दोलखा । जिल्लाको मेलुङ गाउपालिकाको पवटीबाट चरिकोट आउदै गरेको यात्रुबाहक बस अधेरि खोला नजिक दुर्घटना भएको छ । उक्त दुर्घटनामा ३ जना गम्भीर घाइते भएका छन् भने आधा दर्जन भन्दा बढी सामान्य घाइते भएका छन् ।
आज बिहान बा ५ ख ६५९० नम्बरको बस दुर्घटना हुदा गम्भीर घाइते मध्ये २ जनालाई उपचारको लागि चरिकोट तर्फ लगिएको र एक महिलाको बसले हात च्यापेको हुदा निकाल्ने प्रयास भैरहेको प्रहरीले जानकारी दिए ।
अहिले उक्त स्थानमा उद्धार कार्य जारि रहेको पनि प्रहरीले बताए ।
यो पनि पढ्नुस्
नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै असार मसान्तमा तिर्नुपर्ने ऋणको साँवा ब्याज व्यवसाय हेरेर ६ महिनादेखि एक वर्षसम्म तिर्न सकिने व्यवस्था गरेको छ। शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जानकारी गराएका हुन्।
सँगै मौद्रिक नीतिमा बिग मर्जरलाई प्राथमिकता दिएको छ। राष्ट्र बैंकले बित्तीय संस्थाको मर्जरलाई प्राथमिकता दिँदै २०७९ सालसम्म थप सुविधा दिने घोषणा गरेको छ।
यसअघि बैंकले एक सय रुपैयाँ निक्षेप लिँदा ८० रुपैयाँ मात्रै ऋण दिन पाउँथे भने अब ८५ रुपैयाँ ऋण दिन पाउने भएका छन्। नगत लाभांस वितरणमा पनि राष्ट्र बैंकले कडाइ गरेको छ। वितरणयोग्य नाफा ५ प्रतिशत भन्दा कम हुने बैंकले नगद लाभांस बाँड्न नपाउने भएका छन्।