नेपालमा कोरोना भाइरस संक्रमणका कारण बुधबार थप एक जनाको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा रौतहटको पर्रोहा नगरपालिका- ७ का ३६ वर्षका पुरुष भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
वीरगञ्जको नारायणी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएका उनको बुधबार दिउँसो साढे २ बजे मृ’त्यु भएको हो । यो सँगै कोरोना संक्रमणका कारण नेपालमा मृ’त्यु हुनेको संख्या ३९ पुगेको छ ।
ती युवकका दाजुको कोरोना संक्रमणका कारण भारतमा मृ’त्यु भएको थियो । युवकसहित परिवारका अन्य सदस्य हालै भारतमा दाजुको अ’न्त्ये’ष्टिमा सहभागी भएर फर्किएका थिए ।
यो पनि पढ्नुस्
अमेरिकी कम्पनी मोडर्नासँगको सहकार्यमा नेशनल इन्स्टिच्युट अफ हेल्थले निर्माण गरेको कोरोना भाइरस (कोभिड-१९) वि’रुद्धको खोपको शुरुवाती परीक्षणको नतिजा सकारात्मक आएको बताइएको छ ।
वैज्ञानिकहरुले यो खोपको जसरी काम गर्छ भनेर शुरुमा अपेक्षा गरिएको सोही अनुसार नै यसले परीक्षणको क्रममा काम गरेको बताएका छन् । अब यो खोपको अन्तिम तथा महत्वपूर्ण परीक्षण हुन बाँकी छ ।
अब यसको महत्वपूर्ण परीक्षण जुलाई २७ मा शुरु हुने अनुमान गरिएको छ । यो चरणमा ३० हजार मानिसहरुमा यो खोपको परीक्षण गरिनेछ । यो परीक्षणको क्रममा खोप वास्तवमा नै प्रभावकारी र सुरक्षित छ भन्ने कुरा सुनिश्चित गरिनेछ ।
शोधकर्ताका अनुसार परीक्षणपछि स्वयंसेवकको रगत परीक्षण गर्दा कोभिड-१९ बाट ठीक भएका मानिसमा पाइने जति नै एन्टिबडी पाइएको थियो । अब अन्तिम परीक्षणको नतिजा कहिलेसम्म आउँछ भन्ने कुनै निश्चित नभएपछि यस वर्षको अन्तिमसम्म यो परीक्षण पूरा हुने विश्वास लिइएको छ ।