लगातारको वर्षाका कारण खसेको पहिरोले नारायणगढ मुग्लिन सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउपालिका-६ स्थित चारकिलो र चो’र खोलामा पहिरो खसेपछि सडक बन्द छ । बिहान ५ बजे ठूलो पहिरो खसेकोले दुई तर्फी सडक अवरुद्ध छ ।
पहिरो खसिरहेकोले तत्काल पहिरो हटाउन कठिनाई भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख दयाकृष्ण भट्टले जानकारी दिए । चार किलो सबैभन्दा बढी पहिरोको जोखिमयुक्त क्षेत्र मानिन्छ । पटक-पटक पहिरो खसेर बाटो अवरुद्ध हुँदै आएको छ । पहिरो रोकथामको काम भइरहेको छ ।
कमजोर भूबनोटका कारण कमसल माटो र चट्टान खस्ने समस्या भएको नारायण-मुग्लिङ सडक आयोजनाका सूचना अधिकारी शिव खनालले बताए । खनालका अनुसार आज दिनभर जसो नै पहिरो हटाउन समय लाग्ने छ । जिल्ला प्रशासन कार्यालय चितवनले सतर्क रहन आग्रह गरेको छ ।
यो पनि पढ्नुस्
नायिका जेनी कुँवरले पशुपति परिसरमा रहेको विश्वनाथ मन्दिरभित्र ड्युटीमा रहेको प्रहरीमाथि हा’तपा’त गरेकी छिन् । अ’श्लि’ल शब्द, तल्लो स्तरको गा’लि गर्दै उनले प्रहरीलाई ल’खेटी ल’खेटी प्रहरीलाई कोठामा थु’नीदिएकी छिन् ।
भूकम्प पश्चात जिर्णोद्वारको काम भइ रहेको उक्त मन्दिर आफ्नो बाबु बाजेले बनाएको, मेरो पुर्खाको सम्पति हो भन्दै च’र्काच’र्की र ल’फडा नै पर्यो र त’नावको स्थिति बनेपछि प्रहरीलाई बोलाउनु पर्यो । प्रहरी आएपछि उनले प्रहरीलाई समेत ध’म्किपूर्ण तथानाम अ’श्’लिल गा’ली गरेर मन्दिर भित्र प्रहरीलाई समेत हा’तपा’त गर्न खोजिन् ।
एक समयकी नायिका तथा निर्माता जेनी कुँवर यतिखेर पशुपति क्षेत्रमा सिया नाथको रुपमा बसिरहेकी छिन् । केही समय अगाडी आफ्नो ४ वटा घर गरिबलाई दिएर गोरख नाथ डाँडामा बस्दै आएकी भनिएकी जेनी अहिले युटुब माध्यमहरुमा निकै छाएकी छिन् । अहिले उनी गोरखनाथ बाबाको साधक तथा तपस्वीको रुपमा पशुपति स्थित गोरखनाथ डाँडामा ध्यानमा बसेको देख्न सकिन्छ ।
केहि युट्युब च्यानलमा उनि ध्यान गरि रहेकि देख्न सकिन्छ । उक्त निर्माणधिन मन्दिर भित्र पशुपति बिकाश कोषले नै कामदार बाहेक अरुलाई प्रवेश नि’षेध गरिएको छ भने माता भनिने जेनीले आफु खुशी भित्र पस्न खोजिएपछी यो त’नाब शुरु भएको हो ।
के माताले बोल्ने शैली यस्तै हुन्छ ? तल्लो स्तरको गा’लि गर्ने, अ’श्लि’ल शब्द प्रयोग गर्ने अनि आफुलाई सिया नाथ भन्ने, माता भन्ने जेनीको यो हर्कतले उनको स्थर माथिल्लो दर्जाको हो भन्नेमा संका लागेको छ ।
बाकि पुरा भिडियोमा हेर्नुहोला