१६ वर्षीया किशोरीलाई ज’बरज’स्ती क’रणीको आ’रोपमा खाँडाचक्र नगरपालिका वडा नं ६ का वडा अध्यक्ष जगदीश शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । वडा अध्यक्ष शाहीले आफ्नै गाँउकी बहिनी नाता पर्ने एक १६ वर्षीया किशोरीलाई तीन वर्षदेखि ललाइ-फकाइ लगातार ब’ला’त्कार गर्दै आएको भनी प्रहरीमा उ’जुरी परेको थियो । साही उजुरीका आधारमा शाहीलाई प’क्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी श्यामबाबु ओलीयाले बताए ।
२०७४ सालको स्थानीय निर्वाचनदेखि निरन्तर बालिकालाई ब’लात्कार गर्दै आएका वडा अध्यक्षले आफ्नो घरमा बोलाएर ढोका बन्द गरी जबरजस्ती गर्न खोजेपछि बालिकाले बाध्य भएर आफ्ना साथीसँग भनेकी थिइन् । मंगलबार बालिकाका साथीहरूसहित आफन्तले जिल्ला प्रहरी कार्यालयमा ज’बरज’स्ती क’रणीको उ’जुरी दर्ता गराएपछि शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनका अनुसार वडा अध्यक्ष शाहीविरुद्ध ज’बरज’स्ती क’रणी मु’द्दा दर्ता भएको छ । पी’डित किशोरीको जा’हेरी र बयानका आधारमा मु’द्धा दर्ता गरी थप अनुसन्धान सुरु गरिएको छ । वडा अध्यक्षसँग सोधपुछ गर्दा आफूले बलात्कार नगरेको प्रतिक्रिया दिएका छन् । सोधपुछका क्रममा वडा अध्यक्ष शाहीले ऊ आफ्नो बहिनी नाता पर्ने र उनीसँग कुने अ’नैतिक सम्बन्ध नरहेको र आफूलाई फ’साउन खोजिएको भनेको प्रहरीको भनाइ छ ।
यो पनि पढ्नुस्
नेपाल प्रहरीमा कार्यरत प्रहरी नायब उपरीक्षक ‘डीएसपी’ रमेश बहादुर सिंहको नागरिकता तथा शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको खुलेको छ । उनीवि’रुद्ध नागरिकता तथा शैक्षिक योग्यताको प्रमाणपत्रमा जन्म मिति सच्याई भ्र’ष्टाचार आ’रोपमा भ्र’ष्टाचार निवारण ऐन बमोजिम स’जाय मागदाबी सहित विशेष अदालतमा मु’द्दा दायर गरिएको छ ।
उनले प्रहरी प्रधान कार्यालय नक्सालबाट विज्ञापन भएको प्रहरी निरीक्षक पद ओहदाको लागि दरखास्तका साथ झु’ट्टा विवरण पेश गरी सरकारी लाभ सुविधा लिएको पाइएको छ।
सिंहले जिल्ला प्रशासन कार्यालय बझाङबाट प्राप्त नेपाली नागरिकताको प्रमाण र शैक्षिक योग्यताका प्रमाणपत्रमा जन्म मिति सच्चाई ढाँ’टी झु’ठ्ठा विवरण उल्लेख गरी सरकारी लाभ सुविधा लिएको पाइएको आ’रोप पत्रमा उल्लेख छ ।