लमजुङमा १९ महिनादेखि ७४ वर्ष उमेर समूहका थप २२ जनामा कारोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबैको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरिएको थियो । लमजुङको ५ स्थानीय तहमा नयाँ कोरोना संक्रमित फेला परेका हुन् ।
कोरोना संक्रमण पुष्टि हुनेमा लमजुङ मस्र्याङ्दी गाउँपालिकाका ६ जना, दोर्दीं गाउँपालिकाका ४ जना, राइनास नगरपालिका ६ जना पुरुष र १९ महिने बालिकासहति २ महिला, दूधपोखरीका ३८ वर्षीय एक पुरुष, क्वोलासोंथरका २ जना पुरुष र बेंसीसहरका ४७ वर्षीय एकजना पुरुष छन् ।
संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यसअघि शुक्रबार बिहानमात्रैगण्डकीमा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार २७८ पुगेको छ । जसमध्ये ९२५ जना कोरोना संक्रमित डिस्चार्ज भएर घर फर्किइसकेका छन् ।
यो पनि पढ्नुस्
हिन्दु धार्मिक मान्यता अनुसार बार नै पिच्छे फरक फरक देवी देवताको पुजा गरी व्रत बसिन्छ । ती सबै व्रतका विधि र मान्यताहरु पनि फरक-फरक हुन्छन् । त्यसैगरी शुक्रबारको दिन माता सन्तोषी माताको पूजापाठ गरी विधिवत रुपमा व्रत बस्ने चलन रहिआएको छ । खास गरेर महिलाहरु सन्तोषी माताको ब्रत बस्छन् ।
माताको व्रतले भौतिक सुख प्राप्तिको तथा मनोकांक्षा पूरा हुनेछ । लागि बस्ने गरिन्छ । सन्तोषी माता भगवान गणेशकी पुत्री हुन् भने माताको नाम रिद्धि–सिद्धि हो । सन्तोषी माताको पूजापाठ व्रत बस्दा शोक, चिन्ता, आपतविपत आइपर्दैन र धन–सम्पत्ती प्राप्त हुन्छ भन्ने धार्मिक मान्यता रहिआएको छ । सुख-सौभाग्यको कामना गर्दैं लगातार १६ शुक्रबार सन्तोषी माताको ब्रत बस्ने गरिन्छ । सन्तोषी माता लक्ष्मीको अवतार हुन् ।
यस्ताे छ सन्तोषी माताको व्रत र पूजा विधि :
सन्तोषी माताको ब्रतको लागी बिहान सुर्योदय अगाडी नै उठेर घर सरसफाई गर्दै,घरमा गंगाजल छर्केर शुद्ध पार्नपर्छ । पूजाको लागी आवश्यक सामग्रीहरुमा एक कलश,पानको पात,फुल,आरतीको लागी कपूर,अगरबत्ती, केरा, सन्तोषी माताको फोटो या मुर्ति, ब्रत कथा पुस्तक।
शुक्रबार बिहान स्नान गरेर मन्दिर या घरमै पूजा गर्न सकिन्छ । पूजाको लागी फुलले सजाएको कलश,प्रसाद हुनु आवश्यक छ भने घिउको दियो बाल्नुपर्छ। पूजा गरिसकेपछि माताको कथा आरम्भ गर्ने,र भजन गाउने।
नियमित रुपले सोर्ह शुक्रबार सम्म ब्रत बसिसकेपछि अन्तिम शुक्रबार विधिबिधान अनुसार देवी सन्तोषीको पूजा गर्ने र पुरी र केराको प्रसाद दान गर्ने। साथैं आठ कन्याहरुलाई खिरको प्रसाद खुवाउने । सन्तोषी माताको ब्रत बस्दा ध्यान दिनपर्ने सबैभन्दा मुख्य कुरा ब्रतको दिन अमिलो छुन र खानु हुँदैन ।