कान्तिपुर टेलिभिजनबाट प्रशारण हुँदै आएको कार्यक्रम ‘ह्वाट द फ्लप’ मार्फत मधेशी समुदायको मानमर्दन, भावनालाई आ’घात पुर्याउने खालको प्रस्तुति गर्दै आएको आ’रोप सहित संचालक सन्दीप क्षेत्रीवि’रुद्ध उ’जुरी परेपछि उनले माफी मागेका छन् । बिहिबार साँझ प्रसारण भएको कार्यक्रम ‘ह्वाट द फ्लप’ मार्फत आफ्नो कार्यक्रम विशुद्ध मनोरञ्जन र सूचना दिनका लागि निर्माण गरिएको स्पष्ट पार्दै उनले माफी मागेका छन् ।
‘कार्यक्रमलाई यहाँसम्म ल्याइ पुर्याउन तपाईं दर्शकहरुकै सल्लाह–सुझावले काम गरेको छ’ सन्दीपले कार्यक्रममा भनेका छन् ‘तपाईंहरुको सल्लाह र सुझाव अनुरुप नै आफूलाई परिमार्जित गरेर लैजानको निमित्ति ‘ह्वाट द फ्लप’ तथा कान्तिपुर टेलिभिजनका कुनै पनि कार्यक्रम हरदम तयार छन् ।’
‘मैले कार्यक्रममा निर्माण गरेको एक चरित्रबाट एक समुदाय दुःखी भएको खबर थाहा पाउदा म पनि मर्माहत भएको छु’ सन्दीपले कार्यक्रममा अगाडि भनेका छन् ‘त्यो मेरो आफ्नो समुदाय हो । मलाई माया गर्ने मान्छेको मन दुखेको खबर थाहा पाइ सकेपछि मेरो मन दुःख्नु स्वभाविक हो ।’
कार्यक्रम मार्फत कुनै पनि समुदायको मन दुखाउने उदेश्य कहिलै नरहेको बताएका सन्दीपले भने ‘यदि मबाट तपाईंहरुको मन दुखेको छ भने म हाम्रो ‘ह्वाट द फ्लप’ टिम र कान्तिपुर टेलिभिजन माफी माग्न चाहन्छ ।’
यो पनि पढ्नुस
निरन्तर आएको वर्षासँगै गएको पहिरोले घर बगाउँदा कास्कीमा मृ’त्यु हुनेको संख्या ७ पुगेको छ । शुक्रबार बिहान २ः४५ बजेको समयमा पोखरा महानगरपालिका-१८ सराङकोट गोठादीस्थित आएकाे पहिरोमा परी मृ’त्यु हुनेकाे संख्या ७ भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएकाे छ ।
मृ’त्यु हुनेहरूमा सराङकोटमा ५० बर्षका टंक थापा, उनकी श्रीमती ४५ बर्षीया सोम माया थापा, ११ बर्षका ईश्वरी थापा मगर, ६ बर्षका सुवान थापा र १ जना श्रेष्ठ थरका ब्यक्तिको नाम खुल्न बाँकी रहेको प्रहरीले जनाएकाे छ । अन्य ८ जना घा’इते भएका छन् । उनीहरुको पोखरास्थित मणिपाल अस्पतालमा उपचार भैरहेको छ ।
त्यसैगरी पोखरा महानगरपालिका-२५ हेमजामा रामचन्द्र अधिकारीको घर पहिरोमा पुरिँदा अधिकारीकी आमा ७० वर्षीया भीमकली अधिकारीको घ’टनास्थलमै मृ’त्यु भएको प्रहरीले जनाएको छ । घ’टनामा तीन वटा बाख्रा पनि पुरिएका छन् ।
पोखरा-१८ छोरेपाटन सिमलटुँडामा चन्द्रबहादुर मगरको घर माथिबाट खसेको पहिरोमा परी मगरसहित उनकी श्रीमती शान्ति र छोरा सुशान मगर सामान्य घा’इते भएका छन् ।
अविरल वर्षासँगै पोखराको रामघाटस्थित सेती नदी थुनिँदा सुकुम्वासी बस्ती डु’बानमा परेको र स्थानीयवासीलाई राति नै माइकिङ गरी अन्यत्र सुरक्षित स्थलमा लगिएको जनाइएको छ।