सिन्धुपाल्चोकमा बाढीमा परी बेपत्ता भएकाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बाह्रबिसे नगरपालिकाका १६ जना र भोटेकोशी गाउँपालिकाका ४ जना बेपत्ता भएका छन् ।
सो नगरपालिकाको अनुसार बेपत्ता हुनेमा भीमबहादुर वाइबा, चिनीमाया वाइबा, लीलामाया वाइबा, पासाङडोल्मा वाइबा, निमाडोल्मा वाइबा, लक्ष्मण वाइबा, सुनमाया वाइबा, जनकबहादुर वाइबा, सविना तामाङ, हिमेश शर्मा, आकाश तामाङ, आकाश केसी, तोकबहादुर तामाङ, युक्तकुमार तामाङ, सुवेस तामाङ र सलिना तामाङ रहेका छन् ।
यसैगरी सो गाउँपालिकाका निमादोर्जे तामाङ, मञ्जु तामाङ, पासाङ नोर्बु तामाङ र सहिल तामाङ छन् । वेपत्ता भएकामध्ये निकेश बस्नेत र उनकी तीन वर्षीया छोरी नियोन बस्नेतको श व फेला परिसकेको छ ।
गम्भिर घाइते भएका ३ जनालाई हेलिकोप्टरबाट उद्दार गरी उपचारको लागि काठमाडौं ल्याइएको छ ।
भिडियो हेर्नुस
यो पनि पढ्नुस
हाम्रो नेपाली समाजमा प्रायः महिलाहको नाक छेड्ने चलन छ । तर महिलाहरुलाई नाक किन छेडिन्छ भन्ने कुराबाट अनबिज्ञ हुन्छन् । यतिसम्मकी नाक छेड्ने स्वयं महिला पनि यस विषयमा अनभिज्ञ हुन्छन् ।
नाक छेड्नुलाई धेरैजसोले श्रृंगारसँग मात्र जोड्ने गर्छन् । तर नाक छेड्नु श्रृंगारसँगमात्र सम्बन्धित छैन, यसको धार्मिक तथा बैज्ञानकि कारण पनि छ जुन यहाँ उल्लेख गरिएको छ :
हिन्दुशास्त्रको पवित्र ग्रन्थ वेदका अनुसार नाक छेड्ने महिलाहरुलाई महिनावारी हुँदा हुने पीडाबाट राहत मिल्छ । प्रसवको समयमा शिशुलाई जन्म दिन पनि सजिलो हुने धार्मिक विश्वास छ ।
त्यस्तै नाक छेड्नाले टाउको दुख्ने वा माइग्रेनको समस्याबाट पनि मुक्ति मिल्ने चिकित्सकहरु बताउँछन् । तर, महिलाले देब्रे नाक मात्रै किन छेड्छन् भन्ने विषय पनि सवैलाई थाहा नहुन सक्छ । यसले प्रजनन अङ्गमा नकारात्मक असर नपर्ने चिकित्सकहरु बताउँछन् ।
महिलाको देब्रे नाकको नशा प्रजनन अङ्गसँग जोडिएको हुने चिकित्सकहरु बताउँछन् । यस्तै बाँया कान छेड्नाले रक्त चापजस्तो समस्याहरुमा पनि कमि आउने बताइन्छ ।