काठमाडौं उपत्यकामा थप ३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकामा आइतबार थप ३ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । संक्रमित हुनेमा काठमाडौंका १ जना र ललितपुरका २ जना रहेका छन्।
यस्तै आइतबार थप १५६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार नयाँसहित कूल संक्रमितको संख्या १७ हजार ६५८ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ९८ जनाले कोरोना जितेर घर फर्किएका छन्। योसहित कोरोना जित्नेको कुल संख्या ११ हजार६९५ पुगेको छ।
यो पनि पढ्नुस्
प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमी अयोध्या नेपालको पर्सामा रहेको भनेर दिएको अभिव्यक्तिवि’रुद्ध जनकपुरधाममा प्र’दर्शन गरिएको छ ।
जानकी मन्दिरका महन्थ, साधुसन्तसहित बिभिन्न हिन्दू संघ–संगठनका पदाधिकारीले प्रधानमन्त्रीको अभिव्यक्तिवि’रुद्ध शनिबार प्र’दर्शन गरेका हुन् । प्रधानमन्त्रीले हुँदै नभएको कुरा बोलेर दुई देश बीचको धार्मिक, सांस्कृतिक सम्बन्ध बिगार्न खोजेको उनीहरुको आ’रोप छ ।
‘जनकपुरधाम–अयोध्याधाम सम्बन्ध कायम रहुन्, प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति फिर्ता लिउन्, संस्कृति उपरको ह’मला बन्द गर, धर्म र आस्थामाथिको राजनीति बन्द गर’ जस्ता ना’रा लगाउँदै उनीहरुले प्र’दर्शन गरेका हुन् ।
जनकपुरधामको बिभिन्न भागमा प्र’दर्शन गर्दै स्थानीय जनक चोकमा कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्नेहरुले प्रधानमन्त्रीले भगवान राम र सीतासँग माफी माग्नुपर्ने बताए । जनकपुरधाम–अयोध्याधामको सम्बन्ध अलग नहुने पनि उनीहरुको भनाइ छ ।