जनता समाजवादी पार्टी (जसपा) का नेता डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको वचन/कर्मले सीमा नाघेकाे बताएका छन् । प्रधानमन्त्री ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएपछि नेता भट्टराईले यस्ताे टिप्पणी गरेका हुन् ।
भानुजयन्तीका अवसरमा सोमबार प्रधानमन्त्री निवासमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएका थिए । उनले भगवान् रामको राज्य अयोध्या नेपालको वीरगन्जभन्दा पश्चिममा पर्ने भए पनि भारतले विवादित अयोध्या खडा गरेको बताएका थिए ।
समाजिक सञ्जाल ट्वीटरमार्फत नेता भट्टराईले प्रधानमन्त्री ओलीका वचन र कर्मले सीमा नाघेको बताउँदै अब उनलाई छाडा छोड्नु ख’तरनाक हुने टिप्पणी गरेका छन् । संसदमा ‘सिंहमेव जयते’ र बेसार-पुराणदेखि अयोध्या-पुराणसम्म आउँदा प्रधानमन्त्रीका चिन्तन प्रणाली स्वस्थ नदेखिएको पनि नेता भट्टराईले बताएका छन् ।
यो पनि पढ्नुस्
साहना प्रधान प्रतिष्ठानद्वारा सोमबार आयोजित ‘नेकपाको आजको समस्या के हो ? सम्भावना के हो ?’ शीर्षकको भर्चुअल छलफल कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पाँच वर्ष चल्ने हो भने नेकपा सखाप हुने बताएका छन् ।
सरकारले प्रभावकारी काम गर्न नसक्दा आधा जनमत खुम्चिसकेको खनालको भनाइ छ । नेता खनालका अनुसार ओलीले कुनै विषयमा पनि पार्टीमा संस्थागत रुपमा छलफल नगराई एकलौटी ढंगले गर्ने गरेको बताए। उनले ओली नेतृत्वका सरकार अनियमितताको संलग्न भएको आ’रोप लगाए।
अहिलेको संघर्ष ओली गुट र पार्टीबीचको संघर्ष उनले स्पस्ट पारे। अहिले जारी स्थायी कमिटीको बैठकमा उतारचढाव देखिए पनि अब चाँडै निष्कर्षमा पुग्ने उनले विश्वास व्यक्त गरे। ओलीले पार्टी फुटको त्रास देखाएर सत्तामा टिक्न खोजेको उनले बताए।