शुक्रबार विहान १ बजे भारतको सीमा रक्षामा खटिएका एक नेपाली गोर्खा सैनिकको भारत-पाकिस्तान सीमामा ज्या’न गएको छ । उनको पाकिस्तानी सेनाले गरेकाे गो’लाबारीमा परि ज्या’न गएको हो ।
गाेरखा घर भएका भारतीय सेनाका हवलदार सम्बर गुरुङको जम्मू–कश्मीरको लाइन अफ् कन्ट्रोल (एलओसी) क्षेत्र नजिक गो’ली लागेर मृ’त्यु भएको भारतीय सेनाले जनाएको छ । गो’ली लागेर गम्भीर घा’इते गुरुङको उपचारको क्रममा मृ’त्यु भएको हो ।
पाकिस्तानले यु’द्धविरामलाई उल्लंघन गर्दै भारतीय सुरक्षाकर्मीलाई गो’लाबारी गरेको भारतीय सेनाको दावी रहेको छ । उनी जम्मू–कश्मीरको रजौरी जिल्लाको नोसेरा क्षेत्रमा भारतीय सीमा रक्षाका लागि खटिएका थिए ।
यो पनि पढ्नुस
निरन्तर आएको वर्षासँगै गएको पहिरोले घर बगाउँदा कास्कीमा मृ’त्यु हुनेको संख्या ७ पुगेको छ । शुक्रबार बिहान २ः४५ बजेको समयमा पोखरा महानगरपालिका-१८ सराङकोट गोठादीस्थित आएकाे पहिरोमा परी मृ’त्यु हुनेकाे संख्या ७ भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएकाे छ ।
मृ’त्यु हुनेहरूमा सराङकोटमा ५० बर्षका टंक थापा, उनकी श्रीमती ४५ बर्षीया सोम माया थापा, ११ बर्षका ईश्वरी थापा मगर, ६ बर्षका सुवान थापा र १ जना श्रेष्ठ थरका ब्यक्तिको नाम खुल्न बाँकी रहेको प्रहरीले जनाएकाे छ । अन्य ८ जना घा’इते भएका छन् । उनीहरुको पोखरास्थित मणिपाल अस्पतालमा उपचार भैरहेको छ ।
त्यसैगरी पोखरा महानगरपालिका-२५ हेमजामा रामचन्द्र अधिकारीको घर पहिरोमा पुरिँदा अधिकारीकी आमा ७० वर्षीया भीमकली अधिकारीको घ’टनास्थलमै मृ’त्यु भएको प्रहरीले जनाएको छ । घ’टनामा तीन वटा बाख्रा पनि पुरिएका छन् ।
पोखरा-१८ छोरेपाटन सिमलटुँडामा चन्द्रबहादुर मगरको घर माथिबाट खसेको पहिरोमा परी मगरसहित उनकी श्रीमती शान्ति र छोरा सुशान मगर सामान्य घा’इते भएका छन् ।
अविरल वर्षासँगै पोखराको रामघाटस्थित सेती नदी थुनिँदा सुकुम्वासी बस्ती डु’बानमा परेको र स्थानीयवासीलाई राति नै माइकिङ गरी अन्यत्र सुरक्षित स्थलमा लगिएको जनाइएको छ।