प्यूठानमा ट्रयाक्टर दु’र्घटना हुँदा ७ जनाको मृ’त्यु भएको छ । सडक बनाउन खटिएका मजदुरहरु चढेको लु २ त ४२३४ नम्बरको ट्रयाक्टर दु’र्घटना हुँदा उनीहरुको मृ’त्यु भएको हो ।
ट्रयाक्टर जिल्लाको स्वर्गद्वारी नगरपालिका–३ रुमालेलमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । मृ’तक सबै सडक मर्मतमा खटिएका मजदुर रहेको प्रहरीले बताएको छ । यद्यपि उनीहरुको पहिचान भने भइनसकेको बताइएको छ ।
उनीहरु ङ्गृ–स्वर्गद्वारी सडक खण्डको स्तरोन्नत्तीका लागि खटिदै आएका थिए । सबै मजदुरहरु रोल्पा रुम्टीगढीकाबाट कामका लागि आएका थिए । अहिले प्रहरी र स्थानीयको सहयोगमा उद्धार भइरहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
यो पनि पढ्नुस्
प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमी अयोध्या नेपालको पर्सामा रहेको भनेर दिएको अभिव्यक्तिविरुद्ध जनकपुरधाममा प्रदर्शन गरिएको छ ।
जानकी मन्दिरका महन्थ, साधुसन्तसहित बिभिन्न हिन्दू संघ–संगठनका पदाधिकारीले प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध शनिबार प्रदर्शन गरेका हुन् । प्रधानमन्त्रीले हुँदै नभएको कुरा बोलेर दुई देश बीचको धार्मिक, सांस्कृतिक सम्बन्ध बिगार्न खोजेको उनीहरुको आरोप छ ।
‘जनकपुरधाम–अयोध्याधाम सम्बन्ध कायम रहुन्, प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति फिर्ता लिउन्, संस्कृति उपरको हमला बन्द गर, धर्म र आस्थामाथिको राजनीति बन्द गर’ जस्ता नारा लगाउँदै उनीहरुले प्रदर्शन गरेका हुन् ।
जनकपुरधामको बिभिन्न भागमा प्रदर्शन गर्दै स्थानीय जनक चोकमा कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्नेहरुले प्रधानमन्त्रीले भगवान राम र सीतासँग माफी माग्नुपर्ने बताए । जनकपुरधाम–अयोध्याधामको सम्बन्ध अलग नहुने पनि उनीहरुको भनाइ छ ।