राष्ट्रिय पोशाकमा देखिएका छन् ।
गायक नेत्र भण्डारी, कृष्ण केसी तथा गायिका सिता केसीको सुमधुर आवाज रहेको गीतमा प्रेम आचार्यको शब्द, कृष्ण केसीको संगीत तथा एरेन्ज रहेको छ । चर्चित मोडल तथा निर्देशक शिवन पोखरेलको निर्देशनमा दुवैले कम्मर मर्काएका छन् । गीतको भिडियोमा बखत र मुनाका अलावा स्वयम् निर्देशक शिवन पोखरेल, भीम केसीलगायत अन्य कलाकारले अभिनय गरेका छन् ।
पहिलो पटक सँगै काम गर्दा अत्यन्त रमाइलो महसुस भएको र जोडीलाई सबैले रुचाउनेमा बिश्वस्त रहेको बखत र मुनाले बताएका छन् । अब छिट्टै दुवैलाई लिएर अर्को भिडियोमा पनि काम गर्ने निर्देशक पोखरेलले जानकारी दिए । सबैको मिहिनतले तथा सहकार्यका कारण गीतको भिडियो निकै उत्कृष्ट बनेको निर्देशक पोखरेलले बताएका छन् ।
यो पनि पढ्नुस
मंगलबार बिहान चिनियाँ राजदूत होउ यान्छीले नेकपाका नेता झलनाथ खनालसँग भेटवार्ता गरेकी छिन् । भेटवार्ताका लागि राजदूत होउ खनाल निवास डल्लु पुगेकी थिइन् । खनाल र राजदूत होउबीच करिब ४५ मिनेट कुराकानी भएको थियो । कुराकानीका विषय सार्वजनिक नभए पनि राजदूत होउले नेकपाभित्रको शक्ति संघर्षमा चासो राखेको बुझिएको छ ।
नेकपाभित्र विवाद बढेको बेला केही दिनयता चिनियाँ राजदूत होउको सक्रियता बढेको छ । यसअघि उनले नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालसँग पनि भेटवार्ता गरेकी थिइन् । नेकपा नेताहरूसँगको राजनीतिक भेटवार्ताहरुमा राजदूत होउले एकताबद्ध भएर अघि बढ्न सुझाव दिने गरेको चर्चा छ ।
चिनियाँ राजदूतको सक्रियतालाई कतिपयले नेपालको आन्तरिक मामिलामा अनावश्यक चासो दिएको भनेर आलोचना गर्ने गरेका छन् । नेकपा स्थायी कमिटीको बैठकमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतम पक्षका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि आन्तरिक संघर्ष चर्किएको थियो । नेकपाभित्रको विवाद मत्थर हुनुलाई कतिपयले चिनियाँ राजदूतको सक्रियतासँग पनि जोडेर हेर्ने गरेका छन् ।