नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रियताको नारा कागजी बाघ मात्र भएको जिकिर गरेका छन् । गण्डकी प्रदेशका कांग्रेस नेता कार्यकर्ताहरुसंगको अर्चुअल बैठकमा नेता पौडेलले राष्ट्रियताको मु’द्दालाई ओलीले कागजी बाघ मात्र बनाएको बताए ।
उनले प्रधानमन्त्री ओलीले राष्ट्रियतालाई कागजी बाघ बनाएकाले नेपाली भूमि फिर्ता गर्न नसक्ने दावी गरेका छन् । उनले वार्ता गर्ने बेलामा गा’ली ग’लौ’जमा उत्रिएर भारतसंगको वार्ताको वातावरण विगारेको आ’रोप समेत लगाएका छन् । वरिष्ठ नेता पौडेलले कम्युनिष्टहरुको राष्ट्रियता मात्र नभएर समाजवाद पनि कागजी बाघ भएको बताए ।
उनले कम्युनिष्टहरुले भन्ने समाजवाद, समानता तर काम भने भ्रष्टाचार गरेर नयाँ वर्ग जन्माउने गरेको बताए । पौडेलले गरिबी, अशिक्षा, तथा महामारी रोक्न कम्युनिष्ट सरकार असफल भएको दावी पनि गरे । कम्युनिष्टहरुले जनतालाई झु’क्याउने अनि सत्ता ह’त्याउने जालझेल भन्दा अरु कुनै काम गर्ने ढंग नभएको पौडेलको भनाइ थियो ।
यो पनि पढ्नुस्
२०७५ माघमा संयुक्त अरब इमिरेट यूएईमा समातिएका साढे ३३ किलो सुन प्रकरणका एक आरोपीलाई नेपाल ल्याइएको छ । आवश्यक कानूनी प्रक्रिया पूरा गरी यूएईमा समातिएका हरिशरण खड्कालाई शनिबार नेपाल ल्याइएको हो ।
३३ किलो सुन प्रकरणमा खड्कासहित १२ जनाविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)मार्फत रेड कर्नर नोटिस जारी भएको थियो । काठमाडौं ल्याइएका खड्कालाई गौशाला प्रहरीको जिम्मा लगाइएको बताइएको छ ।
२०७३ पुस २१ गते केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बरामद गरेको साढे ३३ किलो सुन प्रकरणमा पनि खड्का मुछिएका थिए । अनुसन्धानकर्ताहरुका अनुसार उनले नेपालमा रहेका सुन व्यवसायीसँग मिलेर दुबईबाट सुन पठाउने काम गर्दै आएका थिए ।
उच्च स्तरीय सुन अनुसन्धान समितिका अनुसार पछिल्ला वर्षहरुमा उनले मोरङ, उर्लाबारीका चुडामणि उप्रेती उर्फ ‘गोरेमार्फत सुन नेपाल भित्र्याउँदै आएका थिए ।
काभ्रे घर भएका खड्का एक दशकयता यूएईमै बस्दै आएका थिए । खड्कालाई नेपाल ल्याइएसंगै सामसुम भइसकेको झै बनेको साढे ३३ किलो सुन प्रकरण पुनः चर्चामा आएको छ ।