प्राचीन इतिहास र जिरेलको परिभाषा :
इतिहासमा जिरेल समुदायको खासै प्रमाणिक रुपमा उल्लेख नपाइएतापनि ऐतिहासिक सामाग्रीको अध्ययनमा उपत्यकाका महिषपाल वंशका राजा भुवनसिंहलाई युद्धमा परास्त गरेर प्रथम किरात राजा यलम्बरले किरात शासनको स्थापना गरी करिब आठ सय वर्षसम्म राज्य गर्ने किरात राजाहरु कै सन्तान हुन “जिरेल” । अर्को शव्दमा भन्नु पर्दा नेपालको जनकपुर अञ्चल दोलखा जिल्ला जिरी गाउँ विकास समितिमा प्राचीनकाल देखि बसोवास गर्दैं आएका एक आदिवासी मंगोल समुदायको नाम “जिरेल” हो । किनकी जिरेलको छुट्टै आफ्नो विशिष्ट एवं मौलिक सांस्कृतिक रीतिरिवाज, भाषिक पहिचान सहितको परम्परा, आफ्नो परम्परागत भौगोलिक क्षेत्र, लिखित वा अलिखित इतिहास रहेकोछ ।
अठ्ठाइसौं किरात राजा पटुकका छोरा अन्तिम किरातवंशका राजा गस्तीलाई युद्धमा परास्त गरे पश्चात पछिका किरात शासकहरुले पूर्वी नेपालको “तामाकोशी र अरुण नदी” का बीचमा छुट्टै किरात राज्यको स्थापना गरे त्यसलाई “किरात प्रदेश” भनियो । किरात प्रदेश पनि नेपाल अधिराज्य भित्रै पर्दथ्यो र सामन्तका रुपमा शासन गर्ने राजा मानदेवको समयमा पूर्वका यी किरातहरुले उनलाई टेर्न छाडेपछि उनीहरुमाथि कार्वाही गरी पछिल्ला किरात राजाहरु कमजोर भएको कारण विस्तारै राज्यशक्ति लिच्छविहरुको हातमा पर्न गयो । तर त्यसवेला किराँतहरुले राखिएको किराँत प्रदेश भित्रका विभिन्न स्थानहरुको नाम अझैसम्म पनि कायम रहि आएको छ ।


पहिलो जिरेल चलचित्र समय बाट लिएको तस्बिर
जस्तैः किराँती छाप (पैसा छाप्ने टक्सार), खिम्ती, किराँती थुर्सा (किराँतीहरु गाडिएको च्यान), किराँती खासा आदि । साथै कुनै पनि किरातले आफूलाई किरात भनाएर गौरव महसुस गर्ने गरेको इतिहास छैन । किनभने कथित् आर्यहरु गाई–वस्तुको गोठ सार्दै डुल्ने क्रममा यस भारतीय उपमहाद्धीपमा ई.पू. ३००० तिर भित्रिएका थिए र तिनीहरु नफर्की यतैतिर घरजम गरी आदिवासीहरुको जमिन, स्त्री र पशुधन लुट्न थालेकाले यस आक्रमण कार्यलाई डटेर प्रतिरोध गर्ने रैथानेहरु मध्ये एक प्रमुख जाति किरात भएकोले आर्यहरुद्धारा रचित प्राचीन संस्कृत साहित्यमा उनीहरुको कवाफमा हड्डी बनेका परम् शत्रु किरातलाई शुद्र, राक्षस, नेप्टे, अछुत, असभ्य आदि बग्रेल्ती गाली गलौजका शब्दहरु जन्माएर उछित्तो काढिएका छन् ।
त्यसैले वल्लो–पल्लो किरात प्रदेशका किरातहरु आफू खाटी यलाखोम किरात राजवंशी हुँदाहुँदै पनि त्यसरी आगन्तुक आर्यद्धारा सत्तोसराप र घृणा गरिएको किरात नाम लाई धारण गर्न हिच्किचाएर आ–आफूलाई सम्मान अर्थी नाम वा अनेक उपथर नाम लिएर कुनै कालखण्डमा सभ्यता सूचक किरात मूल नामबाट लोप हुन गए । विभिन्न थर उपथर भनाएर वल्लो–पल्लो किरातका युवाहरु उनीहरुको पूर्खाले यलाखोम छाडी गएको लगभग १,७०० वर्षपछि अर्थात १७५७ ई. तिर फेरी आफ्नै पैत्रिक थलोमा टेक्न आईपुगेका थिए । गोर्खाका राजा पृथ्वीनारायणको साम्राज्य विस्तारको अभियानमा काठमाडौंका मल्ल राजा जयप्रकाशले गोर्खाली सम्भावित आक्रमणको प्रतिरोध गर्न किरात मित्रराज्यहरुबाट युद्ध सघौनीस्वरुप ठूलो किरात फौज झिकाई सामरिक महत्वको अग्लो कीर्तिपुर बस्ती सहितको किल्लामा तैनाथ राखेर दुईवटा प्रचण्ड चढाइँलाई निष्फल तुल्याए ।
तर पछि आत्मसमर्पणको नाटक रची किरातहरुको ओठसहितको नाक काटेर गोर्खालीले बदला चुकाए र कीर्तिपुरमा रगत बगाउने ती वीर योद्धाहरुको थर–उपथरबाट उनीहरुलाई किरात हुन् भनी चिन्न नसक्दा इतिहासकारहरुले ‘भोटे’ र वंशावलीकारहरुले “हिन्दुस्तनतिरबाट झिकाइएका ‘नागाजाति’ का सिपाहीहरु” भनेका थिए । ति विविध युद्ध भूमीको मैदानहरुबाट छरिएका किराँतहरु विभिन्न थर उपथरहरुमा विभाजित भएर जिरी सिक्रीमा वस्ने जिरेल र सुरीमा वस्ने सुरेल थरले परिचित हुन पुगे । जिरीका जिरेलहरुसँग भएको धेरै वर्ष पुरानो धनुवाणको तीर र छेक्ने गैँडाको छालाको ढाल हेर्दा पनि जिरीका जिरेल किराँतहरुले त्यसवेला आफ्नो क्षेत्रमा युद्ध हुँदा लडाइँमा सहभागी भएको प्रमाणित हुन आउँछ । जिरीमा वस्ने जिरेलहरु आदिमकालदेखि नै जिरीबाट जुँगु, क्षेत्रपा, काब्रे, झ्याँकु, ठूलोपातल गाउँ विकास समिति र सिन्धुपाल्चोक जिल्लाको चोकटी, कर्थली, घोर्थली गाउँ विकास समितिहरु लगाएत देशको विभिन्न भागमा छरिएर बसोबास गर्दै आएको तथ्य सरकारी आँकडाले पनि देखाएको छ ।
जिरेलहरु प्राचीन समय देखिकै एक आदिवासी मंगोल हुन् ।
यहाँ हालसम्म पनि जातको शाव्दीक अर्थ खोज्नले अझै सम्म पनि जिरेल भनेको के हो ? कस्ता जात हुन् ? भनेर भ्रमपूर्ण प्रश्न गरेको हुँदा प्रश्नाको सही उत्तर दिन नसकिएको कारण धेरै जिरेलहरुले स्वजात जिरेल नलेखाई सबैले चिनेजानेका अन्य थर लेखाई आफ्नो परिचय दिएको पाईन्छ । साथै राज्यको सरकारी नोकरीमा समेत सहभागी नगरएर अन्य थर लेख्न बाध्य भएको छ । यस प्रचालनबाट जिरेल समुदायको जनसंख्यामा ठूलो ह्रास आएको छ र हाल जिरेल अल्पसंख्याक अवस्थामा छन् भने जिरेलको भाषा, संस्कृति, रीतिरिवाज, परम्परा आदि लोपउन्मुख अवस्थामा रहेको छ । जिरेलहरुको आफ्नै मातृभाषा (जिरेल भाषा) छ । यो भाषा भोट–बर्मेली भाषा परिवार भित्र पर्दछ । आफ्नो मातृभाषा प्रति जिरेलहरुको अगाध माया छ र प्रत्येक परिवारमा जिरेल भाषा बोल्छन् र जान्दछन् पनि । जिरेलहरुको कूल देवता मान्ने थर विशेष आ–आफ्नो छुट्टा छुट्टै संस्कार तथा परम्परा छ । त्यसकारण जिरेल भित्रै पनि विविधतामा एकता पाईन्छ ।
नेपालको सर्वप्राचीन जाति किराँतलाई आफ्नो पूूर्खा मान्ने आदिवासी जिरेल पनि एक उपेक्षित, उत्पीडित तथा अल्पसंख्याक आदिवासी हो । राई, लिम्वु, सुुनुवार, हायु, सुुरेल जस्तै जिरेल पनि किराँतहरुकै सन्तान हो अर्थात जिरेलहरु किराँत वंशलाई आफ्नो पूूर्खा मान्दछन् । जिरेलहरुलाई शेर्पाहरु जिर्पा वा जिर्वा पनि भन्दछन् । शेर्पा भाषामा जिर्पा (जिरी+वा) भन्नले जिरीका मानिस भन्ने बुझिन्छ ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिस्ठानको एक कार्यदलले २०५८ सालको राष्ट्रिय जनगणना अनुसार केन्द्रीय तथ्याङ्क विभागलाई आधार बनाएर तत्कालीन श्री ५ को सरकारको राजपत्रमा उल्लेखित ५९ आदिवासी जनजातिहरुको वर्गिकरण गरी नेपाल आदिवासी जनजाति महासंघको मिति २०६० फाल्गुन १८ गते बसेको संघीय परिषद्को बैठकद्धारा अनुमोदन गरि जिरेललाई सुविधावन्चित समूहमा राखिएको छ । वास्तवमा जिरेल समुदायकोे उत्थान तथा विकास र भाषा, संस्कृति, रीतिरिवाज, परम्परा आदिको संरक्षण, सम्बद्र्धनको लागि समयमै नसोच्ने हो भने जिरेल समुदाय लोप हुने सम्भावना छ ।
संस्कृति तथा रीतिरिवाज
बहुधार्मिक तथा बहुसंस्कृतिक देश नेपालमा विभिन्न समुदायहरुको आ–आफ्नो छुट्टा–छुट्टै रीतिरिवाज र सामाजिक संस्कारहरु छन् । त्यसैगरी जिरेल समुदायको पनि आफ्नो छुट्टै किसिमका रीतिरिवाज र सामाजिक संस्कार छन् । जुन आजसम्म पनि जिरेलहरुले मान्दै आएका छन् । जिरेलहरु मंगोल मूलको भए पनि गाईको मासु खाँदैनन् । थर विशेषमा कुनै थरकाले बंगुरको मासु खान हुन्छ भने कुनै थरकाले खाँदैनन् । राँगा, भैसीको मासु देप्पा थरका जिरेलहरु आफ्नो कूलपूजा गर्दा नाक्सुम्मा पसेकाहरु र जिरेल झाँक्रीहरुले मात्र खाँदैनन् ।
असारमा कोदो रोप्दा “पोल्दक” खाने गर्नु जिरेलहरुको छुट्टै परम्परा हो । जिरेल वस्तीहरुमा रोग व्याधी नफैलिउन्, शत्रु नलागुन् तथा खेतीपाती, पशुपालन राम्रो होस् भनी कूल देवताको रुपमा “ल्हा”, छ्योमु”, “च्येन”, “काङ्सो”, “हृयूल्सा”, “सन्चारी”, “नाङ्गी ल्हा”, “चेरम्जो”, “बजुदेव” को पूजा गर्ने गर्दछन् र लुङ्तर हाल्ने, दोमक पढ्ने तथा फिर्के थाप्ने गर्दछन् । वैवाहिकमा फुपुचेला–मामाचेला नचल्नु, भाई–बुहारीलाई छुन नहुनु तथा भाउज्यूलाई राख्न नहुनु आदि जिरेलहरुको जातीय सामाजिक संस्कारहरु हुन् ।
जिरेल समाजमा विभिन्न सामाजिक संस्कारहरु गर्ने प्रचलन छ । जस्तैः जन्म (न्वारान), पास्नी, छेवर, विवाह र दाहसंस्कार (मृत्यु संस्कार) । यस समुदायमा ब्रतवन्ध गर्नु पर्दैन । यी माथिका संस्कारहरु गर्दा जिरेलहरु आफ्नो गच्छे अनुसार गर्दछन् भने कतिपयले यी संस्कार सम्पन्न गर्न ऋण पनि लिनु पर्ने हुन्छ । हुन त समयको परिवर्तनसँगै यी विभिन्न संस्कारहरुमा पनि परिवर्तन आइसकेका छन् । आजको वैज्ञानिक युगमा कतिपयले यस्ता कुरामा विश्वास गर्दैनन् तर पनि नेपालको परिप्रेक्ष्यमा हेर्दा कुरा एक थरिको गरे पनि व्यवहारमा संस्कृतिलाई त्यति छोडिसकेको भने पाईदैन ।


पहिलो जिरेल चलचित्र समय बाट लिएको तस्बिर
जिरेलहरुको आफ्नै जातीय संस्कारहरु छन् । हुन त जिरेल समाजमा पनि अन्य हिन्दूहरुले गर्ने संस्कारहरु पनि गर्छन् तर संस्कार गर्ने विधि भने अलि फरक नै छ र संस्कारहरु गर्ने तरिका आफ्नै किसिमको छ । जिरीका जिरेलहरु सामाजिक संस्कार गराउन “फोम्बो”, “लामा” र “ब्राम्हण” तीनै थरी प्रयोग गरे पनि विभिन्न संस्कारमा छुट्टा छुट्टै पुरेत्याइँको प्रयोग हुन्छ । जिरेलको जन्म, न्वारण, पास्नी, छेवर, विवाह आदिमा फोम्बोको प्रयोग हुन्छ भने मृत्युसंस्कार गर्दा लामाको प्रयोग गर्दछन् । त्यस्तै अन्य पूजा आजा, सत्यनारायणको पूजा आदि जस्ता सामाजिक संस्कार गराउँदा भने ब्राम्हण पुरोहितको प्रयोग गर्दछन् । तर जिरेलको कूल पुरोहित फोम्बोलाई नै मानिन्छ ।
प्रत्येक मानिसको जीवनचक्र जन्मबाट नै शुरु हुन्छ र सामाजिक संस्कार पनि जन्मबाट नै शुरु हुन्छ । जिरेल समाजमा पनि गर्भवती महिलाई आराम गर्नु पर्ने, माईतीमा भरसक सुत्केरी हुन दिनु हुँदैन भन्ने धारणा पाइन्छ । सुत्केरी हुनु भन्दा १÷२ महिना अघि देखि नै अन्नलाई कुहाएर जाँड बनाएको हुन्छ र कुखुराको बन्दोवस्त पनि गरिएको हुन्छ । सुत्केरी महिलालाई खसी, बोका र कुखुरा काटी १०÷१५ दिन सम्म खुवाईन्छ । कोदोको छिप्पिएको जाँडमा विभिन्न मसला राखी झाँनेर खुवाउने चलन छ । सुत्केरी महिलालाई नचोखिन्जेलसम्म छोईछाई नहुने गरी छुट्टै राखिन्छ ।
सुत्केरीलाई पानी र घरका अरु चीजहरु छुन निषेध गरिएको हुन्छ । सुतक नचोख्याउञ्जेल सम्म खेतीपातीको काम घरमा मात्र नभएर अन्य दाजूभाई (सन्तान) को घरमा पनि गर्नु हुँदैन । यदि त्यस्तो समयमा खेतीको काम गरेमा माटोको उर्वरा शक्ति घट्नुका साथै वालीनाली पनि सुक्छ (मर्छ) भन्ने विश्वास गरिन्छ । साथै सुतक परेको समयमा नचोख्याउञ्जेल देवकार्य अर्थात पूजा आजा पनि चल्दैन । जिरेल समाजमा छोरा र छोरीमा भेदभाव नहुने हँुदा छोरा जन्मँदा खुशी र छोरी जन्मँदा मन खिन्न गरिदैन । साथै महिलाहरु सुत्केरी हँुदा प्रायः गाउँकै छर छिमेकीको सहायता लिने गर्दछन्, तर आजकल जिरेलहरु सचेत भएका कारण सुत्केरी हुने वेलामा अस्पताल पु¥याउने गरेको पनि पाइन्छ । जिरेल समुदायमा सुत्केरी महिलाई खासै माईत पठाउने चलन छैन तर माइतिले सुत्केरी चेलीलाई केही पौष्टिक खानेकुरा पु¥याई दिने चलन वा रीति छ । कसैकसैले सुत्केरी चेलीलाई माईतिमा लगेर १–२ महिना ख्वाएको पनि पाईन्छ । जिरेलको प्रायः कुण्डली बनाउने चलन छैन तर कोहीले आफ्नो छोरा छोरीको जन्म कुण्डली बनाएको पाइन्छ ।
जिरेल समुदायको बच्चा जन्मेको सातौं दिनमा सुत्केरीले नुवाईधुवाईगरी घर लिपपोत गरेर, घरमा विभिन्न किसिमका धुपहरु मछिनु, तितेपाती, सल्ला, धुपी, लगायत १२ थरिका हरियो घाँसको मुठा (जसलाई सासीङ् भनिन्छ) अँगेनुमा बालेर धुवाँ लगाईन्छ । गाईको गहँुत छर्केपछि घर तथा सुतक चोखिन्छ । खेतीपातीको काम फुक्छ । त्यसपछि फोम्बोको उपस्थितिमा नाम राख्ने वा न्वारान गर्ने काम हुन्छ । बच्चाको नामकरण गर्दा पात्रो हेरेर, ग्रह नक्षत्रको स्थिति हेरेर नाम राख्ने गरिन्छ । जिरेल समाजमा छोरा जन्मे भाले र छोरी जन्मँदा पोथी कुखुरा काट्ने चलन छ । न्वारानको दिनमा नातेदारहरु र छिमेकीहरुलाई पनि बोलाइएको हुन्छ । उपस्थित आफन्तहरुले बच्चाको मुख हेरी केही रुपैयाँ पैसा र कसैले उपहार पनि दिने गरिन्छन् । त्यसपछि पाहुनाहरुलाई जाँड, मासु भात आदि भोज खुवाई विदा गरिन्छ ।
पास्नीलाई अन्नप्रासन र भात खुवाई पनि भनिन्छ । यो संस्कार गर्दा बच्चा जन्मिएको ६ महिनामा प्रथम पटक भात खुवाउने कार्य गर्नु नै भात खुवाई अर्थात पास्नी हो । जिरेल समाजमा यो संस्कार प्रचालनमा भए पनि अनिवार्य चाहिँ मानिदैन । कसैकसैले औपचारिक रुपमा मात्र साधाराण तवरसँग पास्नी गर्दछन् भने कसैकसैले धेरै खर्च गरेर धुमधामसँग गर्दछन् । जिरेलहरुको छोरा भए ७ महिनामा र छोरी भए ६ महिनामा पास्नी गरिन्छ ।
पास्नी गर्दा फोम्बोको आवश्यकता पर्दैन । पास्नी गर्दा बच्चाको आमाले अलिकति मासुभात आफूले चपाएर उक्त चपाएको जुठो भात बच्चाको मुखमा हालि दिएपछि पास्नी शुरु हुन्छ । यो बच्चा जन्मे पछिको पहिलो पटक मुखमा भात पर्ने दिन हो । त्यसपछि अन्य आमन्त्रित नातेदार, पाहुना, साथीभाईहरुले पनि बच्चालाई भात खुवाई दिन्छन् । त्यसपछि बच्चालाई टिका लगाई दिई सबैले रुपैयाँ, पैसा, लुगा, खेलौना आदि उपहार दिन्छन् । त्यसपछि सबैलाई भोज खुवाउनु पर्दछ । भोजमा मासु, भात, जाँड ख्वाएर रमाइलो गरिन्छ । पाहुनाहरुलाई विदा गरेपछि यो उत्सव सम्पन्न हुन्छ ।


पहिलो जिरेल चलचित्र समय बाट लिएको तस्बिर
जिरेल समाजमा पास्नी गर्दा धेरै नै खर्चिलो हुदै गईरहेको छ । किन भने जिरेलहरुमा “सराई” प्रथा प्रचालनमा छ । यसो गर्दा “सराई” अर्थात पर्म लगाए जस्तो जानु पर्ने र एकको दोब्बर दिनुपर्ने हुन्छ । साथै निमन्त्रणा धेरैलाई गर्नु पर्ने भएको हुँदा भोजमा अत्यधिक जाँड तथा मासु आदिको प्रयोगले गर्दा यो निकै महँगो संस्कार हुन पुगेको छ भने यसलाई कमी गर्दै जानुपर्ने देखिन्छ ।
जिरेल समाजमा छोरा जन्मेको तीन देखि सात वर्ष पुगेपछि छोराको टाउकोको कपाल (जन्मे देखि रहिरहेको कपाल) खौरने काम गरे पछि छेवर गरेको मानिन्छ । यस भन्दा अघि कपाल काट्नु हुँदैन र छेवर गरे पछि मात्र कपाल काट्न थाल्नु पर्ने विश्वास छ । केटाको मामा भए सम्म मामाबाट र मामा नभएमा आमाका थरका अन्य पुरुषबाट केटाको कपाल खौरने काम हुन्छ । केटालाई गाई बाँध्ने किलामा गाईको दाम्लोले बाँधेर राखिन्छ । टपरीमा सेल र वीचमा बत्ति बालेर राखेको हुन्छ । कपाल काट्दै टपरीमा राखिन्छ । कपाल काटी सकेपछि तीन दिन सम्मको लागि टुप्पिमा सुनको केही गहना बाँधेर राखी दिन्छन् र टपरीको कपाल बत्तिबालेरै नजिकको खोलामा लगेर नघोप्ट्याई बगाउँछन् । मामाले वा मामा बनी छेवर गरिदिने व्यक्तिले केटालाई नयाँ लुगा कपडा र केही दक्षिणा (रुपैयाँ पैसा) दिई सेतो टिका लगाई दिनु पर्छ । यस कार्यमा पनि निम्तालुहरुलाई भोजको आयोजना गर्नुपर्छ र पास्नीमा जस्तै सराई प्रथा प्रचालनमा भएको हुँदा छेवर पनि धेरै खर्चिलो हुँदै गएको छ । साथै आफन्तहरु जम्मा भएर नाचगान गरी रमाइलो पनि गरिन्छ ।
जिरेल समाजमा छोरीहरुको पाँच देखि सात वर्षको उमेरमा नाक, कान छेड्ने गरिन्छ । कसैकसैले दिन वार जुराएर पनि नाक, कान छेड्ने गर्दछन् । त्यस्तै छोरी मान्छेहरु पहिलो पटक रजस्वला हुँदा सात दिनसम्म बार्ने गर्दछन् । समय समयमा उनीहरुलाई छुट्टै राखिन्छ र घरका अन्य वस्तुहरु छुन निषेध गरिएको हुन्छ । तर जिरेल समाजमा व्रतबन्ध गर्ने चलन भने छैन ।
जिरेल समाजमा छोरीलाई आफ्नो भेषभूषा अनुसार एक सरो नयाँ कपडा (गुन्यू र चोलो) दिने चलन छ त्यसैलाई “गुन्यू चोली” भनिन्छ । छोरी जन्मेको ७ वर्षमा गुन्यू चोली दिने चलन छ । गुन्यू चोली दिँदा नाम जुराएको व्यक्तिबाट बालिकालाई नयाँ कपडा लगाई दिन्छन् । आफन्तहरु जम्मा भएर भोज खान्छन् र आफन्तले दक्षिणा दिने र सेतो टिका लगाई दिने चलन पनि छ । यस कार्यमा पनि सबै जना नाचगान गरी रमाईलो गरिन्छ ।
जिरेल थरहरु
मुख्य थर उप थर
१) गारासम्बा उर्विदो
२) च्याबा क्याम्बोले
३) छुङपाते गर्चिगा
४) जुपुले जुपुदे
५) ठुङ्बा तुम्पुले
६) थाबो तुङगुले
७) थुर्पिदो नेवारे
८) देवलिङा रारेन्जे
९) देप्पा चावे ठुङ्बा
१०) पाल्पाली चावे थाबो
११) मेयोक्पा चावे सेर्वा
१२) सेर्वा
हाल आएर जिरेल संघ नेपालले जिरेलहरु बसोवास गरिरहेका केही भागमा जनसंख्या सर्वेक्षण गर्दा फेला परेका थरहरु निम्न छन्
१) कुम्पचा
२) गर्जाङा
३) गरासम्बा
४) ग्यादोरा
५) च्याबा
६) जुपुले
७) ठुङ्बा
८) थाबो
९) थुर्पिदो
१०) देप्पा
११) देवलिङ्गा
१२) नेवारे
१३) पालपाली
१४) मेयोक्पा
१५) रारेन्जे
१६) सेर्वा
भेषभूषा तथा गरगहना
देशको भौगोलिक अवस्था, वातावरण तथा हावापानीले विभिन्न जातजातिहरुको भेषभूषामा गहिरो प्रभाव पारेको हुनाले स्थान विशेष आ–आफूलाई सुहाउदो खालको भेषभूषा अपनाएको पाईन्छ । जिरेल पुरुषहरु भांग्रा तथा कपडाको दौरा सुरुवाल, धोती, स्टकोट, थाङ्नेकोट, खन्डी तथा रोकाने कालो टोपी, खण्डी तथा चारकाने पटुका, लुकुनी लगाई दाप सहितको खुकुरी भिरेर हिँड्छन् । यो जिरेलहरुको परम्परागत पहिरन हो भने आजकल जिरेल युवाहरु सर्ट, पाइन्ट, स्वीटर, जुत्ता, मोजा, जाकेट आदि मौसम अनुसार र चलन चल्तीमा आएका कपडा लगाउँदछन् ।
जिरेल महिलाहरुले खण्डी तथा छिपाउको गुन्यू, मोर्किम कपडाको चोली, पटुका (सेतो, राय, खेस् र चारकाने), एउटा चुल्ठी, बर्को (स्वदेशी नैना सुतको सेतो, ठूलो गजको, दोलेई ढाका, भूलेगा) लगाउँछन् । खोस्मेराको जुत्ता बनाई लगाउँछन् र हसिया भिरेर हिंड्छन् । साथै जिरेल महिलाहरुले रेजी, चारआने, आठआने, पटाने, टिक्माला, सिक्रीजन्तर, पन्ना, मुगा (छ्युरुक) (ह्ओक्सी, चाङ्देर्वा, ठूलो), सुनको तिलहरी आदि लगाउँछन् भने हातमा चाँदीको भाला (ठोका) र नाक कान छेडी कर्णेफुली, लुर्का, फुली, बुलाकी, टलाकी, रिङ्ग आदि लगाउँछन् । आजकालका जिरेल युवतीहरु कुर्ता–सुरुवाल, लुँगी, टि–सर्ट, ब्लाउज, स्वीटर, पछ्यौरा आदि लुगाहरु लगाउछन् र गरगहना लगाउने शैली पनि परिवर्तन गरि आफूलाई मन पर्ने खालको प्रयोग गर्छन् । आधुनिक विकास र बाहिरी समाजसँगको सम्पर्कका कारण हाल जिरेल युवतीहरु परम्परागत भेषभूषा तथा गरगहना लगाउन मन पराउदैनन् र लोप पनि भै सकिएको कारण हाल आएर जिरेल समुदायको भेषभूषा तथा गरगहना खोज अनुसन्धान गरी संरक्षण गर्नु पर्ने देखिन्छ ।
विवाह
विवाह मानव जीवनमा अनिवार्य र महत्वपूर्ण संस्कार हो । प्रत्येक जातिको आ–आफ्नै किसिमको विवाह संस्कार हुन्छन् । पहिले पहिले जिरेल समाजमा सानै उमेरमा बाबु आमाद्धारा छोरा छोरीको विवाह गरिदिने प्रचलन थियो तर आजभोली नवयुवक र नवयुवतीहरुले आफ्नो जोडी आफैं रोज्ने गरेकाले बाल विवाह प्रथ हटेको पाईन्छ । सबै किसिमको धार्मिक कार्य र विवाहको लागि शनिवार र सोमबार अशुभ दिन मानिन्छ । त्यसकारण यो दिनमा कुनै पनि संस्कार गरिदैन ।
जिरेल समाजमा धेरै जसो प्रेम विवाह प्रचलनमा छ । मागी विवाह र चोरी विवाह पनि यस समाजमा प्रचलनमा छ । जिरेलहरुमा केटा र केटीको एउटै थर भित्र र फुपुचेला मामाचेला विहावारी चल्दैन । जिरेल समाजमा विधवा÷विधुर विवाह प्रथलाई मान्यता दिए पनि विधवा भाउजु तथा विधवा वुहारीलाई विहे गर्न हुदैन । जेठाजुले वुहारीलाई छुन समेत निषेध छ । भगाएर वा चोरेर गर्ने विवाहलाई असाधारण मानिन्छ । विधवा विवाह गर्नेको संख्या नगण्य नै छ । यस्तो विवाह गर्दा अरु विवाहको जस्तो धुमधामसँग गरिदैन र फोम्बोको आवश्यकता पर्दैन । साधारण किसिमले घरमा भित्र्याईन्छ । कसैको श्रीमतीको मृत्यु भएमा साली वा भदैनी (साला वा जेठनको छोरी) विहे गर्ने चलन छ । जिरेल समाजमा पनि सालीलाई भिनाज्युको पहिलो हक वा अधिकार रहने परम्परा छ । जिरेलको बारेमा लेखिएका केही पुस्तकमा दाजु मरेमा देवरले भाउज्यु राख्ने वा व्यहोर्ने भन्ने लेखिए तापनि यो प्रथा ब्यवहारमा जिरेलमा कही कतै छैन ।
जिरेल समाजमा अर्काको श्रीमती ल्याउने पनि प्रचलनमा छ । तर यो कम संख्यामा मात्र छ । यो प्रथ विवाहित केटीले अविवाहित वा विवाहित केटालाई पहिला मन पराएर आफ्नो पहिलो श्रीमान्लाई छोडी जान्छन् भने अविवाहित वा विवाहित केटाले पहिला मन पराएर पनि विवाहित केटीलाई भगाएर वा चोरेर लैजान्छ । तर दुबैको सहमति भएर नै यो सम्भव हुन्छ । यस्तो विवाहलाई जारी विवाह भनिन्छ । यो पनि अरु मागी, प्रेम विवाह जस्तो विधि पु¥याएर गर्नु पर्दैन । यस्तो जारी विवाहमा पहिलो पतिले दोश्रो पति (जार) लाई खर्च तिराउँछ र दोश्रो पतिले पनि सरकारी कानून अनुसार जारी खर्च तिर्नु पर्छ । कहिले काहि धेरै नै जारी खर्च पनि तिर्नुपर्ने हुन्छ । यसरी दोश्रो पुरुषसँग आफ्नो स्वेच्छाले गएकी महिलालाई समाजमा नराम्रो दृष्टिले हेरिदैन । यसरी जारी विवाहमा दोश्रो पतिलाई “जार” र पहिलो पतिलाई “साधु” भनिन्छ । यस्तो किसिमको विवाहमा पनि धार्मिक विधि, संस्कार आदि र फोम्बोको आवश्यत्ता पर्दैन ।


पहिलो जिरेल चलचित्र समय बाट लिएको तस्बिर
जिरेलहरुमा भगाएर वा चोरेर विवाह गर्ने प्रचलन पनि पाईन्छ । यस किसिमको विवाह हाट बजार जाँदा, कुनै धार्मिक चाडपर्व, जात्रा आदिमा जाँदा कुनै केटीलाई जवरजस्ती भगाएर वा चोरेर लगिन्छ । यस्तोमा केटाकेटी दुवैको सहमतीमा पनि हुन सक्छ र केटीको असहमतीमा पनि हुन सक्छ । केटाले केही दिन आफ्नो मामाघर वा अन्य कुनै पनि ठाउँमा लुकाएर राख्छन् र उनीहरु केटा र केटी दुबैतर्फको परिवारबाट स्वीकृति पाएपछि मात्र आफ्नो घरमा फर्कन्छन् । यस्तोमा कहिलेकाही केटी पक्षका आमाबाबु, दाजुभाई आदि केटा पक्षसँग बोलचाल पनि नहुने, छोरी ज्वाँईलाई घरमा नभित्र्याउने गरेको पनि पाईन्छ तर कसैकसैले चाहिँ दुबै पक्षको सहमतिमा बोलाउने र केटा पक्षकाले क्षमायाचना गरी केटी पक्षकालाई विभिन्न उपहारहरु दिएर पनि मनाउने गरेको पाइन्छ ।
कहिले काही केटी पक्षले आफ्नो छोरीलाई केटाबाट खोसेर वा छुटाएर फिर्ता पनि लैजान्छन् र अर्को केटासँग विहे गरिदिन्छन् तर प्रायः अविवाहित युवाहरु यसरी फर्काएर ल्याएको केटीलाई विवाह नगर्न पनि सक्छन् । यसरी कुनै कुनै थरमा फर्काएर ल्याउन अपमान ठान्छन् वा लाज मान्छन् तर प्रायः थरमा यो अपमान वा लाज मानिदैन । जिरेल समाजमा छोडपत्र वा पारपाचुके गर्ने प्रचलन त्यति पाईदैन ।
जिरेल समाजमा हाल लोकप्रिय हुँदै आएको विवाह “प्रेम विवाह” हो । यस्तो किसिमको विवाहमा केटा र केटी दुबैकोे मन परापरको आधारमा विवाह हुन्छ । हाटबजार जाँदा, कसैको विहेमा जन्ती जाँदा, कुनै जात्रामा जाँदा, धार्मिक अवसरहरुमा भेटघाट हँुदा एक अर्कालाई मन पराउँछन् र दुवै पक्षको बाबुआमाको सहमाति लिएर विवाह गर्दछन् ।जिरेल समाजमा विवाह प्रायः युवावस्थामा नै हुन्छ । बाल विवाह प्रथा पूर्णतः हटिसकेको छ भने बहुविवाह गर्ने जिरेल धेरै कम मात्र देखिन्छन् । पुरुष तथा महिला दुवै प्रायः २० देखि २५ वर्षको उमेरमा विवाह गर्दछन् भने ढिलो विवाह गर्ने धेरै नै कम मात्र छन् ।
जिरेल समाजमा सबै भन्दा लोकप्रिय र मान्यता प्राप्त विवाह मागी विवाह अर्थात केटा र केटीको आमाबाबुको पूर्ण सहमतिमा छोरी मागेर गर्ने विवाह हो । यस्तो किसिमको विवाहमा केटाको बाबुले केटीका बाबुसँग सम्पर्क राखेर सल्लाहले दुबै पक्षको मञ्जुरीमा हुने हुनाले यो सम्बन्ध बढी सौहाद्र्र र पछिसम्म कायम रहन्छ । यस्तो मागी विवाह केटी मागी सल्लाहले फोम्बोको अगुवाईमा बडो धुमधामका साथ सउनी, ठेकी–चारदाम, सोली डालो आदि केटीतर्फ बुझाएर विभिन्न चार चरणमा सम्पन्न हुन्छ । ती चार चरण यसप्रकार प्रस्तुत गर्न सकिन्छ ः
प्रथम चरण
प्रथम चरणमा केटाको बाबुले केटी छान्छन् वा हेर्छन् त्यसपछि छोरालाई सोध्छन् । केटाले पनि त्यस केटीलाई हेरेर मन परायो भने छिमेकको एक जना वुढापाखा, केटाको बाबु र केटा एक बोतल देखि एक दुई पाथी सम्म रक्सी लिएर केटीको घरमा जान्छन् । लगिएको त्यो रक्सीलाई “सउनी” भनिन्छ । त्यो सउनी लिएर प्रायः रात्रीको समयमा जान्छन् र केटीको बाबुआमासँग छोराको विहेको कुरा गर्न आएको कुरा वताउँछन् । यदि केटीको बाबुआमालाई उक्त केटा मन प¥यो भने आफ्नो छोरीलाई विवाह गर्न राजी हुन मनाउँछन् । कहिलेकाहिँ यदि केटीले चाहिँ केटालाई मन पराइन तर केटीको आमाबाबुको लागि केटा अति नै मन प¥यो भने केटीका आमाबाबुले आफ्नो छोरीलाई मनाउँछन् । यदि केटाले केटीलाई एकदम मन परायो तर केटा स्वयम्लाई केटीका आमाबाबुले मन पराएनन् भने वा केटीले नै पनि मन पराइन भने यस्तो अवस्थामा केटाको बाबुले उनीहरुलाई मनाउन भरमग्दुर प्रयास गर्दछ ।
तर कहिलेकाहिँ केटा र केटीको पहिला नै भेट भै एकले अर्कालाई मन पराउछन् भने केटीले घरमा माग्न बोलाउछन् । विहेको कुरा छिन्ने सम्झौता भएपछि त्यो अघि ल्याएको “सउनी” केटीको बाबुलाई दिन्छन् र केटीको बाबुले ग्यालन खोलेर केटीको आमालाई घरको परिवार र केटाको बाबुलाई पनि रक्सी बाँड्न दिन्छन् । यदि सम्भव भएसम्म (पहिला नै थाहा भएको खण्डमा) नजिकका नातेदार र छिमेकीहरु पनि बोलाई त्यही राती कुरा छिनेको खुशीयालीमा रक्सी खान दिन्छन् । यदि पाहुनालाई राती बोलाईएको छैन र बोलाउन सम्भव नभएमा भोली पल्ट विहान बोलाई खान दिन्छन् । विहे हुने केटीले पनि त्यो रक्सी विवाह स्वीकृत भएकोमा पिउनु पर्ने प्रथा जिरेल समुदायमा प्रचलित छ । त्यसपछि बाँकी रक्सी केटीको मामालाई पनि राखी दिनुपर्दछ । यसरी ग्यालनको रक्सीको स्वीकृति र सेवनसँगै विवाहको पहिलो चरण सम्पन्न हुन्छ र केटाको बाबु त्यसै राती त्यस घरबाट फिर्ता भई आफ्नो घरमा आउँछन् ।
दोश्रो चरण
मागी विवाहको दोश्रो चरणमा केटाको बाबुले केटी पक्षलाई “ठेकी चारदाम” बुझाउनु पर्छ । केटीको बाबुबाट स्वीकृति प्राप्त भएपछि केटाको बाबुले केटीको बाबुआमालाई उपहार स्वरुप “ठेकी चारदाम” टक्र्याउँछन् । दुई परिवार वीच एक आपसमा कायम गरिएको वैवाहिक सम्बन्ध भविष्यमा अझ सुदृढ होस भन्नाको लागि यस्तो गरिने धारणा जिरेल समाजमा पाईन्छ । “ठेकी चारदाम” मा एउटा हरिण वा मृगको सांप्रो (तर हाल हरिण, मृग नपाईने र मार्न निषेध गरिएकोले खसी÷बोकाको भएपछि हुने), एउटा कुखुरा, कोदोको जाँड, रक्सी, अलिकति नून, विभिन्न मसलाहरु, तोरीको तेल, एउटा सानो बाँसको टोकरीमा सुकेको माछा, एक टोकरी खुवा, काठको ठेकीमा एक ठेकी दही र एक रुपैयाँ नगद समावेश हुन्छ । यी विभिन्न परिकारहरु विशेष र स्थानीय स्तरका तौलहरु तथा नापहरुका आधारमा दिईन्छ ।
मध्यस्थकर्ता वा लमीले विहा हुने दुलहीको घरमा खाने कुराहरु लैजान्छ, हरिण र कुखुरा काट्छ, मासु पोल्छ र कोदोको रक्सी बनाउँछ । त्यसपछि फोम्बोले केटीका पूर्खाहरुको देवताको नाम लिएर मन्त्र जप्छ र ती देवताहरुलाई खाने कुरा चढाउँछ । त्यसपछि लमीले मासु, रक्सी सबै परिवार र उपस्थित नातेदार, ईष्टमित्रहरुलाई बाँड्छ । केटीको बाबुको नजिकको नातेदार जो साक्षी वा प्रवक्ताको रुपमा हुन्छन् उसलाई एक रुपैयाँ दिईन्छ । विवाहमा उसले प्रमुख आदरणीयको भूमिका खेलेको हुन्छ, जसलाई जिरेलहरु “करसिङ्गे दाजुभाई” भन्दछन्, उसले वैवाहिक सम्झौताको औपचारिक घोषणा गर्दछ र विवाहको दिनको मिति (लगन) तोकिदिन्छ ।
तेश्रो चरण
विवाहको तेश्रो चरणमा पनि दोश्रो चरणमा जस्तै एउटा हरिण वा मृगको सांप्रो, एउटा कुखुरा, कोदोको जाँड, अलिकति नुन, विभिन्न मसलाहरु, तोरीको तेल, एउटा सानो बाँसको टोकरी (पेराङ्ग) मा सुकुटी माछा, एक टोेकरी (पेराङ्ग) खुवा, काठको ठेकीमा एक ठेकी दही आदिको साथै अरु थुप्रै चिजहरु (जस्तैः चामल, रक्सी, सेलरोटी, आदि) लिएर केटीको घरमा जानुपर्छ यसलाई “सोली डालो” भनिन्छ । एउटा माटाको भाँडामा भाँँडाभरि कोदोको रक्सी पनि जन्तिसँगै पठाई दिनुपर्छ ।
विवाहमा दुलहाले दौरासुरुवाल, कोट, ढाका टोपी लगाउँछन् भने दुलहीले रातो बुट्टे लुगा लगाउँछन् । विवाहको दिनमा ४०–५० जना देखि ४–५ सय जनासम्म दुलहाको साथ पञ्चे बाजा (९ जना) दमै सहित दुलहीको घरमा जन्ती जान्छन् । जन्ती जाँदा दुलहासँग साथी दुलहाको भाई जानुपर्छ यदि भाई छैन भने नजिकको नाताको भाई जान्छन् र एक जना दिदीबहीनी पनि जानु पर्छ जसलाई “मण्डौली” भनिन्छ । मण्डौलीले दुलहीलाई कपडा तथा गरगहना लगाई दिनु पर्छ । जन्ती जाने नवयुवकहरु बाटामा नाचगान गर्दै बन्दुक पड्काउँदै जाने पनि चलन छ । विभिन्न विशेष उपहारहरु केटी पक्षको नातेदारहरुलाई दिन दुलहाले लिएर जानुपर्छ ।
एउटा सानो बाँसको टोकरीमा माछा, एक टोकरी खुवा, काठको ठेकीमा एक ठेकी दही, माटाको घैटोमा एक घैटो रक्सी, एक मुठा साग, एक टोकरी सेलरोटी र दुई रुपैयाँ पचास पैसा दुलहीको आमालाई दिईन्छ र एक घैटो रक्सी, एउटा मृगको सांप्रो र पचास पैसा दुलहीको बाबुलाई दिईन्छ । साथै माटाको भाँडोमा एक भाँडो रक्सी “करसिङ्गे दाजुभाई” लाई लमीको काम गरेवापत केटीको बाबुको उपस्थितिमा दिइन्छ । दुलहाको बाबुले दुलहीको आमासँग सम्धी–सम्धीनी बनाउदा उपहारको रुपमा चोलोको कपडा दिने चलन पनि छ ।
जन्ती दुलहीको घरमा पुग्न साथ एक ठाउँमा जम्मा भएर जन्तीले दुलहालाई घेरिन्छ र दुलहीको नातेदारहरुले फूल, अक्षता आदिले जन्ती पर्साउछ । दुलहीको भाईले पिठ््यूमा बोकेर दुलहीलाई दुलहा नजिक ल्याउछन् । त्यसपछि दुलहीले करुवाले पानी छर्कदै तीन चक्कर (फन्को) दुलहालाई घुम्छिन् । त्यसपछि दुलहाले दुलहीलाई सुनको औंठी लगाई दिन्छन् । दुलहीले दुलहालाई एक भरि गिलास दही दिएर फूलको माला लगाई दिन्छिन् । दुलहा दुलहीलाई घर बाहिर गुन्द्रीक या राडी ओछ्याई दिन्छन् र फोम्बो द्धारा सगुन पितरेर सकेपछि जन्तीलाई भात दिन्छन् । त्यसपछि साइत हेरी घर भित्र भित्रिन्छ । त्यसपछि दुलहा र दुलही दुबैलाई सुकुल÷गुन्द्रिक वा राडी ओछ्याएर सँगै राखिन्छ र गोडाधुने कार्यक्रम शुरु हुन्छ । ठूलो तामाको खँडकुण्डोमा दुलहीको बाबुआमाले दुलहा दुलहीको गोडा धोई गोडाको पानी खान्छन् र दुबैलाई रुपैयाँ राखी ढोगिदिन्छन् । त्यसपछि केटीका आमाबाबुका नातेदार र छिमेकीहरुले पनि गोडा धुने, पानी खाने, रकम दिएर ढोग्ने काम गर्दछन् । यसलाई “कन्यादान” भन्दछन् ।
खास समय नभइकन दुलहीको घरभित्र पस्न अनुमति हुँदैन । त्यही खास समय (लगन) भन्दा अगाडि नै दुलहाले गरगहनाहरु (मारवाडी, तिलहरी, ढुंग्री) लत्ता कपडाहरु, चुरा, लगनको पोते आदि दुलहीलाई दिनुपर्छ । दुलहाले दुलहीलाई लगनको पोते लगाइ दिन्छन् र सिन्दुर हालिदिन्छन् । त्यस दिनमा हरेक खाने कुराको दुई भाग केटाले खानुपर्ने हुन्छ र यो दुई भाग खाने काम दुलहीले अर्को दिन दुलहाको घरमा पनि हुन्छ । त्यति भए पछि दुलहाको बाबु, काका, मामा र दुलहीको बाबु आमा, काका र मामा कचौराभरि कोदाको जाँड हातमा लिएर दुई लाइनमा एक अर्काेको सम्मुख हुने गरी बस्छन् ।
उनीहरुको वीचमा पर्दाले एक अर्कोलाई बारेको (छेकेको) हुन्छ । त्यसपछि तिनीहरु पालै सँग निहुरेर जाँडको कचौरा साटासाट गर्छन् । फोम्बोले केटाको बाबु र केटीको आमाबाबुलाई तपाईहरु आजदेखि “सम्धि–सम्धीनी” हुनु भयो भनेर भनिदिन्छन् । फोम्बोले दुबैलाई खुसी र लामो समयसम्म सम्बन्ध सुदृढ होस भन्ने शुभकामना पनि दिन्छ । जिरेल समुदायको विहेमा जग्गे बनाउने चलन छैन ।
भोली पल्ट विहान दुलहा दुलही लिएर सम्पूर्ण जन्ती दुलहाको घरमा फर्कन्छन् । दुलहाको दिदी, वहिनीले दुलहा आउनु अघि माटाको भाँडामा जाँड रक्सी सेल आदि लिएर बाटामा बस्छन्, यसलाई “सगुन” भनेर भनिन्छ । दिदी, वहिनीले दाजू वा भाई (दुलहा) लाई सगुन दिएपछि केही रकम दिदी बहिनीलाई दिनुपर्छ । त्यसपछि त्यो सगुनमा फोम्बोले मन्त्र उच्चारण गरेर पहिला दुलहा दुलहीलाई त्यो सगुन दिन्छन् र त्यसपछि अन्य जन्तीहरुलाई पनि उक्त सगुन बाँड्ने गरिन्छ । दिदी बहिनीबाट राखिने यस किसिमको सगुन जन्ती आउदा र फर्किदा दुई पटक नै राख्ने गरिन्छ ।


पहिलो जिरेल चलचित्र समय बाट लिएको तस्बिर
घरमा पुगिसकेपछि दुलहा घरमा आदर गर्नुपर्ने वा मान्नु पर्ने मान्यजनहरुलाई ढोगभेट नगरी घरभित्र पस्न पाइदैन । सबै मान्यजनलाई ढोगभेट कार्यक्रम सकिएपछि घरभित्र पसेपछि तिनीहरुलाई (दुलहा दुलही) खान पिउन अनुमति दिईन्छ । दुलहाको परिवारले धुमधामसँग भोजको व्यवस्था आफ्ना नातेदारहरु र छिमेकीहरुलाई गर्नुपर्छ । यस वैवाहिक कार्यविधि अनुरुप “फोम्बो” बाट नै वैवाहिक सम्बन्ध कायम हुन्छ ।
तर जिरेल समाजमा मागी विवाह गर्दा रित खाने र नखाने हुन्छन् । रित खाने विवाहमा मागेको केहि महिना पछि दुवै पक्षबाट सल्लाह गरी ठेकी (पछिल्लो सगुन) खाने चलन छ । पछिल्लो सगुन खाँदा केटा पक्षबाट एउटा बोका लगेर केटी पक्षको आफन्तहरुलाई बोलाई मासु र रक्सी खुवाइन्छ । सगुन खाएको एक वर्षपछि वैशाख, जेष्ठ, मंसिर र माघ महिनामा लगन जुराई विवाहको तिथी तोकी दुवै पक्षबाट आफन्तहरु बोलाएर केटी लिन जाने अघिल्लो दिनमै केटा पक्षबाट केटीको आफन्तहरुलाई एक÷एक डालो सेल र एक÷एक बदल रक्सी पुराई दिइन्छ । जन्ती घरबाट जान साथ भरुवा बन्दुक पड्काएर अगाडी लगिन्छ र केटाको आफन्तले वीच बाटोमा पनि सगुन राखेको हुन्छ ।
सगुन झाँक्रीले पितारेर सम्पूर्ण जन्तिलाई खुवाई केटीको घर नजिक पुग्न लाग्दा आएको संकेत दिन फेरी बन्दुक पड्काइन्छ र ५ वा ७ जनालाई अगाडि नै पैयूँको घाँस, माछा, कुराउनी, भ्यागुत्ता, छेपारो, घाम, चन्द्रमा आदि आकारको रोटी पेरुङ्गमा हालेर पठाइन्छ र केटीपक्षबाट विभिन्न प्रश्नहरु सोधेपछि त्यसको उत्तरहरु दिएर जन्ती लिन आउँछन् र बेहुलीको घरमा जन्ती पुगेपछि बेहुलालाई वीचमा पारि जन्तीले घेरिन्छ र जन्तीलाई घेरा हालेर पर्साउँछन् र केटालाई केटीले फूलको माला लगाइन्छ र केटाले केटीलाई केही चिनो दिन्छ । जस्तै औंठी, घडी यदि नभए पैसा दिन्छ । सगुन पितारेर साईत हेरी बेहुलीको घरमा भित्रिन्छ र बेहुलीलाई सँगै राखि सिन्दुर पोते र टिका टालो गरी सम्धी, सम्धीनी बनाउने चलन छ । भोलीपल्ट बिहान साईत हेरी केटाको घर पठाउँछन् र केटाको घर भित्रिदाँ पनि साईत हेरेको समयमा मात्र भित्रिन्छन् र टिका टालो गरिन्छ ।
चौथो चरण
चौथो चरणलाई मागी विवाहको अन्तिम चरण वा अवस्था मानिन्छ । अर्थात यसलाई विवाहपछिको विधिको अन्तिम अवस्था मानिन्छ । तीन दिनपछि नवदम्पत्ती (दुलहा दुलही) आफ्नो घरबाट ससुराली (दुलहीको बाबुको घर) मा विभिन्न उपहारहरु (सेल, रोटी, रक्सी) लिएर जानु पर्ने हुन्छ जसलाई भेटौनी भनिन्छ । भेटौनीमा गएर नवदम्पत्तीले त्यहाँ २÷३ रात विताउँछन् । नवदम्पत्तीले दुलहीको बाबुआमा दुबैलाई ढोग्छन् र दुलहाले दुलहीको आमालाई पाँच रुपैयाँ नगद दिनुपर्छ । अन्तमा ती दुबै दुलहा दुलही विदावारी भएर दुलहाको घरमा फर्केपछि विवाह सम्पन्न भएको मानिन्छ ।
मागी विवाह गर्दा केटी (छोरी) लाई तामाका भाँडाहरु, विभिन्न अन्य भाँडाकुँडाहरु, गरगहनाहरु, लुगाफाटाहरु आदि दाइजोको रुपमा दिइन्छ । तर पाठापाठीहरु, भैसी, भेडा÷बाख्रा आदि एउटा बच्चा पाएपछि मात्र दिन्छन् । कस्तो दाइजो दिने ? कति दाइजो दिने ? आदि वस्तुको गुण र परिमाण भने केटीको आमाबाबुको आर्थिक अवस्थामा निर्भर पर्दछ ।
मृ’त्युसंस्कार
मानिसको जीवनचक्रको अन्तिम अवस्था नै मृ’त्यु हो र मानिस सामाजिक प्राणी भएकोले म’रेपछि स्वर्गमा स्थान पाउने विश्वासले मृ’त्यु’संस्कार गर्ने गरिन्छ । त्यसैले मृ’त्यु संस्कार नगरिएमा मृ’त आत्माले शान्ति नपाउने, घर वरिपरि आत्मा घुमिरहने विश्वास जिरेलहरुमा पनि छ । आदिमकाल देखि नै जिरेलहरुको मृ’त्युभए पछि अलि धनि वर्गहरुले जलाउने र गरीव वर्गहरुले गाड्ने चलन चलेको पाईन्छ । विशेष गरेर झाँक्रीहरु चाँहि गाड्नु पर्ने चलन पनि थियो भनिन्छ र यो चलन अहिलेसम्म पनि चलेको छ । नेपालमा सति प्रथाको चलन चलेपछि जिरेलहरुमा पनि सती गएको प्रमाणहरु पाइन्छ । त्यसको प्रमाण जिरी वडा नं. ६ को सती डाँडाको घाट र जिरी वडा नं. ४ जिरेलहरुको घाटलाई लिन सकिन्छ । सती डाँडामा सेर्वा (मुल्मी÷मिजर खलाक) की एक जना महिला र जिरी ४ को घाटमा एक जना जुपुले (झाँक्री खलाक) की महिला सती गएको थियो भन्ने भनाई छ । जिरेलहरुको श’वलाई मुख्य गरी आदिम काल देखि नै डाँडामा लगेको प्रमाणहरु पाइन्छ । जिरेलहरुको श’वलाई मृ’तकले लगाइरहेको पुरानो लुगा फुकालेर सेतो ८ हातको कपडा (कात्रो) ले बेरेर लामाबाट फ्वाः झिकी तामाको खड्कुण्डोमा मृ’त शरीर राख्ने बाकस (कफिन) जस्तो मा बसेको जस्तो आसनमा राखि फूलमाला र लामाको रिङा टाउकोमा राखेर आफ्नो छोरा र दाजुभाईले बोकेर घाटमा लाने चलन छ ।
तर शनिवार वा सोमवार मराउ परेमा भोलीपल्ट मात्र एउटा कुखुराको चल्ला काटेर शव उठाउने काम हुन्छ । अन्य बार मृ’त्यु भएमा सोही दिन श’व उठाउने काम हुन्छ । श’व घरबाट निकाल्ना साथ बन्दुक पड्काईन्छ । यसरी लाँदा पाँच रङको झण्डा जस्तै कालो, सेतो, हरियो, रातो, पँहेलो झण्डा बनाएर अगाडी लामाले सेतो कपडा देखाउँदै लाने चलन छ र लाँदा पैसाको सिक्का, सत बीउ दोबाटोहरुमा राख्दै घाटमा पु¥याउँछ र लामाको ढ्याङग्रो, झ्याम्टा, डमरु, शंख आदि बजाउदै मुख्य लामाले श’वको छेउछेउ लागेर नाच्दै लामा मन्त्र फलाक्दै लाने चलन छ । घाटमा पु¥याएपछि लामाले मन्त्र गरेर उचित ठाउँ छानेपछि एकजना मलामीले उल्टो बाट कोदालोले खनेर मृत’कको श’व जला’उने ठाउँ रोज्छ । जलाउँदा सत बीऊ, घीउ र सात प्रकारको धुपको काठहरु प्रयोग गर्दछ । आ’गो लगाउँदा तीन पटक घुमेर तीन पटक च्योत् गरिसकेपछि लामाले पहिला आ’गो लाउँछन् । आगो लगाउना साथ फेरि बन्दुक पड्काईन्छ ।
आगो लगाउनु अघि मृ’तकको छोराले अथवा छोरा नहुनेले नजिकको दाजुभाईले मृ’तकको मुख दुधले धोएर झुलो चकमाले एकै चोटीमा आगो सल्काएर एक सिक्का पैसामा आगो राखेर उल्टो पट्टिबाट मुख नहेरी मुखमा दागबत्ति दिने चलन छ र त्यसपछि चितामा आ’गो लगाउने चलन छ । आगो लगाई सकेपछि सबैजना मलामी मिलेर माटो र सानो सानो काठको टुक्रा मृ’तकको चिरशान्तिको कामना गर्दै चितामा चढाउँछ । साथै लामाले सगुन चढाउँछ र १०८ पटक सत बीउहरु चितामा चढाइन्छ । मृ’तकको नाममा आफन्तहरुले १०८ पटक स्यावा गरिन्छ । मलामीहरुलाई प्रसादको रुपमा छ्याङ, रोटी बाँडिचुँडी दिइन्छ । खानु भन्दा अगाडि मृतकको नाममा ३ ठाउँमा चढाएर मात्र खाने चलन छ । शव जलेपछि टाउकोको हाडलाई सेतो कपडामा राखेर अस्तुको रुपमा मृतकको छोराले बोकी ल्याउने चलन छ । सबै खरानीलाई एकै ठाउँमा जम्मा गरेर मलामीहरुले एक एक वटा ढुंगा लिएर चिहान बनाएर काँडाले वरिपरी सफा गरेर फर्कन्छ ।
काँडाले सफा गर्नुको कारण पैतालाको छाप वरिपरी रहन्छ र राती मृतकको भूत जागेपछि त्यस ठाउँमा परेको मलामी विरामी हुन्छ भन्ने विश्वास रहेको छ । फर्किने बेलामा चिहान भन्दा १०, १५ मिटर तल आएर पछाडी फर्की बसेर पछाडीबाटै सत बिऊ छरेर ताली बजाएर पछाडि नफर्कि घर आउछन् । घर आउने बेलामा दोबाटोमा फेरी एउटा काँडाको हाँगो भाँचेर बाटोमा राखिन्छ र त्यो काँडालाई सबै मलामीहरुले कुल्चिएर आउँछन् र खोलामा त्यो अस्तुलाई एउटा ढुङ्गामा पिनेर काशी पुगोस् भनी अस्तु बगाई दिन्छन् । अस्तु बगाई सकेपछि लामा र अस्तु बगाउनेले एक सय आठ पटक पानी हातबाट पन्छ्याउछन् । सबै मलामीले तितेपातीले चोखो पारेर मृतकको घरमा जान्छन् । मृतकको घरमा गएर आँगनमा साङधुपी, मछिनो, सल्लाको पात, तितेपाती जम्मा गरेर आँगनमा आगो बालेर साङ् थापी चोखो पार्छन् र लामाले मृतकको नाममा सिम्बु खाता बालेर चोखो पारी मृतकको नाममा एउटा चेप्टो ढुङ्गामा आगोको कोईला राखेर मकैको पिठो पोलेर सम्पूर्ण खानेकुराहरु मृतकको नाममा चढाउँछन् र सम्पूर्ण मलामीहरुले पनि त्यो घरको मान्छेले पकाएको नुन नभएको खानेकुराहरु तीन ठाउँमा चढाएर खाने चलन छ ।
साथै मलामी गएका व्यक्तिहरुको नामवली तयार पार्छन, किनभने मलामीहरु “घेवा” को दिनमा उपस्थित हुनुपर्दछ र सबैले मृत आत्माले अनन्त कालसम्म सुख शान्ति पाओस् भनी हार्दिक समवेदना (श्रद्धाञ्जली) प्रकट गर्नु पर्दछ । यदि मलामीहरु घेवामा उपस्थित हुन नसकिए प्रत्येक मलामीलाई एक बदल जाँड र एक माना चामल पु¥याई दिने चलन थियो तर हाल त्यस किसिमको नियम लागु गरिदैनन् । अन्तमा लामालाई दक्षिणा दिएर घर सम्म पु¥याई दिन्छन् र मरेको मान्छेको काम त्यो दिनको लागि सकिन्छ । मलामीहरु आ–आफ्नो घरमा गएर घरको चारै सुरमा काँडा राख्ने चलन छ । किनकी त्यो दिन भूत आउँछ विरामी हुन्छकी भन्ने जनविश्वास
रहेको छ । मलामी जानेहरुले त्यो दिन कसैले पनि घरमा मासु खादैनन् ।
घेवा
जिरेल समाजमा मान्छे मरेको ४५ दिन भित्रमा घेवा गर्ने चलन छ । घेवा कालो र सेतो दुई प्रकारको हुन्छ भने एकै दिनमा सिध्याउने घेवालाई निङ्गुमा घेवा भनिन्छ । तर निङ्गुमा घेवा बालबालीकाहरु मर्दा मात्र गर्ने गरेको पाईन्छ । घेवा नगरुन्जेलसम्म मृतकको छोराले र छोरा नहुनेले छोरी र कोहि पनि छैन भने श्रीमान् श्रीमतीले मृतकलाई पिण्डा दिइन्छ । पिण्डा दिँदा चापाको पातमा उल्टोमा ३ ठाउँमा राखी ३ पटक पानी घुमाई चढाएर मात्र आफू खाना खाने चलन छ । ४५ दिन सम्म आमा मरे दुध, माछा र बुबा मर्दा अण्डा, दहि खाने चलन छैन, काँसको भाँडोमा केहीपनि खानु हुँदैन, नयाँ कपडा लगाउन नहुने, टोपी लगाउन नहुने, दाह्री, कपल काट्न नहुने, मन्दिरमा पस्न नहुने, सुसेल्न नहुने, बाजा बजाउन नहुने, गीत गाउन नहुने, पूजाआजामा जान नहुने चलन रहेको छ ।
लामाबाट घेवा गर्ने तिथि जुराई अघिल्लो दिन मृतकको सन्तान बोलाई जम्मा गरी मृतकको नाममा पोलेको वा गाडेको च्यान माथि मृतकको सम्झनामा माने (छोर्तेन) बनाइन्छ । छोर्तेन बनाउँदा छोर्तेन भित्र मृतकको नाममा तामाको गाँग्री, लोटा, डाडु, पुन्यु, ओदान, भाँडाकुडा एक सेट र श्रीखण्डको जोङ भित्र राखि बाहिर एकतिरमा तीन तिर मृतकको फोटो बनाई लामाले मन्त्र खोपेर ढुंगामा राखि माने बनाई सत बीउ छरेर लामाले पूजा गराई दाजू भाईलाई बत्ति बाल्न लगाएर १०८ पटक सेवा गर्न लगाउँछन् र मृतकको घर नजिकको धारा वा खोलामा गएर मृतकका थरका दाजुभाईहरु जम्मा भएर बिजोर पारी कपाल खौरिने चलन छ । मृतक बुबा भए जेठा र आमाकोमा कान्छा छोरा कोरामा बस्ने चलन छ । तर हाल आएर जिरेल समाजमा छोरा नहुनेको छोरी समेत कोरामा बसी आफ्नो बुबा आमाको घेवा कार्य सम्पन्न गरेको छ । कोरामा बस्नेले १०८ पटक चोखो पानीले नुहाई लोटा (फुम्बा) मा पानी भरि तितेपाती, पैयूँको मुन्टा, अरुको मुन्टा हालेर धुसा वा कम्मल ओडाई कसैसँग नछोई जानु पर्छ र घरको एक कुनामा गोबरले लिपि घुम ओछ्याई कोरा बस्नु पर्छ ।
सबैले साङ्गको धुप आगनमा थापेर जम्मा भै प्रसाद मृतकको नाममा तीन ठाउँ चढाई खाने चलन छ । एक न एक जना रातभरी कोरा बस्नेसँग व्यूँझिएरै बस्नु पर्छ किनभने कोरा बसेकालाई कोही व्यक्ति वा कुकुर आदिले छुएमा फेरि धारामा गएर नुहाएर आउनु पर्ने हुन्छ ।कोरामा बस्नेले दिनको तीन पटकसम्म एउटा चेप्टो ढुंगामा सातुसँग घीउ मिलाएर आगोको कोइला राखी हरेक प्रकारको खानेकुराहरु चढाएर पिण्डा दिने चलन छ । त्यसपछि कोरा बस्ने देखि लिएर जम्मा भएका सबैले मृतकको नाममा चढाएर खाने चलन छ । मृतकको आफन्तहरुले त्यस दिन देखि ३ छाकसम्म नुन बार्ने चलन छ । त्यसको भोलिपल्ट आफन्तहरुले घरको कामहरुमा सघाउने र सबैले कामको बाडफाँड गरी आवश्यक सरसहयोग गर्ने र कसैले लामा बस्ने टाँडा बनाउने, कोही ठल्मीकोे भात पकाउनुका साथै सबैको घरबाट एक÷एक भारी दाउरा पु¥याई दिन्छन् । जसलाई “ठल्मी” भनिन्छ । साथै गाउँबाट एक बदल जाँड र खानेकुरा सबै महिलाहरुले मृतकको नाममा ल्याउछन् ।
जसलाई “दुक्च्याङ्” भनिन्छ । लामा लिन जाँदा एक बदल सगुन लिएर जान्छन् र लामाले पितारेर खाए पछि मात्र लामा आउँछन् । लामा आएको संकेत विच बाटोमा ढ्याङ्ग्रो ठटाई दिन्छन् । लामालाई आफन्तले फूलको माला लगाई स्वागत गर्दछन् । लामा आएपछि सगुन पितारेर लामाले कोरा बस्नेलाई नुहाउन जाने आदेश दिएपछि फेरि पनि एक सय आठ पटक नुहाएर घर भित्र आएपछि लामले चोखो निधो गरी दिएर कोरा बसेको व्यक्तिको कोरा समाप्त हुन्छ र ऊ पनि काममा जुट्छन् । लामाले प्रसाद खाएपछि पकाएको चामलको भात मुछी विभिन्न आकारको तोर्माहरु बनाउने गरिन्छ र तोर्मालाई घ्यूको ज्ञन राख्ने चलन पनि छ । लामाले दहिनेपट्टि तोर्माहरु मिलाई बज्रा गुरु, साङ्गे होपाङ्मे, फोपा, चेरन्जे, ओपेन गुरु, बुद्ध आदिका थंकाहरु झुण्ड्याएर घेवा सुरु गरिन्छ । नुन बारेकाहरुलाई मन्तर गरेर नुन दिई सकेपछि बेलुकाको खाना आफन्तलाई दिन्छन् र घेवा गर्दा लागेको सम्पूर्ण सामाग्रीहरु तथा रकम छ्योपेले संसो संसो राम्रो बाटो हुँदै स्वर्गमा जान आग्रह गर्दै बताईन्छ जसलाई “मोलम्” भनिन्छ । रातको १२ः०० बजे कटे पछि घरका आफन्तहरु र चेलीबेटीहरुबाट १०८÷१०८ वटा मृतकको नाममा बत्ति (मारमेन्) बालेर १०८ पटक स्याबा गरिन्छ र चेलीबेटीहरुबाट ल्याएका खानेकुरा र जाँड रक्सी बाँडेर दिन्छन् । विहानीको मिर्मिरेमै मृतकको आत्मा बोलाउन घुसिङ गरिन्छ र लामाले मन्त्र पढेर मृतकको सबभन्दा नजिकको आफन्त काम्न थालल्छन् र बोल्न लगाउछन् । जसलाई “सेन्सिङ” भनिन्छ । करिव आधा घण्टा जति विभिन्न कुराहरु सोध्छन् र रुदै, काम्दै जवाफ दिन्छन् ।


जिरेल लामाहरु
घुसिङ पछि चेलीबेटीहरुको तर्फबाट विहानको खाना दिइन्छ र घरको ठूलो मान्छे मरेको भए ज्वाइलाई थुन्से, कोदालो र लठ्ठी बोकाएर करिव एक सय मिटर टाढा माटो खन्न जान्छन् र ज्वाइले पछाडि (उल्टो) बाट कोदालो समातेर अलिकति माटो खनेर थुन्सेमा बोक्छन् र घेवा स्थल आउँदा लामालाई ज्वाइले लठ्ठी तेर्साएर छेक्छन् र लामा नाच्दै झुक्याई टाँडा भित्र छिर्छन् । यस्तो कार्य घरभित्र घुसिङ गर्दा मात्र गरिन्छ । जसलाई जिरेलहरु “किङकोर घेवा” भनेर भनिन्छ । सो माटो मुछेर मृतकको नाम (मिन्ज्याङ) लेखेको नेपाली कागजलाई चोया वीचमा चिरेर अढ््याउछन् । फेरी मृतकको आत्म “सेन्सिङ” बोलाउन घुसिङ गर्छन् र सबै उपस्थित आफन्तजनले फूलहरु, फलफूल, खानेकुरा, नुन बारेकाहरु, छ्याङ छान्ने (छ्याङमा), भाँडाकुडा सफा गर्ने (छ्युमा), भात पकाउनेहरु, तरकारी पकाउनेहरु आदिले फूल र चामल छ्योपेद्धारा फुम्बाको पानी छर्केर टाँडाको अगाडि कम्मलमा एकै ठाउँमा चढाउछन् र तीन पटक ढोग्छन्, जसलाई छ्याङभोग भनिन्छ ।
मृतकको नाम (मिन्ज्याङ) जलाए पछि छ्याङभोगको बीच भागमा रहेको मृगाको खुट्टा, लामाको रिङा, पैसा र पीठो पोको पारेको थैलो हुन्छ । रिङालाई बाँधेर सेतो पटुका टाँगेर कोरामा बस्ने व्यक्ति वा मृतकको सबभन्दा अगाडी र त्यसपछि आफन्तहरु लाकईनै लागेर युवाहरुले छ्याङभोग हातहातमा समतेर घर देखि केही टाढा लान्छन् र ढ््यांग्रो र झ्याम्टा छिटो छिटो बजाए पछि भूईमा राख्छन् । पिठोलाई कसैको जीउमा नपर्ने गरी केही टाडा लगेर छरि दिन्छन् र मृगाको खुट्टा र रिङा सुरक्षित साथ
राख्छन् भने छ्याङभोग प्रय जसो केटाहरुले हानथाप गरी राम्रो र मिठो सोर्छन् ।
पछि बाँकी रहेको चामल लामालाई फिर्ता लगेर दिन्छन् । छ्याङभोग फ्यालेर आउनेहरुलाई एक÷एक बटुका छ्याङ दिने चलन पनि छ । छ्याङभोग फ्यालेर आएपछि आफन्तहरुलाई मासु–भात, खाजा, जाँड, रक्सी दिन्छन् । तर सम्धि–सम्धिनीको घेवा खान हुँदैन भन्ने विश्वासले सम्धि–सम्धिनीले खाजा मात्र खाने गर्छन् । लामाद्धारा आफन्तहरुले टिका, फूल थाप्छन् र घरको सदस्यले बारेका खानेकुरा मन्त्र गरी फुकाई दिई तोर्माहरु उल्टाउछन् र लामालाई आफ्नो गक्ष अनुसार दक्षिणा दिएर विदाई गर्छन र घेवाको कार्य सकिन्छ । साथै लामासँगको सल्लाह अनुसार मृतकको नाममा सम्झनाको लागि पछि धारा निकाल्ने, चौतरा बनउने र चौतरामा मृतकको फोटो र मन्त्र कोरीएको ढुंगामा जन्म मृत्युको मिति उल्लेख गरी राखिन्छ ।
जिरेलको धर्म र प्रारम्भ
लगभग ईसाई पहिलो शताब्दी तिरको युद्धमा नेपालको राजधानी ‘यलाखोम’ (हालको काठमाडौं) बाट किरात राजा र सैनिकहरुलाई बसाइँ सरी आएका लिच्छिविहरुले उनीहरुकै अधीन रहेको यलाखोमपूर्व किरात प्रदेशतर्फ (साँगा भञ्ज्याङ्ग पूर्व) लखेटेका थिए । किरात जातिले मानिआएको सनातन किरातधर्म हो । यस धर्ममा देखिएका प्रमुख विशेषता सरलता, जात–भात तथा स्त्री–पुरुषबीचमा समानता, अन्य धर्मप्रति सहिष्णुता र झाँक्री÷मुन्धुमी प्रकृति पूजन हुन् । तर युगको परिवर्तन सँगसँगै खासगरी विभिन्न धार्मिक चेलाहरुबीच एकले अर्काको धर्मलाई चुत्थो साबित गर्दै आफ्नो धर्मप्रति आकर्षित पारी शक्तिशाली धार्मिक मण्डलको ‘गुरु’ हुने होडबाजी चलेको थियो । तर किराँतधर्मले भने त्यस्तो आकर्षक नाराकासाथ विकसित हुने अवसार नै पाएन ।
करिव दुई हजार वर्ष अघिदेखि धार्मिक तथा राजनीतिक थिचोमिचोमा रही आए पनि त्यस्तो सङ्कटकालीन युग युगान्तर देखि किराँतजनले आदिम अवस्थाको रुपमै रही आफ्नो धर्म, संस्कृति, रीतिरिवाज र भाषालाई यहाँसम्म बचाँई ल्यएका कारण जिरेलहरु हालसम्म पनि परम्परागत प्राचीन धर्म तन्त्रबाद, तान्त्रिक धर्म झाँक्री (फोम्बो) नै मान्दछन् । पहिला कूूल पूूजा, जन्म, विवाह, मृत्यूू तथा घेवा (क्रिया) आदिमा गरिने पुुरोहित्याई फोम्बोद्धारा नै गरिन्थ्यो । धर्ममा कट्टरता नहुुने र धार्मिक सहिष्णुताको भावना लिने राम्रो गुण जिरेलहरुमा पाईन्छ । जिरी गा.वि.स. वडा नं.–९, तल्लो कोटका करिब १७५३ साल तिर जङ्गुले जिरेल (देवलिङ्गा) नाम गरेको झाँक्रीको जनाति केशर जिरेल (जिरेलको पहिलो लामा) तिब्बतबाट लामा अध्ययन गरेर आए पछि मात्र जिरेल समाजमा मृत्युसंस्कारको रीति चलाउन लामा प्रयोग भएको वा बौद्ध धर्म मानेको देखिन्छ । जिरेलको पहिलो लामा केशर जिरेलको छोरा औतरी कान्छा लामा जिरेलको जन्म भएपछि लामाको मन्त्रबाट औतरी कान्छा लामाले विभिन्न चमात्कार तथा लामा शक्ति देखाई सबैलाई प्रभाव पारी अझ बढी जिरेलहरु बौद्ध धर्म प्रति आकार्शित भएको देखिन्छ । जिरेलहरु अझै पनि जन्म, विवाह, कूलपूजा, संस्कार आदिमा फोम्बो कै प्रयोग गर्दछन् भने मृत्युसंस्कारमा मात्र लामा प्रयोग गर्दछन् ।
हिन्दूू धर्मको हकमा खस जातिका बाहुन क्षेत्रीहरु जिरेलहरुको वस्तीमा भित्रिसकेपछि उनीहरुसँगको आपसी सम्पर्क तथा सद्भावनाले गर्दा अन्य पूजाआजा संचालन गर्न जिरेलहरुले वाहुन प्रयोग गरेका हुन् । आजकल केही जिरेलहरु क्रिश्चियन धर्म मान्न थालिसकेका छन् । यसरी जिरेलहरुमा धार्मिक सहिष्णुुताको भावना स्पष्ट रुपमा छर्लङ्गिन्छन् ।
जिरेलहरु बौद्ध गुम्बाहरुमा बुद्धको दर्शन गर्न तथा पूजा गर्न जान्छन् भने हिन्दू मन्दिरहरुमा पनि पूजाआजा गर्न आफ्नो विचार र आत्मा पवित्र पार्न जान्छन् । खस जातिका बाहुन क्षेत्रीहरु जिरेलहरुको वस्तीमा भित्रिसकेपछि उनीहरुसँगको आपसी समपर्क तथा सद्भावनाले गर्दा अन्य पूजाआजा सञ्चालन गर्न जिरेलहरुले ब्राम्हण पुरोहितको प्रयोग गर्न थालेका हुन् । जिरेलहरु प्रायः सबैले विशेष गरी असोज देखि बैशाखको बीचमा आफ्नो घरमा सत्यनारायणको पूजा लगाउँछन् । उक्त पूजामा हिन्दू समाजमा जस्तै बाहुनले भने अनुसारको पूजा सामान, धुपदीप, नैबैद्य आदि चढाएर घरका परिवार र छिमेकीहरु पनि व्रत बसेर रात्रीको समयमा सत्यनारायणको पूजा गर्छन् । पूजा सकिएपछि उपस्थित सबैलाई फूल प्रसादीहरु बाँडिन्छ र रातभरि भजन, गीतहरु गाएर नाचगान गरी रमाइलो गर्छन् ।
जिरेलहरु अन्य हिन्दूहरुले मनाउने चाडवाडमा हिन्दू मन्दिरहरु जस्तैः शिव, दुुर्गा, देवी, हनुुमान मन्दिरतिर गएर पूूजाआजा गर्छन् । यिनीहरुलाई फूूलपाती, अक्षता, त्रिशुुल, घण्टा, हँसिया आदि चढाउँछन् । अधिकांश जिरेलहरुको आर्थिक विपन्नताको कारण तान्त्रिक, हिन्दूू र बौद्ध धर्मको खर्चिलो धार्मिक संस्कारहरुले जिरेलहरुको जीवन पद्धतिलाई नै “किंकर्तब्य विमुढ” बनाईरहेको छ । शायद मितव्ययिताकै हिसाब किताबले होला आजकल केही जिरेलहरु “क्रिश्चियन धर्म” मान्न थालिसकेका छन् । यसरी जिरेलहरुमा धार्मिक निरपेक्षता र सहिष्णुुताको भावना स्पष्ट रुपमा देख्न सकिन्छ ।
जिरेलहरु आफ्नो परम्परागत तन्त्र धर्मलाई पनि त्यत्तिकै मान्दछन् भने बौद्ध धर्म र हिन्दूू धर्मलाई पनि विशेष श्रद्धाका साथ मान्दछन् । आजकल क्रिश्चियन धर्म मान्ने जिरेल परिवारको संख्या बढ्दै छ । सबै धर्ममाथि अगाध श्रद्धा राखी समय परिस्थिति अनुसारको धर्मलाई स्वीकार गर्नुु जिरेलहरुको धर्म प्रतिको राम्रो सद्भावनाको परिचायक हो । जिरेलहरुले मान्ने गरेका सम्पूूर्ण चाडपर्व र सामाजिक संस्कारहरुलाई तान्त्रिक, बौद्ध र हिन्दूू तीनै धर्मले अनुुप्रेरित गरेको देखिन्छ । यसरी सबै धर्ममा जिरेलहरुमा अगाध आस्था एवं विश्वास रहेको पाईन्छ ।
प्रत्येक धार्मिक सम्प्रदायले आफ्नो छुट्टै धर्म र देवतालाई आस्था तथा विश्वास गर्दै आएको हुन्छ । हिन्दूूहरुले शिव, विष्णुु आदिलाई आफ्नो इष्ट देवता मानेको हुुन्छ भने बौद्ध धर्मले बुुुद्ध (सिद्धार्थ गौतम) लाई मानेको पाइन्छ । त्यसैगरी मुुस्लिमले अल्लाहलाई मान्दछन् भने क्रिश्चियनले जिसस क्राइष्टलाई आफ्नो देवता मान्दछन् । कृष्णलाई मात्र मान्ने कृष्ण प्रणमी धर्म, शिवलाई मात्र मान्ने शैव धर्मावलम्वी र विष्णुुलाई मात्र मान्ने बैष्णव धर्मावलम्वीहरुको कमी पनि यहाँ छैन । यी विभिन्न धर्ममा विभिन्न सम्प्रदायको आ–आफ्नै किसिमको धार्मिक आस्था र विश्वास छ ।


पहिलो जिरेल चलचित्र समय बाट लिएको तस्बिर
जिरेलहरुको पनि तान्त्रिक धर्मको आफ्नो देवताहरुः ल्हा, छ्योमुु, चेराम्जो, चेन, फोला, बजुदेव आदि छन् भने बौद्ध धर्मको विभिन्न गुम्बा तथा चैत्यहरु पनि छन् । साथै हिन्दू धर्मको विभिन्न हिन्दू देवदेवीहरु पनि मान्दछन् भने कोही जिरेलहरु क्रिश्चियन धर्मको चर्चमा गएर जिसस क्राइष्टको प्रार्थना गर्दछन् । जिरेलहरुको आफ्नो प्रमुुख देव देवताहरुमा “च्येन” (बाघ), “छ्योमु” (पोथी), “ल्हा”, “चेराम्जो”, “सूूर्य देवता”, “सेतो फोला”, “कालो फोला”, “भोटेदेवता”, “चारमाने शिकारी”, “सेतीभूमे”, “वजुुदेव” आदि हुुन् भने अन्य हिन्दू देवदेवताहरुमा भीमसेन महाराज, शिवजी, दुर्गा, जिरीश्वरी, ढुंङ्गेश्वरी, देवीथान, रम्बोले आदि हुुन् । चारमाने शिकारी जिरेलहरुको कूूलदेवता जस्तै हो र ऊ रिसाउँछ भनेर जिरेलहरु घरभित्र सुुंगुुरको मासुु खाँदैनन्, भात खाने वेलामा यिनलाई चढाएर मात्र खान्छन् र यिनलाई खुुशी पार्न पाथिभरा नामक पूूजा गर्छन् । त्यस्तै खोलाको देवता रिसाई विरामी नगराओस भन्नका लागि कुुखुुरा काटेर चैत्र वा मंसीर महिनामा भोटे देवताको पनि पूूजा गर्ने गर्दछन् भने चैते दशैमा कुुखुुराको फुल वा कुुखुुरा वा राँगो काटेर भीमसेनको पूजा गर्छन् ।
ई. ४००–४३२ तिर लिच्छीविकालका राजा कै पालमा हिन्दूधर्म लाई समाजमाथि लाद्न सकिएमा राजतन्त्र र निरंकुश हुने ठहर गरी वर्णाश्रम धर्म लागू गरेका थिए । वर्णधर्म क्षेत्री शासकहरुले प्रजालाई पालना गराउनु मरिहत्ते गरेका थिए र वर्णधर्मले चारवर्ण अर्थात ४ जात–बाहुन, क्षेत्री, वैश्य र शूद्रका निम्ति हिन्दू धर्मशास्त्रले जात अनुसारको पेशा धर्मलाई पालना गर्नुपर्ने नियम भन्ने प्रष्ट्याउँछ । त्यसैले लिच्छवि राजाहरु देखि मल्लराजवंश हुँदै वर्तमान शाहवंशका राजा सुरेन्द्र र उनीपछिका वास्तविक शासक श्री ३ राणाहरु (१९५० ई.) सम्मले यस धर्मको पालना गराउनमा मरिहत्ते गरेका थिए । लिच्छविपछि जातभातको थिति बाँध्नेमा जय स्थिति मल्ल (राज्यकाल १३८०–९५ ई.) का पालामा ४ वर्ण ३६ जात भन्ने नयाँ चलन चलेको पाइन्छ । उनले अनेकौं जात जातिलाई उनीहरुले गरिल्याएका पेशा अनुसार हिन्दू धर्मशास्त्र बमोजिम उचो निचो जात बाँड्ने काममा सल्लाह लिन भनी उत्तर विहारतिरबाट पाँचजना (एकजना उपाध्याय र २÷२ जना झा र भट्ट थरका) बाहुन झिकाएका थिए ।
शासक तथा उनीहरुको बाहुन सल्लाहकार मिलेर काठमाडौं उपत्यका बासीलाई ७२५ जातमा बाँडी जात अनुसारको पेशा (वर्णधर्म) ले चौखुराएर पशु तुल्याई शोषण गरेको लाभकारी जुक्तिलाई २०० वर्षपछि छिमेकी गोर्खाका राजा राम शाहले थाहा पाई उनले नाप, तौल र ऋणको ब्याजबारे एक निश्चित मापदण्ड र आजको विशाल नेपालका अनेकौं जात जातिमध्ये एकमात्र बाहुन जातलाई अगुवा, विद्या एवं सम्पत्तिले सुसम्पन्न र सर्वसत्ताधारी जातको अवस्थामा ल्याई पु¥याउने दूरगामी जातीय थिति समेत बाँधि दिएका थिए । तर हिन्दूधर्मको बृहत् कुरुप वर्णधर्म, छुवाछुत, जातपात प्रथाको थालनी चाहिँ कट्टर हिन्दू गोर्खाली राजा पृथ्वीनारायणका आक्रमणकारी सेनाहरुले बाईसे चौविसे राज्यहरुलाई जितेपछि गोर्खाली शासन चलाउने निहुँमा भएको थियो ।
एकीकरणको निहूमा आक्रमाण गर्दै र हिन्दू धर्म शासन लाद्दै जाँदा जिरेलहरुको यथार्थ ईतिहास र कति संस्कार संस्कृतिहरु लोप भएर गए भने नेपाल एक भाषा खस, एक मात्र धर्म हिन्दू, एक मात्र राष्ट्र हिन्दू आदि लादिएर बहुभाषीक, बहुधार्मिक तथा बहुसंस्कृति देश नेपालमा हिन्दू चाड दशैं तिहार मान्नै पर्ने अनिबार्य गराई नमान्नेहरुलाई दण्ड सजय समेत दिने नीतिले गर्दा यो अवस्थामा आएर जिरेल समुदाय नै खोजको विषय बन्न पुगेको छ । त्यसैले हिन्दू धर्म र संस्कार जिरेल समाजमा आफ्नो स्वइच्छाले स्वीकार गरेको नभै जवर्जस्ती लादिएको हो भन्न सकिन्छ । जिरेल संस्कार अनुसार झाँक्रीले घेवा गरेको निहुमा थुनेर रु. तीन जरिवना लिई दण्ड सजय दिएर वि.सं. १८७१ साल कात्र्तिक र मंसिरमा पठाएको पत्रबाट पनि जिरेलहरुलाई विगतमा राज्य शासन संचालन गर्ने शासकहरु र उनीहरुले जिम्मेवारी दिई राखेका आसेपासेहरुले आफ्नो मौलिक हक अधिकार, भाषा, धर्म, संस्कृति, रीतिरिवाज, परम्परा आदिमा पनि कस्ता व्यवहार गरिएको रहेछ भन्ने कुरा स्पस्ट हुन्छ ।
कूूलदेवताको पूजा
जिरेलले आ–आफ्नो कूूलदेवताको र पूूर्खौली आत्माको पूजा गर्दछ । यो पूजा फोम्बोद्धारा गरिन्छ भने देप्पा थरका जिरेलहरुले नाक्सुुमको पुुरोहीत्यईमा मंसिरदेखी वैशाख महिनाको कुनैपनि पूूर्णीमामा गर्ने चलन छ । जिरेलको थर अनुुसार कूलदेवता पनि फरक फरक छन् । देप्पा थरको पूजा “ल्ह” हो । ठुुङ्बा, जुुपुुले, थाबो, च्याबा र गारासम्बा थरकोले च्येन” (बाघ) को पूजा गर्छन । सेर्वा, थुुपिर्दो र छ्यूङ्पातेले “छ्योमुु” को पूजा गर्छन् । देवलिङ्गा, मेयोक्पा थरकाले “नाङ्गी ल्हा” (कालिङ्चोक) पूजा गर्दछन् भने गर्जङा ले “चेराम्जो” । पालपालीको छुुट्टै कूूलदेवता छैन भनिन्छ तैपनि जिरी उपत्यकाको सबै जिरेलले वुुद्धको प्रार्थना, नयाँ, र “लुु” पूजा गरेझै पालपालीले पनि गर्छन ।
विभिन्न थरले विभिन्न कूलदेवताको पूजा जसरी गरेता पनि सबैको एउटै साझा भावना वा कामना छ, त्यो हो जिरेल वस्तिमा आपत्ति आई नलागोस्, सबैको समृद्धी होस्, भाग्यशाली बनोस, बालीनाली–पशुपालन राम्रो होस्, रोगव्याध–शत्रु, नलागोस् र पूख्र्याैली आत्मा तथा कूलदेवता संधै खुशी रहुन् । कूलदेवताको पूजा प्रायः एउटा परिवारले लगालग् तीन वर्ष गरेर अर्कोे परिवारमा यो कामको पालो सर्छ, यो नियम अरु थरको पूजामा पनि लागु हुन्छ ।
“ल्हा” पूजा
देप्पा थरका जिरेल सँग घरमा एउट सानो पूजा कोठा कूलदेवताको लागि छुट्याएको हुन्छ । पूजाकोठाको एउटा पर्खालमा दायाँ पट्टी सूर्यको र वायाँ पट्टी चन्द्रमाको चित्र कोरेको चेप्टो ढुङ्गाको ‘थपना’ (पुरुष देवता “ल्हा” को प्रतिक) राखेको हुन्छ । देप्पाहरु सूर्य र चन्द्रमालाई उनीहरुको र वलीको अभिभावक मान्दछन् भने “ल्हा” लाई सूर्य र चन्द्रमालाई नियन्त्रण गर्न सक्ने पुरुषार्थी देवताको रुपमा मान्छन् । प्रायः प्रत्येक पूर्णीमामा पवित्र–जल (जाङली) र चामल “ल्हा” लाई चढाउने गर्छन् । पूजाकोठामा पुरुषलाई मात्र प्रवेश अनुमति हुन्छ, यदि महलिा प्रवेश भएमा विरामी पर्छ वा असुभ हुन्छ भन्ने विश्वास गर्छन् ।
“ल्हा” पूजा गर्न निर्धारण गरेको पूर्णीमाको रात पूजाकोठाको भित्तामा राता फूलहरु, सूर्य–चन्द्रमा अंकित ढुङ्गाको थपना, छ्याङ–जङली भरेका माटाका विशेष भाडाहरु, सुगन्धित साङ्धुपहरु, जौ–मकैको मण्डलहरु, तोर्माहरु, कोदोको छ्याङ्को सेजो (छोक्रा) राखेका प्लेटहरु राखेर सजाईन्छन् । १–२ दिन अगाडी देखि नै पूजाकोठा लिपपोत, रंगरोगन गरी अति सफा र पवित्र बनाईएका हुन्छन् ।
देप्पा थरको अग्रज (नाक्सुम) र फोम्बोको अगुवाईमा देप्पा सदस्यहरु सबै जम्मा भएर पूजा आराधाना संयुक्त रुपमा कोरस् गाए जसरी शुरु गर्छन् । पूजामा संलग्न सबै सदस्यहरुलाई “नाक्सुम” भनिन्छ । सबैले कूलदेवता ल्हा र पूख्र्याैली आत्मालाई उत्पत्ति स्थल सिमरौगढ देखि पूजा कोठा सम्म जुन बाटो हुँदै पितृहरु वस्ति सम्म भित्रिएका हुन् त्यही गाउँको नाम, सिमना उच्चारण गर्दै, वास राख्दै, बोलाउदै पूजा कोठामा ल्याउने काम हुन्छ । कूलदेवताको आगमनमा सबै खुशी हुदै अक्षेता–पाती छर्दै, पिठो छर्दै, जोड् जोड्ले कोरस गाए जसरी स्वागत–प्रार्थना गाउछन् र आशन गराउछन् । त्यस पछि कालो फोला, सेतो फोला लाई कालो बोका, सेतो बोका र थुप्रै कुखुरा भालेहरु वलि दिन्छन् । वलि दिएका बोका र भालेहरु केलाएर सफा पारेर केही खोक्पा देवतालाई नै चढाउने र केही खोक्पाहरु काटकुट गरी भोजको लागि पकाउने, भित्र््यांशहरु भुट्भाट गरेर देवतालाई चढाउने र निम्तालु तथा भक्तजनहरुलाई प्रसादको रुपमा बाँडी दिने गर्छन् । मासु–भात, जाँड्–रक्सी प्रशस्त दिएर भोज गर्छन् ।
सबै नाक्सुमहरुले आफू भन्दा ठूला वा अग्रजको गोडा समातेर ढोग्ने, सम्मान गर्ने चलन यसमा छ, ठूलाबाट आर्शिवाद थाप्छन् । “ल्हा” ले रागा–भैंसी र भेडालाई मन पराउदैनन् भन्ने विश्वास देप्पाहरुमा रहेकोले रागा–भैंसीका मासु नखाने र भेडा नपाल्ने परम्मरा रहि आएको छ ।पूजा सम्पन्न हुनु अघि कूलदेवता र पूख्र्यौली आत्मालाई शुरु जहाँबाट उठाएर पूजा कोठमा ल्याएको थियो, त्यही बाटो हुँदै फेरी उत्पत्ति स्थलमा नै पु¥याएर विदा गर्ने वा पूजा सम्पन्न भएको मान्ने गरिन्छ । यसबाट शुरुमा जिरेलहरु कसरी जिरी सम्म कुन बाटो हुँदै भित्रिएछन् भन्ने एउटा अलिखित ईतिहास कायम रहेको पाईन्छ ।
“च्येन” पूजा
कूलदेवता “च्येन” को पूजा जुपुले, ठुङ्बा, गरासम्बा र थाबो थरका जिरेल परिवारहरुले वर्षको एक पटक मंसीर देखि बैशाख महिनाको कुनै एक पूर्णीमामा दिउँसो धुमधामसँग मूलघरबाट २५–३० वटा र अन्य परिवार सदस्यको घरबाट १–१ वटा गरी ६०–७० वटा कुखुराको भाले बली चढाई पूजा गरिन्छ । प्रत्येक भालेको साथमा १–१ वटा अण्डा पनि चहिन्छ । यो पूजा सञ्चालन गर्न एक जना फोम्बो र एक जना उसको सहायक “छ्योपे” चाहिन्छ । नौनी घीउ र चामलको भात मोलेर “तोर्मा” हरु कूलदेवता “च्येन” को प्रतिक बनाउँछन् । घरको बाहिर जंगलछेउ ठूलो रुखको फेदमा थान बनाई “तोर्मा” हरु सजाईन्छन्, अण्डाहरु तोर्मासँग सजाईन्छ, चामल–फूलअक्षेतालाई सिंगारिन्छन् । यसरी स्थापना गरिएको स्थानलाई “ल्हासिःङ” भनिन्छ ।
च्येनको पूजा गर्ने वेलामा विशेष गरी ठुङ्बा थरका जिरेलले सर्बप्रथम घरभित्र “छ्योमु” लाई धुमधुवाल गरी छ्याङ् सगुन चढाई पूजा गरिन्छ, एउटा सेतो ध्वजा घरको नजिक रुखको टुप्पोमा लगाईन्छ । जसलाई “थास्र्यो” भनिन्छ । त्यसपछि मात्र च्येन को पूजा गर्न बाटो खुकुलो भएको मानिन्छ । “छ्योमु” देवीले रगत वली नखाने भएकोले च्येनको पूजामा भालेको वलि चढाईने भएकोले क्षमायाचना स्वरुप वा पूर्व स्वीकृतिका लागि “थास्र्यो” गरिने कुरा ठुङ्बा अग्रजहरु वताउछन् । ल्हासिःङ्मा च्येन पूजाको लागि सबै व्यवस्था भैसके पछि “फोम्बो” ले साङ्धुप बालेर ढ््याङ्ग्रो (ङा) बजाउँदै कूलदेवता “च्येन” र पूख्र्यौली आत्मालाई पूजा स्थल (ल्हासिःङ्) मा बोलाउन थाल्दछ । पूर्खाको उत्पत्ति स्थल सिमरौंगढ देखि बाटोको रुटमा पर्ने गाउँठाउँको नाम र सिमाना फलाक्दै बास राख्दै, बोलाउँदै पूजा स्थलमा ल्याउछन् । ढ््याङग्रो जोड–जोडले बजाउदै वेस्सरी काम्दै पितृ र कूलदेवता आई पुगेको घोषणा गर्दछ । त्यसपछि क्रमै सँग भालेहरु वलि दिदै रगत तोर्माहरुमा छर्छन् । सबै भाले वलि चढाई सकेपछि भाले केलाएर भालेको भित्र््यांश सफा गरेर आगोमा पोली रोष्ट तयार गरि कूलदेवतालाई चढाईन्छ, सबैको भलो होस्, रोग–व्याधा–शत्रु भागोस्, बाली–नाली–पशु पंक्षी पालन राम्रो होस् र कूलदेवता तथा पितृ आत्मा हामी देखि खुशी रहोस् भन्ने कामना गर्दै फेरी पूजा स्थलबाट शुरुको उत्पत्ति स्थानमा देवतालाई पु¥याएर विदा गरिन्छ । प्रशस्त जाँड (छ्याङ्), भात मासु, तोर्माको टुक्र र पोलेको भित्र््यांश प्रसाद बाँडेर खान्छन् र मान्यजन बाट अर्शिवाद लिन्छन् र मान्यजनलाई आदरभाव राख्छन् ।
“नाड्डी ल्हा” (कालिञ्च्योक) पूजा
देवलिङ्गा र मेयोक्पा थरका जिरेलले “नाङ्गी ल्हा (कालिञ्च्यो)” कूलदेवताको पूजा गर्ने गर्छन् । यो कूलदेवता नामक थान दोलखा जिल्लामा रहेको चुचुरो–कालिञ्च्योक र त्यहाँ अवस्थित तिर्थस्थल सँग गाँसिएको छ, जहाँ वर्षेनी तिर्थयात्रा फोम्बोहरुले गर्ने गर्दछन् । यो “नाङ्गी ल्हा” पूजा गर्न कुनै विशेष पूजा कोठाको व्यवस्था हुदैन, घर भित्रको कुनै पर्खाल नजिक एउटा ठूलो “तोर्मा” कूलदेवताको प्रतिमाको रुपमा राखिन्छ, त्यसको अगाडी चामल चुलाएर हिमचुली जस्तो बनाईन्छन्, जसले कालिञ्च्योक चुचुरोको प्रतिनिधित्व गर्दछ । छ्याङ, पवित्र जल (जाङ्ली) चढाएर साङ्धुप पोलेर साङ्सो गर्दै फोम्बोले फोम्बोको पहिरनमा वसी ढ््याङ्ग्रो बजाउँदै पूजा थालिन्छ । कूलदेवता र पूख्र्यौली आत्मा लाई पूजास्थलमा आउन निमान्त्रणा गर्दै मन्त्र फलाक्न थाल्छन् ।
यसमा पनि सिमरौंगड देखि पूजा स्थल सम्म कूलदेवतालाई ल्याउने काम हुन्छ । जव कूलदेवता र आत्मा कोठामा आएको घोषणा फोम्बोले गर्छ, तब एउटा भाले फोम्बोले र त्यस पछि घरमूलीले एउटा भाले वलि दिएर रगत तोर्मामा छर्कन्छन् अनि क्रमै सँग अन्य परिवारबाट ल्याईएका भालेलाई वलि दिन्छन् । वलि दिने काम समाप्त भए पछि कूलदेवता र आत्मालाई शुरुकै ठाउँमा फोम्बोले पु¥याएर विदा दिने कार्य हुन्छ । यसमा पनि सानाले ठूलाई सम्मान गर्ने, सबैको भलोको लागि कूलदेवता सँग गुहार माग्ने गर्दछन् । कुखुुराको मासु भात, प्रशास्त छ्याङ् खाएर भव्य भोज गर्छन् ।
देवलिङ्गा थरमा अन्तिम “फोम्बो” को समाप्ती पछि “नाङ्गी ल्हा पूजा” मा भाले वलि दिन छाडे, पूर्णीमामा खाली पाकेको वाली, जङ्ली, साङ्धुप मात्र गर्न थाले । यसै थरका व्यक्तिहरु तिव्वतबाट लामा शिक्षा प्राप्त गरि आए पछि बुद्धवाद सिद्धान्तको अहिंसाको सिल धाराण गरेपछि काटमार गर्न नहुने भएकोले १५–२० वर्ष अघि देखि नै यो पूजा रोकिएको हो भन्ने देवलिङ्गाका अग्रजहरु भन्ने गर्दछन् ।
“चेरम्जो” पूजा
यो कूलदेवताको पूजा “गर्जङा” (गर्जा) थरका जिरेलले गर्छन् । “चेरम्जो” अर्थात् हिउँले ढाकिएको गौरीशंकर (छ्योबो–छ्योमु जाङ्गबो) हिमालसँग मिलाउँछन् । जसमा जोडी चुचुरो मध्ये अग्लो शंकर वा शिव र होचो गौरी वा पार्वती (भाले पोथी) भन्ने अर्थ राख्छन् । गर्जङा जिरेलले प्रायः मंसिरको पूर्णीमामा राति चेरम्जोको पूजा गर्छन् । पूजास्थलको पर्खालमा गौरीशंकर हिमालको तस्वीर रंगाउँछन्, त्यसको छेवैमा छ्याङ्, पवित्र जल (जाङ्ली), सुंगन्धित साङ्धुप बाल्छन् । फोम्बो र उसको सहायक छ्योपेले कूलदेवता र देवीलाई पूजा स्थलमा विम्ती भाउ चढाउँदै बोलाउँछन् । फोम्बोको घण्टमाला बजाउँदै, ढ््याङग्रो बजाउँदै देवता र पितृ आत्मालाई सिमरौंगड देखि पूजा स्थल सम्म ल्याउछन् र सर्वप्रथम एउटा भाले वलि दिएर रगत हिमालको तस्वीरमा छर्कन्छन् र पछि एउटा पोथी वलि दिएर रगत छर्कन्छन् । अन्य परिवारबाट ल्याईएको भाले–पोथी पनि क्रमै सँग भोग दिन्छन् र पूजा गर्छन् । भोग दिन र पूजा सकिए पछि फेरी कूलदेवता र आत्मालाई फिर्ता पठाउने र विदा दिने गर्छन् । त्यसपछि आफन्तहरु तथा सदस्य परिवार सबैलाई मासुभात, छ्याङ् खुवाएर रमाईलो सँग भोज सम्पन्न गर्दछन्, शुभकामना आदन–प्रदान गर्ने गर्दछन् ।
“छ्योमु” पूजा
सेर्वा, थुरविदो र छ्यूङ्पाते थरका जिरेलले कूलदेवताको रुपमा “छ्योमु” को पूजा गर्दछन् । “छ्योमु” स्त्री देवी हुन्, यो ‘गौरा पर्वत’ अर्थात गौरी शंकर हिमालको गौरी जोडी चुचुरो मध्ये होचो चुचुरो सँग मिलाएर पुज्दछन् । मंसिर वा वैशाखको पूर्णीमामा यो पूजा हुन्छ । यो पूजा एक जना फोम्बोको अगुवाईमा अन्य चार जना सहायक छ्योपेहरुको मद्धतले सञ्चालन गरिन्छ । यो पूजामा मासु वा पशु वली नचल्ने भएकोले पुरोहितहरुले ३ दिन अगी देखि कुनै मासु खान नहुने, नुहाई धुवाई गरी चोखो भएर मात्र पूजा चलाउनु पर्ने भन्ने प्राबधान छ । यो पूजा कोठा भित्र सञ्चालन गरिने र यसमा महिलाहरुलाई सहभागी हुन अनुमति हुन्छ किनकी यसमा देवीको पूजा गरिन्छन् ।
पूर्णीमाको राति करिव २८ के. जी. जतिको ठूलो “तोर्मा” गौरा पर्वतको प्रतिक बनाईन्छ, जसलाई “सोल्बो” भनिन्छ । यसै सँग साना साना अरु ३÷४ वटा तोर्माहरु वनाई राखिन्छ, जुन अन्य हिमाली देवीको प्रतिकहरु हुन् । प्रत्येक तोर्माहरुमा नौनी घीउको बाक्लो लेप लगाईन्छ । तोर्माको नजिक नजिकमा चामल चुलाएर १–१ वटा पैसा (सिक्का) राखिन्छ ।
छ्याङ्् सगुन चढाईन्छ, सुगन्धित साङ् धुप बालिन्छ र फोम्बोले पूजा सञ्चालन गर्दछ । यसमा पनि कूलदेवीलाई र पूख्र्यौली आत्मालाई सिमरौंगड देखि उठाएर विभिन्न ठाउँमा बास राख्दै बोलाउदै पूजा स्थलमा ल्याउने काम हुन्छ । रातभर पाहुनाहरु, परिवार सदस्यहरु सबै मिलेर देवीको आगमनको प्रतिक्ष गर्ने र प्रशस्त छ्याङ् खाएर रमाईलो गर्ने गर्छन् । जब गौरा पर्वतमा घामको प्रकाश पर्न लाग्छ तव फोम्बोले जोड् जोड्ले ढ्याङ्ग्रो बजाउँदै, कम्पन गर्दै छ्योमु र आत्मालाई पूजा स्थलमा आउन प्रर्थाना गर्दछ । यसै क्रममा जब देवीको आगमन भएको घोषणा हुन्छ, तब त्यहाँ उपस्थित सबैले सबैको सम्बृद्धि, सुख चीरायू, वाली नाली राम्रो होस् भन्ने कामना गर्नका साथै देवी र पूर्खा नरिसाउन प्रार्थना गर्ने गर्दछन् । यस पूजामा कुनै वलि चढाउने कार्य नहुने हुँदा प्रसादको रुपमा “तोर्मा” लाई टुक्रा–टुक्रा पारेर सबैलाई दिन्छन् । तोर्मा खाँदै प्रशास्त छ्याङ् खान्छन् र साकाहारी भोज गरि पूजा समाप्त गरिन्छ । देवी र पूर्खालाई पनि फोम्बोले विदावारी गरि दिन्छन् ।
वज्युदेव (वज्युथान) पूजा
नागको छोरी (बज्युदेव) फूलपिङबाट उत्पान्न भई पूर्वखोला राज्य लिई राज गरी जिरी सिक्री र जुँगुमा बास बसेर भिमसेन भेट्न तामाकोशी पार गरी गए । भिमसेनसँग भेट्दा भिमसेनले आफू भन्दा पनि शक्तिशाली र जान्ने देखे । भिमसेनलाई भेटी फर्किने बेलामा डाह लागि बज्युदेव टुटेपानी पुग्दा भिमसेनले वाण हानेको तर टुटेपानीको उकालोमा पुग्दा सो वाण वज्युदेवले रोकेको र सुरक्षित साथ बज्युदेव क्षेत्रपा आएर बास बसी जिरी सिक्री हुँदै फर्केको थियो । फर्किने क्रममा सिक्रीको भैसीलुम्बुमा जिरेलको घरमा एक रात बास बसेको अनुमान लगाउन सकिन्छ किनभने हालसम्म पनि त्यस वज्युथानमा घरको भाग्नावशेष पाईन्छ ।
त्यहाँ बाट भोली पल्ट हालको वज्युथानमा आएर बास बसेको र अभिको मृत्यु भए पछि जिरेल महिला ज्यामेनी कामेर वज्युको आत्मा आएर आफ्नो सबै कुरा सुनाएर थान बनाएर मान्न आग्रह गरेको र सोही बेला देखि महारानी भनेर जिरेल जुपुले ज्यामेनीले नै थान बनाएर निरन्तर रुपमा गाउँमा रोग व्याधा नलागोस, चिताएको काम पूरा होस्, खेतीपाती राम्रोहोस् भनेर फूलपातीको दिन विशेष उत्सावका साथ वज्युदेव मान्दछन् । वज्युदेव बास बसेका ठाउँहरुमा पनि थान बनाएर सोही वेला देखि वज्युलाई मान्ने चलन छ । जुँगु वज्युथानमा पुरोहितको रुपमा जिरेल जुपुले थरको झाँक्री नै जाने गरेको र सधैभरि झाँक्रीलाई बोकेर ल्याउनु पर्ने र पु¥याउनु पर्ने हुँदा पछि एक भाई जिरेल जुपुले (झाँक्री खलक) जुँगुमा नै सधैको लागि त्यहाँका जिरेलहरुले स्थायी रुपमा राखेका थिए । सोही झाँक्रीले नै त्यस ठाउँमा पुरोहितको सम्पूर्ण कामहरु सम्पन्न गरेको पाईन्छ ।
जुपुले थरका जिरेलहरु सुरुदेखिकै वज्युदेवका पुरोहित हुन् । वज्युथान पुज्ने पहिला जुपुले थरका एक जना महिला ज्यामेनी भए पनि पछि आएर पुरुष झाँक्रीले मान्दै आएको पाईन्छ । तर वज्युदेवको पुरोहित मान्दजे जिरेल–वोजे जिरेल–टिकामान जिरेल–अम्बर बहादुर जिरेल गरि यी चार पुस्ता सम्माको मात्र ईतिहास रहेको पाईन्छ र सो भन्दा अगाडि को–को थिए पत्ता लगाउन सकेका छैनन् । वज्युथानमा मनमा चिताएको कुरा पूरा होस् भनेर भाकाल गर्छन् र दशैंको फूलपातीको दिन विहानै नुहाई धुवाई गरेर फुम्वा (लोटा) मा जाडँको छोक्र राखी माछा (चिरुम), हसियाँ, घण्टी आदि लिएर पुरोहितको घरमा जान्छन् र बाटोमा कोही संग पनि बोल्न हुदैन । यदी बोलेमा अशुभ भएको मानिन्छ । पुरोहितलाई आफूले ल्याएका सामान वुझाई सकेपछि सवैजना जम्मा हुन्छन् र वज्युथानको मन्दिरमा गएर चिरुम (माछा), खट्टे, सयपत्रीको फूल, भिजाएको चामल, छ्याङ् आदि चढाउछन् । वज्युथानमा विभिन्न पूर्णीमा लगाएत वैशाखको पूर्णीमामा पनि लालीगुँरासको फूल चढाउने चलन छ ।
“हृयूल्सा” पूजा
गाँउमा रोगको महामारी आएर बढी भन्दा बढी विरामी परेको खण्डमा त्यो रोगलाई गाउँबाट लखेट्न गरिने पूजा नै “हृयूल्सा” पूजा हो । यो पूजामा गाउँको प्रत्येक घरबाट एक एक वटा कुखुरा र एक एक वटा अण्डा पूजा स्थलमा ल्याउनु पर्ने हुन्छ । यो पूजा गाउँको सबैलाई पायक पर्ने ठाउँमा (कुनै एक डाँडामा) थान बनाएर झाँक्रीद्धारा गरिन्छ । पूजामा ढ्यांग्रो बजाउँदै काप्दै झाँक्रीले विभिन्न देवदेवीहरुको नाम जपी गाउँमा भएको रोगलाई पन्छाउन विभिन्न कूलहरुलाई पूजा गर्ने बचन दिदै गाउँको रोग हटाई दिन अनुरोध गर्दै विभिन्न भूत प्रेत, देवी देवता आदिलाई वली दिउँला भनेर सबैले ल्याएका कुखुराहरु पालैपालो वली दिन्छन् । पूजा गरि सकेपछि झाँक्रीले रोगलाई लखेट्दै ढ्यांग्रो बजाउदै गाउँबाट डाँडा कटाई टाडा लैजान्छन् र उपस्थित सबैजना सुस्याल्दै कराउदै झाँक्रीको पछि पछि कुदेर रोग लखेटी फर्किन्छन् । पछि सबैले कुखुराको मासु र ल्याएको अण्डा पकाएर बाँडी खान्छन् र रोग लखेटिएको खुशीमा रमाईलो गर्दछन् ।
यसरी प्राकृतिक धर्ममा फोम्बो पुरोहित द्धारा सञ्चालन गरिने यस्ता कूलदेवताको पूजाले आ–आफ्ना थर विशेषमा दाजूभाईहरु, परिवारहरु वीच सद्भाव र एकताको भावना अभिबृद्धि गर्ने जस्ता सवल पक्ष देखिन्छन् भने प्राय जसो लगातर ३ पटक (वर्ष) पूजा चलाउनु पर्ने र प्रशस्त खर्च हुने र गरिव हुन पर्ने वाध्यता यसको दुखल पक्ष छन् । यसरी आर्थिक विपन्नता र फोम्बो पुरोहितहरु नभएको कारणले होला, हाल अधिकांस जिरेलले कूलदेवताको पूजा त्याग्दै गएका छन् ।
चाडपर्व र धार्मिक समारोह
नेपालका विभिन्न जात जातिका आफ्ना चाडपर्व भए जस्तै जिरेलहरुले पनि विभिन्न चाडपर्व र धार्मिक समारोहरु भोजभातेर, मद्ययपान र नाचगान गरेर रमाइलोसँग मनाउँछन् । बौद्ध गुुम्बाहरुमा बुुद्ध पूूर्णिमामा मेला लाग्दछ । बौद्ध धर्मवलम्बीहरु यस समयमा दर्शनको लागि जान्छन् । माघे सक्रान्तिमा महादेव स्थानमा र दशैमा विभिन्न देवीथान तथा दुुर्गा मन्दिरहरुमा पूूजाआजा हुुन्छ ।
दशैं (टिका)
दशैंमा अष्टमीको दिनमा जिरेलहरुले आफ्नो गक्षअनुसार खसी, बोका, राँगा, सुंगुर, कुखुरा काट्ने गर्दछन् । नवमीको दिन गाउँमा पायक पर्ने स्थानमा पाँच वटा ढुङ्गा ठडाएर भिमसेनको थान बनाई सबैजना जम्मा भएर एक÷एक वटा भाले र पोथी वली दिएर घर घरमा लगि वन केराको पातमा कुखुराको टाउको, भित्रि अंगा, भुटेको मासु, जाँड, फूल, चामल आदि चढाउछन् र नैवेद्य बनाई गाउँमा इष्ट मित्रहरुलाई बोलाएर पालैपालो खाने चलन छ । दशमीको दिन दहीचामल मुछेर सेतो टिका र सयपत्रीको फूल लगाउने गर्दछन् । विशेष गरी दशैंमा विजया दशमीको (टिका) दिनलाई मात्र मान्ने गरे तापनि हिन्दूू जातिको सम्पर्कले गर्दा दशैं अगाडि आफ्नो घरभित्र र बाहिर विभिन्न रङको माटोले लिपपोत गर्ने, बच्चाहरुलाई राम्रो राम्रो नयाँ लुुगा किनिदिने, घरघरमा काट्नको लागि खसी, बोका, राँगा आदि किन्ने र रातो टिका राख्ने कसैकसैले जमरा समेत राख्ने गर्छन् भने कसैकसैले जमरा नराखी सयपत्री फूूललाई जमरा मानेर लगाउँछन् । दशैंको समयमा विभिन्न देव मन्दिरहरुमा जाने, पूूजा अर्चना गर्ने गर्दछन् । घरघरमा खसी बोका काटी मासुुभात, जाँड रक्सी आदि खाई रमाइलो गरी दशैं मनाउँछन् ।


अम्बर जिरेलको फेसबुकबाट
दशमी (टिका) को दिनमा आफूूभन्दा ठूूला वा मान्यजनको हातबाट टिका थापी आशिर्वाद लिन्छन् । गच्छे अनुुसार आफ्ना चेलीवेटीहरुलाई टिका लगाईदिई दक्षिणा, लुगाफाटा आदि उपहार दिन्छन् । आफूूभन्दा सानालाई पनि टिका लगाइदिई शुुभ आशिर्वाद दिन्छन् । आदर अनुुसार ढोगभेट आदि हुुन्छ । यसरी विशेष हर्षोल्लासका साथ दशैं चाड सम्पन्न हुुन्छ ।
तिहार
हिन्दूूहरुको लागि दशैं पछिको दोश्रो ठूलो चाड तिहार हो । अन्य जातिहरुले झैं जिरेलहरुले पनि यस चाडलाई रमाइलोसँग मनाउँछन् । तिहारका पाँच दिन काग तिहार, कुकुर तिहार, गोरु तिहार, गाई तिहार, भाई तिहार सबैले माने पनि जिरेलहरु सबैभन्दा बढी भाई तिहार अर्थात भाई टिकाको दिनलाई विशेष महत्वको रुपमा हेर्छन् । भाई टिकाको दिनमा दिदीबहिनीको हातबाट टिका लगाई आफ्ना दाजुभाईहरुलाई दिर्घायुु एवं सुुस्वास्थ्यको कामना गरी मखमली फूूलको माला लगाई मीठा मीठा खानेकुुरा फलफूल आदि दिई तीन पटक फुम्बा बाट पानीले घुमाई तीन पटक पानी खुवाउछन् र दाजु भाईले पैसाको सिक्का फुम्बामा छिराई पानी पिउछन् । आफू भन्दा ठूलालाई ढोगेर आशिर्वाद लिने गर्छन् । त्यसपछि सवभन्दा पहिला दिदी वहिनीले र दाजु अनि भाईले पालैपालो ढोकामा ओख्खार फोर्छन अनि मात्र घर बाहिर निस्काने चलन छ । यसैगरी दाजुुभाईहरुले पनि आफ्नो गच्छे अनुुसार दक्षिणा तथा लुुगाफाटा आदि आफ्ना दिदी वहिनीलाई उपहारको रुपमा दिन्छन् ।
माघे संक्रान्ति
जिरेलहरुले मान्ने गरेका अर्को प्रमुुख चाड माघे संक्रन्ति पनि हो । पहिला पहिला यस दिनमा फापरको फुुरौला र तरुल खाने चलन थियो तर हाल फापरको खेती लगाउन छोडेकोले फुुरौला खाने चलन हराएको पाईन्छ । माघे संक्रन्तिमा जिरेलहरु घीउ, चाकुु, तिलको लड्डुु, तरुल (कन्दमूूल) आदि खाएर मान्छन् । घरमा आफ्नो इष्टमित्र, नातेदारहरुलाई निम्ता गरी बोलाएर मीठोमीठो खानेकुुरा मासुु भात, जाँड रक्सीले स्वागत गर्छन् । उक्त दिनमा नुुहाईधुवाई गरी जिउमा तेल घसी बस्छन् ।
चैते दशैं
जिरेलहरु चैते दशैंलाई पनि प्रमुुख चाडको रुपमा धुुमधामसँग मनाउँछन् । चैते दशैंको दिन घरघरमा लिपपोत गरी सफासुुग्घर राख्छन् । आफ्ना ईष्टमित्र, नाताकुुटुुम्बहरुलाई निम्ता गरी खान बोलाउँछन् । मासुु भात, जाँड रक्सी आदि खाएर रमाइलो गर्दछन् । चैते दशैं वा राम नवमीमा कुुखुुराको फुुल वा कुुखुुरा वा राँगो काटेर भीमसेन महाराजको पूूजा गर्दछन् ।
साउने संक्रान्ति
साउने संक्रान्तिलाई जिरेलहरुले विशेष महत्वका साथ चाडका रुपमा मनाउँछन् । पहिले पहिले साउने संक्रान्तिको दिन जिरीका सम्पूर्ण जिरेलहरु जम्मा भएर सबैको घरबाट दूध सङ्कलन गरी सामूूहिक रुपमा ठूूलो भाँडामा खीर पकाएर लस्करै बसी खीर खाने चलन थियो तर हाल यो चलन लोप भईसकेको छ । हाल उक्त दिन नुवाईधुवाई गरी घर घरमा गोबर माटोले लिपपोत गरेर, पूूजाआजा गरिन्छ । आफ्ना चेलीवेटी, पाहुनापासाहरुलाई निमन्त्रणा गरी खाना खान बोलाईन्छ । उक्त दिन मीठामीठा खानेकुुराहरु मासु भात, जाँड रक्सि आदि खाएर रमाईलोसँग बिताउँछन् ।
यी माथिका विभिन्न चाड पर्वका साथै जिरेलहरु बुुद्ध पूर्णीमा (बुुद्ध जयन्ति), धान्य पूूर्णीमा, पाथिभरा पूूजा आदि पनि मनाउँछन् । बर्षको एक पटक धान्य पूूर्णीमा (मंसीर पूर्णीमा) को दिनमा फलफूल र जाँड चढाएर गौरा पार्वति (गौरीशंकर हिमाल) को पूूजा गर्छन् । थावो थरका जिरेलहरुले पञ्चमी, पूूर्णीमाको दिन १०–१२ वटा तोर्मा र कुुखुुरा तथा जुुँगुुका जिरेलहरुले दुुई तीन पाथीको तोर्मा र कुुखुुराको भोग आफ्नो इष्ट देवतालाई दिई पाथिभरा नामक पूजा गर्छन् ।
सत्य नारायणको पूूजा
अन्य हिन्दूूहरुले जस्तै जिरेलहरुले पनि कोहीकोहीले आफ्नो घरमा सत्य नारायणको पूूजा लगाउँछन् । यो पूूजा अन्य संस्कार जस्तो अनिवार्य तथा यही दिनमा गर्नुु पर्छ भन्ने छैन जुुनसुुकै दिनमा गर्दा पनि हुुन्छ । यो पूूजा गर्नाले आफ्नो मन, वचन, आत्मा चोखो हुुने, घर पनि पवित्र हुुने विश्वास गरिन्छ । फेरि यो पूजा लगाउँदा अन्य संस्कारमा जस्तो त्यति खर्चिलो पनि हँुुदैन । सत्य नारायणको पूूजा लगाउँदा भने फोम्बो तथा लामाको प्रयोग नभई ब्राम्हण पुुरोहितको प्रयोग हुुन्छ । यो पूूजा विशेष गरी आश्विन देखि बैशाख महिनाको वीचमा रात्रीको समयमा गरिन्छ ।
यसमा बाहुुनले भने अनुुसारको पूजाका सामानहरु वस्त्र, भेटी, धुुप, दीप, नैवेद्य आदि चढाई घरको परिवारका सदस्यहरु ब्रत बसी सत्य नारायण भगवानको पूूजा अर्चना गरिन्छ । यसमा प्रायः नजिकका नातेदार मात्र बोलाउने र छरछिमेकी पनि आउने हुुन्छन् । सत्य नारायणको कथा श्रवण गरेपछि सबै जनालाई फूल प्रसादीहरु बाँडिन्छन् र बाहुुन पुुरोहितलाई खाने कुुरा खान दिई टिका टाला रक्ष बन्धन बाँधी रातभरी जागराम बसेर विभिन्न धार्मिक भजनहरु तथा अन्य गीत गाई नाचगान गरेर रमाइलो गरिन्छ । विहान उज्यालो हुनसाथ नजिकैको खोलामा फूल र मन्दिर सेलाउछन् र ब्रत बसेकाहरुलाई टिका लगाई दिई बाहुन पुरोहितलाई दक्षिणा दिएर बिदा गरि यो कार्य समाप्त हुन्छ । तर जिरेल समाजमा सत्य नारायणको पूजा गर्ने चलन केहि बर्ष अघि देखि मात्र गर्ने गरेको पाईन्छ ।
न्वागी खाने
जिरेल समाजमा कुुनै पनि नयाँ वाली (खद्यान्न) भित्र्याएपछि सो अन्नबाट घरमा चार मानाको जाँड पकाउँछन् र फोम्बो खाली पेट धाराबाट नुहाएर फुम्बामा पानी बोकी कसैसँग नबोली घरमा आई जाँडको घैटो तथा विभिन्न फलफूूलले सिंगारिएका टोकरीलाई रुखमुुनि राखी फोम्बोद्धारा विभिन्न मन्त्र उच्चारण गर्दै (फलाक्दै) वरिपरि वारी बगैंचामा जाँड चढाई न्वागी गरिन्छ । सर्बप्रथम उत्पादित वालीको खाने कुुरा पकाई पहिला देवतालाई चढाएर आफूू खाने चलान नै “न्वागी खाने” हो । यस प्रक्रियालाई जिरेलहरुको भाषामा “छ्याङ्ग छ्योत्च्या” भनिन्छ । न्वागी खाएपछि मात्र नयाँ वालीको खाद्य पदार्थ उपभोग गर्न हुुन्छ भन्ने विश्वास जिरेल समुुदायमा पाइन्छ । नयाँ अन्नबाट तयार भएको जाँड खान फुुकाउनका लागि फोम्बोलाई घरमा बोलाउने चलन छ । त्यसपछि फोम्बोले त्यस जाँडलाई मन्त्र (फुुकफाक) गरेर सबैलाई खान अनुुमति दिन्छ र सबै जनाले सँगै बसेर जाँड खान्छन् र त्यसपछि नयाँ अन्न खान फुुकाईन्छ ।
पोल्दाक खाने
जिरेल समाजमा “पोल्दाक” खाने परम्परा कुुनै धार्मिक समारोह तथा कुुनै चाडपर्व नभए पनि यो एक किसिमको पर्व वा परम्परा हो । जिरेलहरु असारमा बारीमा कोदो रोप्ने दिन यो पोल्दाक खान्छन् । यस्तो किसिमको
परम्परा जिरेल समुुदायले मात्र मान्ने एउटा छुुट्टै किसिमको विशेष तथा चाखलाग्दो परम्परा हो । कोदो रोप्ने वेलामा राम्रोसँग भुटेर पिनेको गहुँको पीठो छ्याङ्गमा मुछेर प्रति व्यक्ति एक एक मानाको दरले डल्लो बनाई खान्छन् । जिरेल भाषामा यसलाई “पोल्दाक” भनिन्छ । खाजाको रुपमा यो पोल्दाक तारेको आलुु र छ्याङ्गसँग कोदो रोप्ने दिनको मध्यान्हमा खाइन्छ । यसरी असारमा कोदो रोप्ने वेलामा “पोल्दाक” खाएर विभिन्न रमाइला मायाप्रीतीका गीतहरु गाई रमाइलो गरिन्छ । तर हाल त्यसरी “पोल्दाक” खाने परम्परा हराउन थालेकोले आजकल कोदो रोप्ने खेतालाहरुलाई रोटी, चिउरा तरकारी, भात आदि दिने चलन चल्न थालेको छ ।
भाषा
एक अर्का वीच गरिने संवाद भाषा हो भने भाषा मानव जीवनको लागि अति महत्वपूर्ण छ र भाषा विन मान्छे ईशाराको भरमा मात्र चल्ने हो भने आहिलेको यो एक्काईसौं शतव्दीसम्म आएर पनि परिवर्तन तथा सुविधा सम्पन्न हुन सक्ने थिएन । त्यसकारण भाषाले मानव जीवनको हरेक क्षेत्रमा ठूलो मद्धत पु¥याएको हुन्छ । विश्वका विभिन्न देशहरुमा विभिन्न भाषा भाषीहरु छन् र नेपाल पनि एक बहुभाषीक देश हो । यहाँ विभिन्न आदिवासी जनजातिहरु बसोवास गर्ने हुँदा नेपालका आदिवासी जनजातिहरुको आ–आफ्नो छुट्टा छुट्टै भाषाहरु छन् । त्यसैले नेपालमा एक सयवटा भन्दा बढी भाषाहरु बोल्छन् भन्ने कुरा विभिन्न तथ्याङ्कहरुबाट हेर्न सकिन्छ । अन्य समुदायको जस्तै नेपालका आदिवासी जिरेल समुदायको पनि आफ्नो छुट्टै भाषा रहेको छ जुन भाषा भोट बर्मेली भाषा पविार अन्तर्गत पर्दछ र जिरेलहरु आफ्नो समुदायमा मातृभाषाको रुपमा आफ्नै भाषा बोल्दछन् जसलाई जिरेल भाषा (जिरेल बात्) वा (दाक्पोङ बात्) भनिन्छ ।
राष्ट्रिय जनगणना २०५८ सालको केन्द्रीय तथ्याङ्क विभागका अनुसार जम्म जिरेलको ५३१६ (०.०२%) जना जनसंख्यामा ४९१९ जनाले मात्र जिरेल भाषा बोल्छन् । जिरेलको कुल जनसंख्यामा ९२.५३% हुन आउछ । जस अनुसार २५१० (५१%) जना जिरेल महिलाहरु र २४०९ (४९%) जना जिरेल पुरुषहरुले जिरेल भाषा बोल्ने गरेको पाईन्छ । जिरेलहरुको भाषामा जिरी गा.वि.स. का केही वडाहरुमा कुनै कुनै शब्दहरुको उच्चरणमा फरक फरक देखिन्छ । त्यस्तै गरी जुँगु र क्षेत्रपाका जिरेलहरुमा पनि केही शब्द उच्चरणमा फरक देखिन्छ । तर भन्न खोजेको एउटै हो उच्चरण र शैलीमा मात्र फरक भएकोले पूरै फरक भने पाईदैन । जिरीबाट बसाइँ सरी अन्यत्र जाने क्रममा जिरेलको भाषा बोल्न छाडि सकिएको हुँदा सिन्धुपाल्चोक जिल्लाका जिरेलहरु जिरेल भाषा बोल्न जान्दैनन् र बुझ्दैनन् । त्यस्तै गरी जिरीबाटै बसाइँ सर्ने क्रममा वा रोजगारी तथा शिक्षा हासिल गर्ने सिलसिलामा काठमाडौं पुगेका जिरेलहरुले पनि आफ्नो मतृभाषा जिरेल भाषा बोल्न छोड्दै गएको देखिन्छ र शिक्षा दिने क्रममा आफ्ना छोरा छोरीलाई बोर्डिङ स्कूलहरुमा पढाउनु पर्ने तथा अन्य समुदायहरु सँगको बढी सम्पर्कले गर्दा जिरेल भाषा सिकाउन छोडि सकेका छन् ।
त्यसैले जिरेल भाषा विस्तारै लोप हुने क्रममा छ । अन्य जिल्लाहरुमा बसाइँ सरेर स्थायी बसोवास गरि रहेका जिरेलहरु भाषा मात्र नभई जिरेल भन्ने थर समेत लेख्न छोडि सकेका छन् । तर जिरेल भित्र भएको आफ्नो थर भने भुलेका छैनन् । त्यसकारण उनीहरु जिरेल हो भनी गर्भ गर्दै जिरेल समुदायको उत्थानको निमित्त केही गर्नु पर्छ भन्ने भवना बोकेको पनि पाईन्छ । साथै उनीहरु थर सच्याउन चाहन्छन् र भाषा सिक्न उत्साहित देखिन्छन् ।
जिरेलको परम्परागत आवश्यक घरेलु सामाग्रीहरु
जिरेल समुदायले आफ्नो आवश्यत्ता पूरा गर्नका लागि दैनिक जीवनमा विभिन्न कालखण्डमा विभिन्न सामाग्रीहरुको प्रयोग गर्दै आएका थिए । आदिमकाल देखि जिरीमा बसोबास गर्ने क्रममा त्यस क्षेत्रमा भएका स्रोत र साधानलाई प्रयोगमा ल्याई जिरेलहरु जिविकोपर्जन गर्दै आएको देखिन्छ । परम्परा देखि जिरेलहरुले शिकार खेल्न तथा आफ्नो रक्षका लागि धनु वाण, घुँयत्रो, भाला आदि प्रयोगमा ल्याएको पाईन्छ । त्यस्तै गरी घरयसी सामाग्रीमा डेली, ठेकी, धुनारी, सम्पर, चौठा, मन्दानी, गुर्रा, नेथी, काठको डाडु, काठको दवी, घिच्छुवा काठ (रेप्पे), पेराङ्गो, माछामार्ने फुङा (ङ्याक्चेल), फुर्लुङ्ग (पुकुली), डोक्से, डोको, डालो (तोलुम), थुन्से (रोङज्यूङ), नाम्लो, जाँतो, फूंलो, झूलो चकमक, खुकुरी, हाँसिया, कर्धा, बन्चरो, झोतारा, हलो, जुवा, कोदालो, तोक्लाङ, पिठो छान्ने चेमा, जाँड छान्ने सोतो, कोदो सुकाउने सरङ, जाँड फिजाउने मान्द्रो आदि परम्परागत सामाग्रीहरु चलन चल्तिमा ल्याएको पाईन्छ ।
जिरेलको परम्परागत खेलहरु
खेलले मानव जीवनलाई आनन्द दिनुका साथै आफ्नो ईमान्दारीता र सक्षमताको कदर तथा अनुशासित, शारिरीक स्वास्थ्य रहनमा मद्धत पु¥याउछ भने प्रतिस्पर्दीमा उत्साहीत समेत बनाउछ । वातावरण र प्राकृतिक अनुकुल परापूर्वकाल देखि नै मानिसहरु मनोरञ्जनको रुपमा विभिन्न खेलहरु खेल्दै आएको पाईन्छ । नेपालमा विभिन्न समुदायका आ–आफ्नै किसिमका खेलहरु हेर्न सकिन्छ । कुनै खेलले अन्तर्राष्ट्रिय मान्यता पाउछन् भने कुनै खेल लोप भएर गएको पनि देख्छौ । जिरेलले स्रोत र साधानले साथ दिए सम्मका खेलहरु खेलेको पाईन्छ । खास गरी जिरेलहरुले विभिन्न धार्मिक समरोह, चाडपर्व, गाई बस्तुको गोठालो जाँदा उपयुक्त हुने खालका खेलहरु खेलेको पाईन्छ ।


पहिलो जिरेल चलचित्र समय बाट लिएको तस्बिर
जिरेलहरुले परम्परा देखि खेल्दै आएका खेलहरुमा धनुवाण द्धारा तारा हान्ने, डण्डी–वियो, सिरुपाते, छ्योलो, लुकामारी (कुक्कु), भाले जुधाई (छ्योबो), दौड (बत्य), ज्याप्रीङ, कुस्ती (पछार्ने), गह्रुंगो बस्तु उचाल्ने, बाघचाल, फराले, घट्टी जस्ता खेलहरु खेलिन्थ्यो । तर समयको परिवर्तन सँग सँगै हाल आएर जिरेल युवाहरु भलिवल, फुटबल, क्रिकेट, टेवल टेनिस आदि खेलहरु प्रति आकर्शित भएकोले जिरेलहरुले खेल्ने परम्परागत खेल लोप भै सकिएको छ । तर ति खेलहरुलाई व्यवस्थित तरिकाले संचालन गर्दै आधुनिक रुपमा विस्तार गर्दै उचित पुरस्कारहरुको व्यवस्था गर्ने हो भने अत्यन्तै रमाईलो र प्रतिस्पर्दीमा आउनेको संख्यामा बृद्धि तथा परम्परगत खेलहरुको संरक्षण समेत हुने देखिन्छ ।
जिरेलको परम्परागत पेशा तथा सिपहरु
जिरेलहरु परम्परा देखि नै खेती र पशुपालन पेशामा सिमित रहेको देखिन्छ । खेती र पशुपालन बाहेक जिरेलहरु डोको, नाम्लो, डालो, चित्र, थुन्से आदि दैनिक जीवनमा प्रयोग हुने बस्तुहरु बुन्ने, हलो जूवा बनाउने, घरको छाना छाउने पात्रे ढुङ्गा निकाल्ने आदि पेशाहरु अप्नाएर बसेका थिए । त्यस्तै गरी जिरी र आसपासका क्षेत्रहरुमा सडकको विस्तार हुनु भन्दा अगाडिसम्म जिरेलहरु जिरीबाट कुखुरा, घीउ आदि बेच्न काठमाडौंसम्म पनि पुग्ने र काठमाडौंबाट आफूलाई आवश्यक पर्ने सामाग्री किनेर ल्याउने गरिन्थ्यो । साथै नुन लिन जिरेलहरु तिब्बत सम्म पुग्नु पथ्र्यौ र भीरको बाटो भएर जाने आउने गर्नु पर्ने हुँदा अप्ठ्यारो बाटोमा दुर्घट्ना समेत हुने सम्भावना धेरै हुन्थ्यो त्यसकारण त्यस वेला कोही जिरेल फर्के कोही जिरेल फर्केन भन्ने कुरा त्यस बेलाका घट्नाहरुको स्मरणमा बुढापाकाहरु बताउछन् । जिरीमा स्वीजरल्याण्ड र नेपाल सरकारबाट २०१४ साल देखि जिरी बहुमुखी विकास कार्यक्रमको सुरुवात गरिए पछि जिरी र आसपासका जिरेलहरुमा केही परिवर्तन आयो र २०१५÷१६ साल तिर जिरी मा.वि. को स्थापना भएपछि जिरेलहरुले पनि शिक्षा हासिल गर्ने शुअवसार पाए र हाल आएर जिरेलहरु विभिन्न सरकारी कार्यालय, संघ÷संस्थाहरुमा आबद्ध भएर विभिन्न पदहरुमा कार्यरत छन् भने उद्योग व्यवसयमा पनि त्यत्तिकै सहभागी छन् ।
त्यति मात्र नभएर हाल आएर जिरेलहरु आधुनिक खेती र पशुपालनमा पनि व्यस्ता रहेको पाईन्छ । लामोसाँघु–जिरी सडक विस्तार भएपछि केही जिरेलहरुले विभिन्न अवसारहरु पाए तापनि केही जिरेलहरुको आर्थिक स्थिति अत्यन्तै कमजोर भएको कारण न उच्च शिक्षा नै हासिल गर्न सकियो न राज्यबाट पाउने कुनै अवसार नै पाए । त्यसकारण हालसम्म पनि कोही जिरेलहरु जिरीबाट सोलुखुम्बु सम्मा साहूको भारी खेप्ने खेताला कै पेशामा सिमित रहेको देखिन्छ । सडक भन्दा अलि टाढा रहेका जिरेलहरुको गाउँमा अझै सम्म पनि कुनै विकास निर्माणको कार्यक्रमहरु नभएको र उचित शिक्षा समेत हासिल गर्न नसकिएको कारण पुरानै खेती र पशुपालन पेशामा नै निर्भरता रहेको देखिन्छ ।
जिरेल गीत संगीतको एक दशक
गीत संगीतले मानव जीवनमा आनन्द मात्र नदिई भाषा संस्कृतिको संरक्षणमा समेत ठूलो योगदान पु¥याएको हुन्छ । गीत संगीत विना कुनै पनि समुदायको भाषा तथा संस्कार संस्कृतिको अध्ययन गर्न अधुरा रहन्छन् भने गीत संगीतले माया प्रीतिका कथालाई समेत विशेष महत्वका साथ हुर्काएका हुन्छन् र जीवनका तितामिठा यात्राहरु पनि सँगलेका हुन्छन् । आफू हुर्केका गाउँबेशी अनि साथी संगीहरु सँग आफूले वितएका क्षणहरु अझ मिठो र रमाईलो शैलीमा प्रस्तुत गरिएका हुन्छन् । त्यति मात्र नभै सुख–दुःख, मिलन–विछोड, आनन्द–दिक्का, हासो–आँशु र जीवनको उकाली–ओरली समेतको संगम नै गीत संगीत हो । त्यसैले गीत संगीत विनाको जीवन सबैका लागि अधुरा हुन् ।
जिरेल समुदायको गीत संगीतको क्षेत्रमा धेरै अगाडि देखिको कुनै ईतिहास नपाए तापनि गाई वस्तु, भेडा बाख्रा आदिको गोठालो गर्दा जिरेल युवाहरु जोरमुराली र जिरेल युवतीहरु विनायो, मर्चुङ्गा बजाउदै प्राकृति संग रमाउने, घाँस दाउरामा जाँदा पातको पीपिरीको सुरिलो धुन बझाउदै थकाई मार्ने र विभिन्न धार्मिक समरोह तथा खुशीयालीको कार्यक्रमहरुमा डम्फु, टुङ्ना, आदि बझाएर गीत गाउदै रमाईलो गर्ने गरिएको पाईन्छ । परम्परागत बाजाहरुलाई व्यवस्थित तरिकाले प्रयोगमा ल्याउन नसकिए तापनि जिरेल युवाहरुको एक दशक लामो अथाक प्रयासका योगदानले हाल आएर देशका विभिन्न क्षेत्रमा जिरेल गीत संगीतको चर्च परिचर्च पाएका छन् । तर जिरेलको यथार्थ गीत संगीत कस्ता थिए र कसरी प्रस्तुत गरिन्थ्यो भन्ने बारे कुनै लेख तथा इतिहास भने पाएको छैन ।
जिरेल भाषाको गीत, संगीत र नृत्य विगत देखि नै जिरेल युवाहरुबाट समय समयमा गाउँघर तिर प्रस्तुत गरिन्थ्यो भने त्यसलाई समूहगत रुपमा लागि परेर दोलखा जिल्लाको जिरी गा.वि.स. वडा नं. ३ तल्लो सिक्रीबाट विकासित हुँदै आहिले दोलखा जिल्लाको विभिन्न जिरेल गाउँहरुमा समेत विस्तार हुँदै गएको छ ।
जिरेल समुदाय उत्थान संघ, नेपालले विभिन्न समितिहरुको गठन गरी आफ्नो समुदायको हितको निमित्त विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आएको छ । नेपालमा निरंकुश राजतन्त्रको अन्त्य गरी देशमा राज्यको पुनःसंरचना र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न सात राजनैतिक पार्टीहरुको नेनृत्व तथा विभिन्न संघ÷संस्था, उद्योगी व्यवसयी, पेशाकर्मीको सहभागीतामा नेपाल आदिवासी जनजाति महासंघ सँग सहकार्य गर्दै जिरेल समुदाय उत्थान संघ, नेपालले मिति २०६२–२०६३ को १९ दिनसम्म भएको ऐतिहासिक जनआन्दोलन भाग–२ मा सक्रिय सहभागी भएर आफ्नोे भूमिका निर्वाह गरिएको छ । साथै जनआन्दोलनद्धारा पुनःस्थापित प्रतिनिधिसभाद्धारा पारित तथा विधायीका संसदद्धारा अनुमोदन र जारी गरेको नेपालको अन्तरिम संविधान २०६३ ले नेपालका आदिवासी जनजातिहरुले उठाउँदै आएका प्रमुख माग तथा मुलभूत पक्षहरुलाई संवोधन गर्न नसकिएको कारण आदिवासी जनजातिहरुको हित र भावनासंग बाझिएका व्यवस्थाहरुको थपघट, संसोधन र परिमार्जन तथा खारेज गर्न नेपाल आदिवासी जनजाति महासंघले आयोजना गरिएका विभिन्न कार्यक्रम तथा आन्दोलनहरुमा संघको तर्फबाट सहभागी हुदै आएको छ ।
जिरेलको जनसंख्या
२०४८ सालको जनगणना अनुसार नेपाल अधिराज्यभर जिरेलहरुको जनसंख्या ४,८८९ र जिरी गा.वि.स.को कूल जनसंख्या मध्ये जिरेलको मात्र संख्या ३,०६७ छ । त्यस्तै गरी २०५८ सालको राष्ट्रिय जनगणनामा केन्द्रीय तथ्याङ्क विभागका अनुसार नेपाल अधिराज्यको ४३ वटा जिल्लाहरुमा जिरेल बसोवास गरी रहेको देखिन्छ । जस अनुसार जिरेलको पुरुष २,५८२ जना र महिला २,७३४ जना गरी जम्मा जनसंख्या ५,३१६ जना देखाईएको छ । जिरेलहरु बसाइँ सराइँ तथा जागीर (नोकरी) खानको लागि नेपाल, भारत, भुटान, बर्मातिर जाँदा आफ्नो वास्तविक जाति जिरेल लेखाउँदा विभिन्न किसिमको सोधखोज भई झण्झट हुने भएकोले कतिपय जिरेलहरुले सुनुवार, राई, मुखिया, किराँती तथा अन्य थर लेखी जागिर खाएका छन् । यद्यपि, यो परम्परा छिटपुट रुपमा देख्न, सुन्न पाइन्छ ।
हाल आएर कतिपय जिरेलका छोरा नातिलाई आफ्नो जिरेलको थर लेखी नागरिकता लिन गाह्रो परेको छ । जनगनणना लिने क्रममा पनि आफ्नो जातित्वको बारेमा नबुुझेका खास जिरेलहरुबाट निश्चित संख्या लेखिएको पाईदैन भने कतिपय जिरेलहरुको नाम तथ्याङ्क (जनगणना) मा नै पनि छुट हुन गएको कारण जिरेलहरुको संख्या कम देखाईएको छ । कातिपय ठाउँहरुमा जिरेल हो, भाषा छ, संस्कार संस्कृति पनि छ तर नागरित्तामा अन्य जात लेखिएको पाईन्छ । कारण के हो भने नेपालका शासकहरुले वर्णधर्म अनुसारको रोजगार दिने नियम लागू गरेको कारण पनि आफ्नो चाहना पूरा गर्न जिरेल नभनि अन्य जात लेख्न वाध्य भए र बनाए । फलस्वरुप आज आएर उनीहरुको सन्तान अध्ययनको क्रममा सर्टिफिकेटमा बाबु बाजेले लेखेको थर लेख्न बाध्य भई जिरेलको संख्यामा ह्रास आएको छ ।
त्यति मात्र नभएर जिरेलहरु बसोवास गरिएको गाउँमा कुनै कालखण्डमा विफर रोगको महमारी आई गाउँ नै छ्याप्प बनाएको र सो वेला अशिक्षा तथा रोगको कुनै उपचार नै हुन नसकि धेरै जिरेहरुको मृत्यु भएको हुँदा जिरेलहरुको संख्या कम भएको अनुमान लगाउन सकिन्छ । साथै जिरेलहरु नेपालको अतिरिक्त कामको सिलसिलामा पहिलेदेखि नै भारतको नागाल्याण्ड, आसाम, दार्जिलिङ्ग, कालिमपोङ, सिक्किम आदि ठाउँमा र भुटान, बर्मा आदि देशमा पुुगेका छन् । ती मध्ये केही फर्केर नेपाल आए भने केही जिरेल अझै पनि त्यही नै घरजम गरी बसेका छन् । त्यसकारण राज्यले नेपालको जनगणना आ–आफ्नो जातीय संस्थाहरुलाई जिम्मेबारी दिई तथ्याङ्क संकलन गरिएमा मात्र आदिवासी जनजातिहरुको सहि संख्या आउन सकिन्छ । साथै राज्यले नागरित्ता दिने क्रममा पनि सम्बन्धीत जातीय संस्थाको सिफारिसमा नागरित्ता लिने र थर सच्याउन पाउने नीति ल्याउनु पर्ने देखिन्छ ।
वसाइ“ सराइ“मा जिरेलको इतिहास
जिरेलको आदिभूमी दोलखा जिल्लाको जिरीबाट बसाइँ सराइँको क्रममा नजिकका ठाउँहरु जुँगु, क्षेत्रपा, ठूलोपातल, काव्रे, झ्याँकु तिर विस्तारै सर्दै गए । त्यस क्षेत्रहरुमा पनि जनसंख्या बढ्दै गयो र जिरेलहरु विभिन्न कालखण्डमा देश तथा विदेशतिर पलायन हुन थाल्यो । बसाइँ सर्नुको खास कारण देशमा विभिन्न शोसनकारी शासन, दमन, उत्पीडन तथा दैनिक आवश्यक उपभोग्य सामानहरुको अभाव, शिक्षा हासिल गर्न नपाउनु आदि नै हो । जिरेलहरु रोजगारको शिलशिलामा भौतरीदै भारत, सिक्किम, भुटन, बर्मा आदि देशहरुमा गएको पाईन्छ । त्यस वेला गएका जिरेल युवाहरु कति आफ्नो पूर्खौली भूमी फर्के त कति त्यहीका नागरिक भए । पुस्तौ भएपछि जिरेलकै सन्तान भए तापनि अब उनीहरु अर्कै जात भैसके ।
तर जिरेलहरु जस्तो सुकै परिस्थिति तथा नलोभिएर होला कहिलै पनि आर्यहरुको थर भने लेख्न चाहेनछन् । कोही जिरेलहरुले राई, गुरुङ, सुनुवार लेखे भने कोही जिरेलहरुले मुखिया थर लेखेको पाईन्छ । तर थर सच्याउनुको पछाडि उनीहरुमा एक न एक स्वार्थ भने रहेको पाईन्छ । आदिमकालमै कोही जिरेलहरु शिकार खेल्ने क्रममै अन्यत्र बसाइँ सरेका छन् भने कोही जिरेलहरु देशमा भोकमारी लाग्दा गाउँ नै छोडेर बसाइँ सरेका छन् । कुनै कालखण्डमा विफर जस्ता भयनाक रोगको महामारी गाउँ भरी फैलिदा आफू स्वास्थ्य रहन तथा ज्यान बचाउन जिरेलहरु अन्य भागमा बसाइँ सरेको पाईन्छ ।
सिन्धुपाल्चोकमा जिरेलको बसाइँ सराइँको इतिहास
जिरेलको आदिभूमी दोलखा जिल्लाको जिरी, जुँगु र क्षेत्रपाबाट आदिमकालमै जिरेलहरु कालिञ्चोकको सेरोफेरोमा शिकार खेल्न जान्थ्यो र शिकार खेल्ने क्रममा थामी शिकारीहरु सँग भेट भयो र पटक पटक शिकार खेल्न आउने जाने गर्दा धेरै नजिक भएपछि एक जना थामी संग मित लगाई मितेरी नाता गाँस्न पुगे । दिन दिनै शिकार खेल्ने क्रममा थामीले जिरीबाट कालिञ्चोकको सेरोफेरो आउन धेरै टाढा भयो भनेर सिन्धुपाल्चोकमै मिलेर बसौं र शिकार संगै खेलौ भन्ने सल्लाह दिए पछि व्यवस्थित तरिकाले बस्न थाले । थामीहरु सँगै शिकार खेल्न जाने र बस्ने व्यवस्था भएको हुँदा खेतीपाति समेत गर्न थाले । त्यस्तै गरी नाता गोता तथा अन्य जिरेलहरु पनि त्यस बेला नै सिन्धुपाल्चोक आएर बस्न थाले । पछि जिरेल र थामीहरुको संख्या वढ्दै जाँदा अब जग्गा बारे जिरेल र थामी बीच तेरो र मेरो भन्ने विवाद हुन थाल्यो ।
त्यस पछि गाउँको एक जना बुढापाकालाई राखेर निसाफ गर्न गाउँका सबैजना भेला भए । त्यति खेर निसाफ गर्ने एउटा पोखरी बनाएको हुन्थ्यो र दुई जनालाई पोखरीमा डुबाउथ्यो जो धेरै पछि सम्म पोखरीमा डुबेर बस्छ उसैको जित हुन्थ्यो । त्यस किसिमको निसाफमा जिरेल धेरै पछिसम्म डुबेर बसी जिरेलले त्यस क्षेत्रमा जितेर बस्ती बसालेर व्यवस्थित रुपमा बस्न लागे । तर यो घटना जिरेलहरु बसोवास रहेका सिन्धुपाल्चोकको सवै गाउँ नभै कुनै एक गाउँ हुन सक्छ । उही वेलामा जिरेलले फलाम र लुगाको काम गर्ने जिरीबाटै ल्याएको कुरा त्यहाँका बुढापाका बताउछन् । जिरेलहरु बसोवास रहेका सिन्धुपाल्चोक जिल्लाको चोकटी, कर्थली र घोर्थली गा.वि.स. हरुमा जिरेलहरुको नाममा किपट लालमोहर भएको तर पछि विभिन्न व्यक्तिहरु आएर सोधखोज गरी लगेकोले पुरानो प्रमाणहरु खासै केही भेटीएको छैन । सिन्धुपाल्चोकका जिरेलहरुले आज भन्दा अगाडिको पुस्ता सम्मकाले जिरेलहरुको सम्पूर्ण संस्कार संस्कृति गर्ने गरिन्थ्यो र त्यहाँका जिरेलले लामा समेत अध्ययन गरेर जिरेलहरुको परम्परा अनुसार संस्कार गरेको पाईन्छ । साथै जिरेल लामाको परिवारहरु संग पछिसम्म पनि सुनको अक्षरले लेखेको पोस्तोक भएको र चोरी भई कहाँ पुग्यो भन्ने थाहा नभएको कुरा घोर्थली ५ का लामा परिवारहरु वताउछन् ।
जिरेलहरुको ति विविध सम्पत्तिहरुको संरक्षण गर्न नसकिएको कारण नै हाल जिरेलको मृत्यु संस्कार गर्दा त्यहाँका जिरेलहरु तामाङ लामाबाट गर्ने गरिन्छ । सिन्धुपाल्चोक जिल्लाको चोकटी, कर्थली र घोर्थली गा.वि.स.हरुमा मात्र नभई जिरेलहरु अन्य गा.वि.स.हरुमा समेत बसोबास गरेको पाईन्छ । जस्तैः राम्चे, टेङथली, मारमिङ आदि गा.वि.स.हरुमा पछिसम्म पनि जिरेलहरु भएको र विस्तारै भाषा र संस्कार संस्कृति लोप हुदै जाँदा जात पनि हराएको छ । तर हाल ती जिरेलहरु जिरेल नभनी अन्य थर लेख्छन् र जिरेलको भाषा, संस्कृति रीतिरिवाज परम्परा सबै छोडेर अन्य संस्कार गर्न थालेका छन् । सिन्धुपाल्चोकका जिरेलहरु सरकारी कार्यालय तथा अन्य ठाउँहरुमा जागिर खादा जिरेल नभनि गुरुङ लेख्नेहरु धेरै पाईन्छ ।
साथै रोजगारकै शिलशिलामा चोकटी ८, सिन्धुपाल्चोकका तीन जना जिरेलहरु बेलायतमा समेत पुगेका छन् । उनीहरु राजदुतवासमा काम गर्दा गर्दै हाल त्यही बसोवास गर्दै आएका छन् । जिरेल संघको तेस्रो राष्ट्रिय महाधिवेशनमा सहभागी हुन लण्डनबाट मानबहादुर जिरेल (च्याबा) उपस्थित हुनुभएको थियो र उहाँ हाल जिरेल समुदाय उत्थान संघ नेपालको केन्द्रीय सल्लाहकार समितिको सदस्यमा रहनु भएको छ । त्यस्तै गरी सिन्धुपाल्चोकका जिरेलहरु आज भन्दा ३० वर्ष अगाडि नेपाल तथा भारतको सेनामा भर्ति भएकाहरुको नागरित्तामा गुरुङ थर लेखेको पाईन्छ र हाल आएर जिरेल भनेर थर सच्याउन चाहन्छन् तर राज्यको नीति अत्यन्तै झन्झटीलो भएको कारण धेरै समस्या परेको छ ।
तराईका जिल्लाहरुमा जिरेलको बसाइँ सराइँको इतिहास
तराईका जिल्लाहरुमा जिरेलहरुको बसाइँ सराइँको इतिहास त्यति लामो छैन । जिरेलहरु जिरी, जुगु र क्षेत्रपाबाट तराईको जिल्लाहरुमा बसाइँ सरेको करिव तीन चार पुस्ता मात्र भएको देखिन्छ । पर्सा जिल्ला सुवर्णपुर गा.वि.स.का जिरेलहरुको भनाई अनुसार गाउँमा भोकमारी आएको कारण सवभन्दा पहिला जिरीबाट चितवन आएर वसेको र चितवन बाट उनीहरुलाई सरकारले नै पर्सामा पठाएको बताउछन् । तर चितवनबाट पर्सा नजाने जिरेलहरु कोही चितवनमै बसेका छन् र कोही तराईका अन्य जिल्लाहरुमा बसोबास गर्ने गरेको पाईन्छ । तराईमा बसाइँ सर्ने जिरेलहरुले पनि जिरेलको भाषा, धर्म, संस्कार संस्कृति भूलिसकेका छन् । बुढापाखाहरुलाई बाहेक आहिलेका जिरेल युवा युवतीहरुलाई न जिरेल भाषा आउछ न जिरेल भनेको नै थाहा छ ।
जिरेलको बारेमा लेखेका पुस्ताक, लेख, रचनाहरु नभएर पनि होला उनीहरुलाई आफ्नो आदिभूमी जिरी हो भन्ने कुरा समेत जानकारी छैन । त्यसकारण बढी जसो तराईका जिरेलहरुले आफ्नो थर सुनुवार र राई लेख्ने गरेको पाईन्छ । जात अन्य लेखे पनि जिरेल भित्रको थर सोध्दा आफू कुन थरको जिरेल हो अझै सम्म पनि याद छ आफ्नो थर स्पस्ट भन्छन् । जिरीबाट इलाममा बसाइँ सरेका जिरेलहरु मुखिया थर लेख्छन् र सुनुवारहरुको संस्कृतिमा भूलिसकेको पाईन्छ । उनीहरुलाई आफ्नो थर किन नलेखेको भनि प्रश्न गर्दा जिरेल भनेको के हो, कस्ता जात हुन्, पानी चल्ने जात होकी नचल्ने आदि भनेर सोध्छन् त्यसकारण यसको व्याख्या गर्नु भन्दा अरु चिने जानेको थर भन्यो आनन्द छ भनेर भन्छन् ।
यो एक्काइशौं शतब्दीमा आएर पनि मानिसहरु पुरानै सोच बोकेर हुर्किएका कारण कुनै व्यक्ति तथा समुदायको उत्थान तथा भाषा, संस्कृति, रीतिरिवाज परम्परा आदिको संरक्षण सम्बद्र्धनमा सहयोग गर्नुको सट्टा जात, थर, संस्कार संस्कृतिलाई आधार बनाएर विभिन्न खालका प्रश्न गरी अन्यौल सिर्जना गर्नु, राज्यको अति महत्वपूर्ण कार्यक्रमहरुमा आदिवासी जनजातिहरुलाई सहभागी नगराउनु, एकले अर्काको आलोचना गर्दै ठूला र सानाको सेखि गर्नु, राज्यबाट भाषा भाषी तथा धर्म संस्कृतिको जगेर्ना गर्न उचित खालको कार्यक्रमहरु नल्याउनु, विविध जनचेतनाका कार्यक्रमहरु राज्यबाट सञ्चालन नगर्नु आदिका कारण देशको यी सम्पत्तिहरु लोप हुँदै छन् । यि विविध समस्या तथा भूगोलकै कारण बसाइँ सर्ने क्रममा कागको हुलमा बकुला भएर बाँच्नु पर्ने भएकोले जिरेलहरुको धर्म, भाषा तथा संस्कार संस्कृति लोप हुँदै गएका छन् भने जात पनि विस्तारै हराउदै गएको छ ।
(यो सामग्री लेखक टहल बहादुर जिरेलले लेखेको ‘नेपालका आधिवासी जिरेल को एतिहासिक चिनारी’ बाट सम्पादन गरिएको हो )