गायिका मेलिना राई र गायक सुरज श्रेष्ठको स्वर रहेको गीत ‘छन् छन् चुरा’ सार्वजनिक भएको छ । शंखर लामिछानेको शब्द र संगीत रहेको गीतको एक आकर्षक भिडियो समेत निर्माण भएको छ ।
भिडियोमा मोडल रियासा दाहाल र सुधीर श्रेष्ठको अभिनय देख्न सकिन्छ । प्रिस्पन कार्कीले भिडियो निर्देशन गरेकी हुन् भने छायाँकन नरेश अयेर र सम्पादन नविन निरौलाको रहेको छ ।
यो पनि पढ्नुस्
जनता समाजवादी पार्टी (जसपा) का नेता डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको वचन/कर्मले सीमा नाघेकाे बताएका छन् । प्रधानमन्त्री ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएपछि नेता भट्टराईले यस्ताे टिप्पणी गरेका हुन् ।
भानुजयन्तीका अवसरमा सोमबार प्रधानमन्त्री निवासमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएका थिए । उनले भगवान् रामको राज्य अयोध्या नेपालको वीरगन्जभन्दा पश्चिममा पर्ने भए पनि भारतले विवादित अयोध्या खडा गरेको बताएका थिए ।
समाजिक सञ्जाल ट्वीटरमार्फत नेता भट्टराईले प्रधानमन्त्री ओलीका वचन र कर्मले सीमा नाघेको बताउँदै अब उनलाई छाडा छोड्नु ख’तरनाक हुने टिप्पणी गरेका छन् । संसदमा ‘सिंहमेव जयते’ र बेसार-पुराणदेखि अयोध्या-पुराणसम्म आउँदा प्रधानमन्त्रीका चिन्तन प्रणाली स्वस्थ नदेखिएको पनि नेता भट्टराईले बताएका छन् ।