दोलखा । जिरी नगरपालिका वडा न. ६ मा संचालन भएको हाटडाडा – घुन्सा सडक स्तरोन्नति कार्यमा लाखौको घोटाला भएको भन्दै स्थानीयले रकम भुक्तानी रोक्का गरिएको छ ।
चालु आ. ब. ०७६/७७ मा जन श्रमदान सहित ४३ लाख २१ हजार २८४ रुपैया बजेट बिनियोजन भएको र हालसम्म २५ लाख मात्र खर्च भई बाकि रकमको किर्ते हस्ताक्षर गरि बिल पास गर्न लागेको भन्दै स्थानीयले नगरपालिकालाई लिखित निबेदन दिएको हो ।
उक्त सडकको नाला भित्रि बाहिरिमा (एक तर्फी) भित्रि मात्र गरिएको र ग्राभलको काम क्वान्टिटी स्टिमेट बिल भन्दा कम गरिएको छ भने प्राबिधिक भुक्तानी बिलमा स्टिमेट बिल भन्दा बढी क्वान्टिटी भएको निबेदनमा उल्लेख गरिएको छ ।
डोर हाजिरी फाराममा सम्पूर्ण कामदारको हाजिरि नगरी अरु व्यक्तिहरुको नाम राखी किर्ते हस्ताक्षर गरेको, स्थानीयले ग्राभल निशुल्क दिएपनि भुक्तानी बिल बनाई पेश गरेको, माटो काट्ने र पुर्ने काम सोलिंगको जग भन्दा कतै नगरिएको उक्त निबेदनमा लेखिएको छ ।
उक्त सडक स्तरोन्नति कार्यको मुल्यांकन गर्नको लागि नगरका प्राबिधिक तर्फ इन्जिनियर खगेन्द्र जिरेल सहितको टोलि रहेको उप मेयर कृष्णमाया बुढाथोकीले जानकारी दिईन ।
उपमेयर बुढाथोकीका अनुसार स्थानीयको निबेदन परेपछि छानबिन समिति गठन गरि यथार्थ कुराको प्रतिबेदन समितिले नगरमा बुझाएको र उक्त प्रतिबेदन उपर छलफल चलीरहेको बताइन ।