प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले मंसिरमा महाधिवेशन गर्ने नयाँ प्रस्ताव अघि सारेका छन् । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुको दबावका बावजुद प्रधानमन्त्री र अध्यक्ष दुबै पद नछाड्ने अडान लिइरहेका ओलीले महाधिवेशनको नयाँ प्रस्ताव अघि सारेका हुन् ।
शनिबार बालुवाटारमा बसेको सचिवालय बैठकमा ओलीले पार्टीको एकता महाधिवेशन मंसिरमै गर्ने प्रस्ताव राखेका हुन् । तर नेताहरुले प्रस्ताव सकारात्मक भएपनि पत्याउन नसकिने सचिवालय बैठकमा नेताहरुले बताएका छन् । विगतमा यस्ता प्रस्ताव आएको मात्र होइन, निर्णय हुँदा पनि कार्यान्वयन नभएको भन्दै नेताहरुले बैठकमा लिखित प्रस्ताव ल्याउन अध्यक्ष ओलीलाई आग्रह गरेका छन् ।
यो पनि पढ्नुस्
काठमाडौं उपत्यकामा समुदाय स्तरमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण नफैलिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्पष्ट पारेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौं , भक्तपुर र ललितपुर जिल्लाका धेरै भीड हुने विभिन्न १२ स्थानमा सङ्कलन गरिएको ४ हजार ८ सय जनाको नमुना परीक्षणमा तीन जनामा मात्रै कोरोना पोजेटिभ देखिएको बताइएको छ ।
मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले सङ्क्रमित तीनमध्ये दुई जना विदेशबाट फर्किएका र एक जना ब्युटीपार्लर व्यवसायमा संलग्न व्यक्ति रहेको बताए । समुदाय स्तरमा कोरोना सङ्क्रमण देखिएको छैन । प्रवक्ता डा. गौतमले अन्य विभिन्न तथ्य र प्रमाणले पनि समुदाय स्तरमा सङ्क्रमण फैलिएको कुरालाई पुष्टि गरेको छ भने ।
उनले सार्वजनिक सवारीसाधन तथा कार्यालय खुल्दैमा कोरोना सङ्क्रमणको जोखिम छैन भन्न नमिल्ने उल्लेख गर्दै सङ्क्रमणको जोखिम अझै रहेको र कोरोना महामारीको भन्दा पहिलेको अवस्थामा फर्किन समय लाग्ने बताए । उनले सम्बन्धित व्यक्तिको सावधानी र होसियारीले आफू र अरूलाई कोरोनाबाट जोगाउन सकिने बताए ।
उनले काठमाडौँमा ट्राभल हिस्ट्री नभएकालाई समेत कोरोना देखिएपछि सङ्क्रमण फैलिएको हो या होइन पत्ता लगाउन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले काठमाडौँ उपत्यकाका बैङ्क, मालपोत कार्यालय, अस्पताल लगायत भीड हुने विभिन्न स्थानमा स्वाब सङ्कलन गरेको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा सरोज ढुुङ्गेलले लेखेका छन् ।