नेपाली बजारमा आज सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । आज ६ सय बढेर प्रतितोला ९२ हजार ८ सय रुपैयाँ पुगेपछि सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको हो । यसअघि छापावाल सुन सबैभन्दा बढी ९२ हजार ४ सय पुगेको थियो ।
आज तेजावी सुनको मूल्य पनि बढेको छ । मंगलबार ९१ हजार ७ सय ६० रूपैयाँमा कारोबार भएको तेजावी सुन आज तोलाको ९२ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य पनि प्रतितोला १० रूपैयाँले बढेको छ । मंगलबार चाँदी तोलामा ९ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ ।
यो पनि पढ्नुस्
नेपाल प्रहरीमा कार्यरत प्रहरी नायब उपरीक्षक ‘डीएसपी’ रमेश बहादुर सिंहको नागरिकता तथा शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको खुलेको छ । उनीवि’रुद्ध नागरिकता तथा शैक्षिक योग्यताको प्रमाणपत्रमा जन्म मिति सच्याई भ्र’ष्टाचार आ’रोपमा भ्र’ष्टाचार निवारण ऐन बमोजिम स’जाय मागदाबी सहित विशेष अदालतमा मु’द्दा दायर गरिएको छ ।
उनले प्रहरी प्रधान कार्यालय नक्सालबाट विज्ञापन भएको प्रहरी निरीक्षक पद ओहदाको लागि दरखास्तका साथ झु’ट्टा विवरण पेश गरी सरकारी लाभ सुविधा लिएको पाइएको छ।
सिंहले जिल्ला प्रशासन कार्यालय बझाङबाट प्राप्त नेपाली नागरिकताको प्रमाण र शैक्षिक योग्यताका प्रमाणपत्रमा जन्म मिति सच्चाई ढाँ’टी झु’ठ्ठा विवरण उल्लेख गरी सरकारी लाभ सुविधा लिएको पाइएको आ’रोप पत्रमा उल्लेख छ ।