कोरोना भाइरसको महामारी फैलिएसँगै बन्द रहेको पशुपतिनाथ मन्दिर दर्शनका लागि खुला गर्ने गरी तयारी गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएका हुन् ।
अब मुलुक बिस्तारै कोभिड-१९ को त्रा’सबाट माथि उठ्दै गरेको र सार्वजनिक सवारी साधन पनि चल्न थालेको अवस्थामा निश्चित समयसम्म स्वास्थ्य सुरक्षासम्बन्धी प्रोटोकल बनाएर पशुपतिनाथको दर्शन खुला गर्ने गरि तयारी शुरु गर्न मन्त्री भट्टराईले निर्देशन दिएका छन् ।
मन्त्री भट्टराईले आइतबार कोषमा समक्षिा बैठक आयोजना गरेका थिए । बैठकमा उनले पशुपति दर्शनको तयारी शुरु गर्न निर्देशन दिएका हुन् । पशुपतिनाथ मन्दिरमा १० चैतपछि नियमित पूजा बन्द गरिएको छ । सन्ध्या आरती समेत बन्द रहेको छ ।
सरकारले कोरोना फैलन नदिन ११ चैतबाट लकडाउन शुरु गरेको थियो । अहिले लकडाउन खुकुलो पारिएको छ । सरकारले सार्वजनिक यातायात समेत खुला गर्ने निर्णय गरिसकेको छ ।
यो पनि पढ्नुस्
तत्कालिन समाजवादी पार्टीबाट कारवाहीमा परेकी नेतृ सरिता गिरीले पार्टीको विरुद्धमा सर्वोच्चमा रिट दायर गरेकी छिन् । कारवाहीमा परेपछि आज उनले अदालतमा रिट दायर गरेकी हुन् । उनले तत्कालिन समाजवादी पार्टी, हालको जनता समाजवादी पार्टी, प्रतिनिधिसभा, संसद सचिवालय, निर्वाचन आयोगलाई विपक्षी बनाएर रिट दायर गरेकी हुन् ।
समाजवादी पार्टीको केन्द्रीय समितिबाट हुनुपर्ने निर्णय पार्टीको कार्यकारीणी कमिटीबाट गरेर कारवाही गरेको उनले आरोप लगाएकी छिन् । आफूलाई कारवाही गरेको निर्णय नै अवैधानिक रहेको उनको जिकिर छ । नयाँ नक्सा अनुसार नेपालको निशान छापलाई संशोधन गर्न बनेको विधेयकको फिर्ता लिन सांसद गिरीले संसद सचिवालयमा प्रस्ताव दर्ता गराएकी थिइन् ।
सो प्रस्ताव फिर्ता लिन पार्टीका संसदीय दलले निर्देशन दिए पनि उनले फिर्ता लिएकी थिइनन् । उल्टै विधेकमाथि चुनाव भएको दिन संसदको बैठक नै बहिष्कार गरेर निष्केकी थिइन् । उनले पार्टीलाई सन्तोषजनक जवाफ नदिएको भन्दै पार्टीले उनलाई पार्टीको साधारण सदस्य तथा संसद पदबाट समेत बर्खास्त गरी कारवाही गर्ने निर्णय गरेको थियो ।