खासा नजिकै रहेको ‘केरुङ छ्यो’ तालको एक मिटर सतह घटेको छ। खासाबाट पश्चिमतर्फको ताल भरिएर फुट्ने खतरा भएपछि सिन्धुपाल्चोक प्रशासनले सोमबर सार्वजानिक सूचना जारी गर्दै नदी तटिय क्षेत्रका नागरिकलाई सचेत र सजग रहन आग्रह गरेको थियो।
चीनको न्यालम र खासा क्षेत्रका वैदेशिक विभागले वर्षा रोकिएपछि तालको सतह एक मिटर घटेको जानकारी आफूलाई दिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए।
वि.स. २०७३ असार २१ गते खासा नजिकै रहेको ताल फुट्दा तातोपानी नाकाको लिपिङ बजार बगाउँदै तल्लो तटीय क्षेत्रमा क्षति पुर्याएको थियो। त्यति बेला झण्डै डेढ सय घर संरचना बगाउँदा अरनिको राजमार्गको बाह्रबिसे–तातोपानी सडकखण्ड तहसनहस बनाएको थियो ।
यो पनि पढ्नुस्
त्रिभुवन विश्वविद्यालयले आज बुधबारदेखि नै क्याम्पसहरु पुनः सञ्चालन हुने बताएको छ । हिजाे मंगलबार सरकारले लकडाउनको अन्त्य भएको घाेषणा गरेपछि आजदेखि विश्वविद्यालयका सबै क्याम्पसहरु पुनः सञ्चालन हुने भएकाे हाे ।
क्याम्पसहरु नेपाल सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा निर्देशिकालाई अवलम्बन गर्दै पुनः सञ्चालन हुने भएका हुन् । विद्यार्थीहरुको नियमित पठनपाठन, पुस्तकालय सञ्चालनलगायत नेपाल सरकारले निषेध गरेका कार्यहरु बाहेक क्याम्पसका अन्य सबै कार्यहरु सञ्चालन हुने छन् । नियमित पठनपाठन नहुँदासम्म वैकल्पिक पठनपाठन भने सञ्चालन हुनेछन् ।
कोरोना भाइरसको संक्रमण शुरु भएसँगै सबै क्याम्पस तथा कार्यालयहरु २०७६ चैत १० गतेदेखि बन्द गरिएको थियो। जसमा सरकारले २०७७ चैत ११ गतेबाट राष्ट्रव्यापी लकडाउनको घोषणा गरेका कारण सो अवधिभरका लागि त्रिविका क्याम्पसहरुको शैक्षिक गतिविधि स्थगित रहेको थियो।
विश्वविद्यालयको प्रशासन २०७७ असार १ गतेदेखि खुले पनि शिक्षकहरुलाई भने सार्वजनिक बिदा दिइदै आएको थियो। मंगलवार सरकारले लकडाउन अन्त्य गर्ने निर्णय गरेसँगै उक्त सार्वजनिक बिदा समाप्त गरी शैक्षिक गतिविधि पुनः सञ्चालनमा आउन लागेको हो।