पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण पाँच सय जनाको मृ’त्यु भएको छ । भारतमा कोरोना भाइरस (कोभिड–१९) को कारण मृ’त्यु हुनेको संख्या २३ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण २३ हजार १७४ जनाको मृ’त्यु भएको छ ।
त्यस्तै, भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या आठ लाख ७८ हजार २५४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका २८ हजार ७०१ नयाँ संक्रमित थपिएका छन् । भारतमा पछिल्लो केही दिनयता एकैदिन थपिएका कोरोना संक्रमितको संख्याले निरन्तर नयाँ रेकर्ड राख्दै आएको छ । अहिलेसम्म भारतमा पाँच लाख ५३ हजार ४७१ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।
यो पनि पढ्नुस्
तत्कालिन समाजवादी पार्टीबाट कारवाहीमा परेकी नेतृ सरिता गिरीले पार्टीको विरुद्धमा सर्वोच्चमा रिट दायर गरेकी छिन् । कारवाहीमा परेपछि आज उनले अदालतमा रिट दायर गरेकी हुन् । उनले तत्कालिन समाजवादी पार्टी, हालको जनता समाजवादी पार्टी, प्रतिनिधिसभा, संसद सचिवालय, निर्वाचन आयोगलाई विपक्षी बनाएर रिट दायर गरेकी हुन् ।
समाजवादी पार्टीको केन्द्रीय समितिबाट हुनुपर्ने निर्णय पार्टीको कार्यकारीणी कमिटीबाट गरेर कारवाही गरेको उनले आरोप लगाएकी छिन् । आफूलाई कारवाही गरेको निर्णय नै अवैधानिक रहेको उनको जिकिर छ । नयाँ नक्सा अनुसार नेपालको निशान छापलाई संशोधन गर्न बनेको विधेयकको फिर्ता लिन सांसद गिरीले संसद सचिवालयमा प्रस्ताव दर्ता गराएकी थिइन् ।
सो प्रस्ताव फिर्ता लिन पार्टीका संसदीय दलले निर्देशन दिए पनि उनले फिर्ता लिएकी थिइनन् । उल्टै विधेकमाथि चुनाव भएको दिन संसदको बैठक नै बहिष्कार गरेर निष्केकी थिइन् । उनले पार्टीलाई सन्तोषजनक जवाफ नदिएको भन्दै पार्टीले उनलाई पार्टीको साधारण सदस्य तथा संसद पदबाट समेत बर्खास्त गरी कारवाही गर्ने निर्णय गरेको थियो ।