चलचित्रकर्मीमाथि लक्षित गरी गा’लीग’लौज र अ’श्लिल प्रतिक्रिया आएकोमा संवेदनशिल भएको जनाउँदै नेपाली चलचित्र उद्योगसँग सम्बन्धित विभिन्न ७ संगठनहरुले संयुक्त वक्तव्य जारी गरेका छन् ।
यस्ता प्रतिक्रिया नरोकिएमा नेपालबाट आएको भए नेपालको साइबर कानुन र विदेशबाट आएको भए परराष्ट्र मन्त्रालयमार्फत कारवाहीको प्रक्रिया अगाडि बढाउने चे’तावनी समेत दिएका छन् ।
नेपाल चलचित्र संघ, नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र निर्माता संघ, नेपाल चलचित्र प्राविधिक संघ, नेपाल चलचित्र निर्देशक समाज, नेपाल चलचित्र द्धन्द्ध संघ, नेपाल चलचित्र नृत्य संघले संयुक्त विज्ञप्ती जारी गर्दै यस्तो चे’तावनी दिएका हुन् ।
विज्ञप्तीमा चलचित्रकर्मी र दर्शकविच अन्योन्याश्रित सम्बन्ध रहेपनि कुनै एक पक्षबाट शिष्टताको पराकाष्ट नाघेमा काुनी उपचारमा जानु वाध्यकारी हुन्छ भनिएको छ ।
विज्ञप्तीमा भनिएको छ– ‘सबैलाई अभिव्यक्ति स्वतन्त्रता संविधानले दिएको छ । अभिव्यक्त गर्न पाउनु व्यक्तिको अधिकार हो । अभिव्यक्ति स्वतन्त्रताको नाममा कसैको मानमर्दन हुनु, अ’श्लिल आ’क्षेप लगाउनु, व्यक्तिगत चरित्र ह’त्या गर्नु, कसैको पनि अधिकार छैन । यस किसिमको हर्कत निन्दनिय मात्र होइन, अक्षम्य पनि हुन्छ ।’