सरकारले नेपालको विषयमा भ्रामक समाचार सम्प्रेषण गर्ने भारतीय मिडियामाथि राजनीतिक र कानूनी उपचार खोज्ने बताएको छ । सञ्चार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले भारतीय मिडियामा आएका समाचारको सरकारले भर्त्सना गर्ने बताए ।
भारतीय टिभीबाट प्रसारित समाचारबारे उनले भने, ‘हाम्रो राष्ट्र, राष्ट्रियता र नेपालीहरुको स्वाभिमानमा आँच पुर्याउने समाचार सम्प्रेषण नगर्न हामी स्वदेशी र विदेशी सबै मिडियालाई आग्रह गछौं । यसको पछाडि कानूनी उपचार खोज्नुपर्ने कुराहरु पनि हुन्छन् । राजनीतिक र कानूनी दुवै उपचार खोज्नुपर्ने हुन्छ ।’
पत्रकारले उनलाई नेपालका प्रधानमन्त्रीबारे भारतीय मिडियाले गरेको दुष्प्रचारका विषयमा प्रश्न गरेका थिए । भारतीय टिभी च्यानललाई रोक लगाउनुपर्ने आवाज उठिरहेको छ, सरकारले के गर्छ भन्ने प्रश्नमा मन्त्री खतिवडाले जवाफ दिएका छन् ।
‘सञ्चारमाध्यमहरु, चाहे नेपालका हुन् वा विदेशी, सबैले स्वच्छ, स्वस्थ र पारदर्शी ढंगले समाचार सम्प्रेषण गर्नुपर्छ भन्ने मान्यता हाम्रो छ । दुर्भावना फैलाउने, चरित्र ह’त्या गर्ने, मानमर्दन गर्ने समाचार तथा विश्लेषणको सरकार भर्त्सना गर्छ । सरकारले मिडियालाई प्रतिवन्ध लगाउनुभन्दा आफू अनुशासनमा बसोस् भन्ने चाहेको छ । कुटनीतिक माध्यमको पनि परिचालन गर्नुपर्ने हुन्छ ।’
यो पनि पढ्नुस्
गएराति सिन्धुपाल्चोकमा बाढी र पहिरोमा परी मृ’त्यु हुनेको संख्या तीन पुगेको छ । बाह्रबिसे नगरपालिका- ५ जम्बुमा स्थानीय याल्मो ठाडो खोलाले ११ वटा घर बगाउँदा तीन जनाको मृ’त्यु भएको हो । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश प्रसाद ढकालका अनुसार स्थानीय २५ वर्षीय निकेश बस्नेत र उनकी ३ वर्षीया छोरीको श’व भेटिएको छ ।
अर्का एक जनाको ठेगाना भने खुलेको छैन् । अन्य १६ जना बे’पत्ता भएको जनाईएको छ । सेना तथा प्रहरीको टोलीले उनीहरुको खोजी गरिरहेको बाह्रबिसे नगरपालिकाका मेयर निम्फुञ्जे शेर्पाले जानकारी दिए । मृ’तक निकेशकी श्रीमती सबिना बस्नेत र स्थानीय सुवेस तामाङ गम्भीर घा’इते भएका छन् ।
सविना बस्नेतलाई भने कैलाश एअरलाइन्सको हेलिकप्टरबाट काठमाडौं पठाएर उपचारार्थ ह्याम्स अस्पताल भर्ना गरिएको छ । अर्का घा’इते तामाङलाई लिन हेलिकप्टर पुनः सिन्धुपाल्चोक पुगेको छ । घा’इतेहरुको उद्धारका लागि गएको हेलिकोप्टर बाढी प्रभावित क्षेत्रमा अवतरण गरेको छ। अहिले उद्धार कार्य जारी छ ।