कुखुराले अण्डा पार्दछ र अण्डाबाटै चल्ला कोरलिएर वयस्क कुखुरा बन्दछ । तर छिमेकी मुलुक भारतको ओडिसा राज्यमा चाहीँ एउटा कुखुराले अण्डा नपारीकनै सिधै चल्ला जन्माएको छ । ओडिसाको नुआपाडा जिल्लामा एक कुखुराले बच्चा जन्माएपछि मानिसहरु अचम्ममा परेका छन् । स्थानीय इच्छापुर गाउँमा बस्ने अम्बिका माझी नामका व्यक्तिले घरमा पालेको पोथी कुखुराले हालै अण्डाको साटो कोरलिएको चल्ला नै जन्माएको छ । यद्यपि जन्मेको १० मिनेटमा उक्त चल्ला म’रेको थियो ।
कुखुराले ९ वटा अण्डा पारेपछि अम्बिका माझीले ती अण्डा टिपिरहेका थिए । तर त्यो कुखुरा अचानक केही टाढा गएर बस्यो । कुखुरा लामो समयसम्म एक्लै पर गएर बसेको देख्दा सायद उसले अर्को अण्डा पो पार्न लागेको हो कि भन्ने अनुमान लगाइयो । तर जब उक्त कुखुराले अण्डा पार्नुको साटो चल्ला नै जन्मायो तब कुखुरा धनी अम्बिका माझी तिनछक परे ।
कुखुराले बच्चा जन्माएको खबर छिमेकमा फैलिएपछि धेरै मानिसहरु हेर्न आए । कतै कुखुराले अण्डा पारेर तत्कालै कोरलेको त होइन ? भनेर उनीहरुले फुटेको अण्डाको बोक्रा छ कि भनेर यताउता खोजे । तर कुखुराले साँच्चीकै चल्ला नै जन्माएको रहेछ । तर विडम्बना उक्त चल्ला जन्मिएको १० मिनेटमै म’र्यो ।
कुखुराले अण्डाको साटो चल्ला जन्माएको घ’टना निकै दुर्लभ हो । स्थानीय पशु चिकित्सा अधिकारीहरुले पनि यस्तो घ’टना आफुहरुले पहिलोपटक देखेको बताए । उनीहरुका अनुसार कुखुराको प्रजनन तन्त्रमै उक्त अण्डा बाहिर निस्किनु अगाडि कोरलिएको र अण्डा पार्ने बेलामा चल्ला नै जन्मिएको हुनसक्ने बताएका छन् ।
सन् २०१८ मा भारतको केरलास्थित वायनाडमा कुखुराले चल्ला जन्माएको घ’टना सार्वजनिक भएको थियो । त्यसअघि सन् २०१२ मा श्रीलंकाको एक पहाडि क्षेत्रमा कुखुराले चल्ला जन्माएको खबर सार्वजनिक भएको थियो । यद्यपि चल्ला जन्माउने क्रममा प्रजनन अंगमा घाउ बनेका कारण उक्त कुखुरा पछि मरेको थियो ।
यो पनि पढ्नुस
विभिन्न सामाजिक संजालमा सबैले रुचाएको र सबैको मनमा बस्न सफल भाइरल बखत बिष्ट र मुना थापा मगरले पहिलो पटक म्युजिक भिडियोमा सँगै काम गरेका छन् । ”नेपाली हौँ हामी” बोलको राष्ट्रिय गीतको भिडियोमा पहिलो पटक देखिएका बखत र मुनाले उत्कृष्ट अभिनय गरेका छन् । गीतको म्जुजिकको सुटिंङ भर्खरै सकिएको छ । आज गरिएको गीतको भिडियोको सुटिंङमा उनीहरू राष्ट्रिय पोशाकमा देखिएका छन् ।
गायक नेत्र भण्डारी, कृष्ण केसी तथा गायिका सिता केसीको सुमधुर आवाज रहेको गीतमा प्रेम आचार्यको शब्द, कृष्ण केसीको संगीत तथा एरेन्ज रहेको छ । चर्चित मोडल तथा निर्देशक शिवन पोखरेलको निर्देशनमा दुवैले कम्मर मर्काएका छन् । गीतको भिडियोमा बखत र मुनाका अलावा स्वयम् निर्देशक शिवन पोखरेल, भीम केसीलगायत अन्य कलाकारले अभिनय गरेका छन् ।
पहिलो पटक सँगै काम गर्दा अत्यन्त रमाइलो महसुस भएको र जोडीलाई सबैले रुचाउनेमा बिश्वस्त रहेको बखत र मुनाले बताएका छन् । अब छिट्टै दुवैलाई लिएर अर्को भिडियोमा पनि काम गर्ने निर्देशक पोखरेलले जानकारी दिए । सबैको मिहिनतले तथा सहकार्यका कारण गीतको भिडियो निकै उत्कृष्ट बनेको निर्देशक पोखरेलले बताएका छन् ।