करिब एक बर्ष पछि गायक प्रकाश सपुत नयाँ गीत लिएर दर्शकमाझ आएका छन् । गायक सपुतले नयाँ गीत ‘नमस्कार’ सार्वजनिक गरेका छन् । उनले आफ्नो यो गीतमा कोरोनापछि मानिसले भोगिरहेको अवस्था र सबै मानिस बराबर हुन भन्ने सन्देश दिन खोजेका छन् ।
गीतमा प्रकाशकै शब्द तथा संगीत छ । सार्वजनिक गीतको भिडियोमा प्रकाशको साथमा विराज थापा, किरण मगरको अभिनय हेर्न सकिन्छ । देवेन्द्र बब्लुको निर्देशनमा तयार भएको भिडियोमा प्रविण भट्टको सम्पादन, अनिल के मानन्धरको छायांकन छ ।
लामो समयको लक डाउनको कारण दर्शकमाझ जान नपाएर छटपटीएको एक गायकले आफ्नै वरिपरी देखेको खुशीलाई भिडियोमा चित्रिण गरिएको छ ।
यो पनि पढ्नुस
निरन्तर आएको वर्षासँगै गएको पहिरोले घर बगाउँदा कास्कीमा मृ’त्यु हुनेको संख्या ७ पुगेको छ । शुक्रबार बिहान २ः४५ बजेको समयमा पोखरा महानगरपालिका-१८ सराङकोट गोठादीस्थित आएकाे पहिरोमा परी मृ’त्यु हुनेकाे संख्या ७ भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएकाे छ ।
मृ’त्यु हुनेहरूमा सराङकोटमा ५० बर्षका टंक थापा, उनकी श्रीमती ४५ बर्षीया सोम माया थापा, ११ बर्षका ईश्वरी थापा मगर, ६ बर्षका सुवान थापा र १ जना श्रेष्ठ थरका ब्यक्तिको नाम खुल्न बाँकी रहेको प्रहरीले जनाएकाे छ । अन्य ८ जना घा’इते भएका छन् । उनीहरुको पोखरास्थित मणिपाल अस्पतालमा उपचार भैरहेको छ ।
त्यसैगरी पोखरा महानगरपालिका-२५ हेमजामा रामचन्द्र अधिकारीको घर पहिरोमा पुरिँदा अधिकारीकी आमा ७० वर्षीया भीमकली अधिकारीको घ’टनास्थलमै मृ’त्यु भएको प्रहरीले जनाएको छ । घ’टनामा तीन वटा बाख्रा पनि पुरिएका छन् ।
पोखरा-१८ छोरेपाटन सिमलटुँडामा चन्द्रबहादुर मगरको घर माथिबाट खसेको पहिरोमा परी मगरसहित उनकी श्रीमती शान्ति र छोरा सुशान मगर सामान्य घा’इते भएका छन् ।
अविरल वर्षासँगै पोखराको रामघाटस्थित सेती नदी थुनिँदा सुकुम्वासी बस्ती डु’बानमा परेको र स्थानीयवासीलाई राति नै माइकिङ गरी अन्यत्र सुरक्षित स्थलमा लगिएको जनाइएको छ।