नेपालमा भारतीय च्यानल बन्द भएको बिषयमा भरतपुर अस्पतालमा कार्यरत एक चिकित्सकले आ’पत्तिजनक अभिव्यक्ति दिएको भिडियो सार्वजनिक भएको छ । अस्पतालको मेडिसिन विभागमा कार्यरत डाक्टर ऋतुराज तिवारीले नेपालमा भारतीय समाचार च्यानल बन्द भएपछि एक आपत्तिजनक भिडियो रेकर्ड गराएका थिए । उनको अभिव्यक्तिबारे प्रहरीले छानविन थालेको छ ।
सार्वजनिक उक्त भिडियोमा डा. तिवारीले अश्लील शव्द प्रयोग गर्दै हिन्दी भाषामा भारतले सीमा बन्द गरिदिए ‘ ….खान्छौ नेपाली ? तिमीहरुलाई चीनले ‘ दिन्छ की, जापानले दिन्छ ? भन्दै अ’श्लील शब्द प्रयोग गरेको पाईएको छ । सरकारी अस्प्तालको चिकित्सकले यसरी दिएको अभिव्यक्ति दिएको बारे सोधपुछका लागि चितवन प्रहरीले उनलाई कार्यालय बोलाएको छ ।
जिल्ला प्रहरी कार्यलय चितवनका अनुससार अहिले डा। तिवारी माथि सोधपुछका काम भईरहेको छ । उनको अभिव्यक्तिमाथि साइबर क्रा’इमको मु’द्दा पनि चल्न सक्ने वा नसक्ने भन्ने बिषयमा केहि भन्न नसकिने प्रहरीको भनाइ छ।
भरतपुर अस्पतालका बरिष्ठ चिकित्सकहरुले पनि उनको यो हर्कत चिकित्सा जगतको मर्यादा र देशप्रेम भन्दा फरक भएकाले कारवाही गरिनु पर्ने मनशाय व्यक्त गरेका छन् । यसैबीच उनले आफ्नो फेसबुकमा एक स्ट्याट्स पोष्ट गर्दै आफुले राखेको भिडियोप्रति माफी मागेका छन् ।
यो पनि पढ्नुस्
लगातारको वर्षापछि देशका विभिन्न भूभागमा आएको बाढी—पहिरोमा परेकाहरूलाई सरकारले तत्कालै उद्धार तथा राहत प्रदान गर्ने निर्णय गरेको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको राष्ट्रिय विपद व्यवस्थापन परिषदकाे बैठकले देशका उक्त निर्णय गरेको हो । विभिन्न ८ जिल्ला अहिले बाढीपहिरोबाट बढी प्रभावित भएको निष्कर्ष निकाल्दै बैठकले उद्धार, राहत तथा पुर्नस्थापनाका काम गर्ने निर्णय गरेको हो ।
स्रोतका अनुसार बाढी—पहिरोबाट प्रभावितलाई तत्कालै उद्धार गरी राहत र पुनस्र्थापनाका काम अघि बढाउन सरोकारवालहरुसँग समेत छलफल भएको छ । जोखिममा रहेका तथा विस्थापनमा परेकाहरुलाई तत्कालका लागि उद्धार गरी सार्वननिक विद्यालय भवन वा अन्य पायक पर्ने भवनहरुमा पुनस्र्थापना गर्नेबारे छलफल भएको जनाइएको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका साथै मन्त्रीहरू र सुरक्षा निकायका अधिकारीहरु रहेको जनाइएको छ ।