नेपाली सीमामा भारतद्वारा निर्मित सडक, बाँध र तटबन्ध तत्काल हटाउन पहल गर्न सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले भारतले एकतर्फी रुपमा बाँध, सडक, तटबन्ध निर्माण गर्दा तराईका जिल्ला डु’बानको ख’तरामा परेको निष्कर्ष निकाल्दै यस्तो निर्देशन दिएको हो ।
गत वर्ष, गत जेठ १६ गते र सोमबार समितिले सरकारलाई अन्तर्राष्ट्रिय कानुन र मूल्य मान्यता विपरीत सीमा क्षेत्रको रहेका वस्ती, सडक, बाँध र तटबन्धलाई हटाउन तत्काल आवश्यक पहल गर्न निर्देशन दिएको छ । सोमबार बैठकको निर्णय सुनाउँदै सभापति शशी श्रेष्ठले विगतका निर्देशन कार्यान्वयन गर्न पनि निर्देशन दिएकी छिन् ।
यो पनि पढ्नुस्
मुमाराम खनाल र डा. सूर्यराज आचार्य साझा पार्टीबाट अलग्गिएका छन् । पार्टी निर्माण प्रक्रियाबारे सहमति जुट्न नसकेपछि प्रवक्ता डा. आचार्य र केन्द्रीय सदस्य खनाल पार्टी संगठनबाट अलग भएका हुन् । पार्टी केन्द्रीय समिति बैठिकमा आइतबार पार्टी भंग गरेर नयाँ संरचना अनुसार अगाडि बढ्नुपर्ने प्रस्ताव राखेसँगै उनीहरुले पार्टी छोडेका हुन् ।
नेता खनालले पार्टी पात्र भन्दा पनि सानो भएकाले बाहिर बसेरै साझाको अभियानलाई सहयोग गर्ने बताए । बैठकमा पार्टी प्रवक्तासमेत रहेका सचिवालय सदस्य सूर्यराज आचार्यले पार्टी भंग गरेर नयाँ ढंगले अगाडि बढ्नुपर्ने प्रस्ताव पेश गरेका थिए । उनको प्रस्तावमा अर्का सचिवालय सदस्य खनालले समर्थन जनाएका थिए ।
पार्टीमा संयोजक रवीन्द्र मिश्रको कार्यशैलीप्रति चर्को मतभेद रहेको छ । अहिलेको पार्टी भंग गरेर विवेकशील, साझासँगै रमेश खरेलसहित बृहत समूहलाई समेत समेटेर नयाँ पार्टी बनाउनुपर्छ भन्ने प्रस्ताव आचार्यको थियो । उता संयोजक मिश्रले भने साझा पार्टीसँग मात्र एकता गरेर अगाडि बढ्ने तयारी गरेपछि खनाल र आचार्यले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।